RSS

जाजरकोट, रुकुम र सल्यानमा बढ्दो महामारी, मौन सरकार

13 Jul

हिरालाल केसी

गरिबी, अभाव, पछ्यौटेपन र अशिक्षाले ग्रस्त जाजरकोटबासीले आजभोलि अर्को बज्रपात सहनु परेको छ- झाडापखालाको महामारी । विगत २ महिनामा मात्रै जाजरकोटमा एक सय सर्वसाधारणहरुले अकालमै ज्यान गुमाउनु परेको छ भने रुकुममा १० जनाभन्दा बढीको ज्यान गइसकेको छ ।

दिनहुं मान्छेहरुको मृत्यु भइरहेको छ । कसैले काखको बच्चा गुमाउनु परेको छ भने कसैले आमाबाबा । हेर्दाहेर्दै महामारीले मान्छे टपक्क टिपेर लिइरहेको छ जाजरकोटमा । जाजरकोटबासीका लागि सबैभन्दा ठूलो लडाई अहिले झाडापखालाको महामारीसाग भइरहेको छ । तर, यसप्रति सम्बन्धित निकाय मात्र होइन, वर्तमान सरकार नै कानमा तेल हालेर काठमाण्डौका सेमिनारहरुमा बजेटबारे व्याख्या गर्दै हिडेको छ  । जिल्लामा रहेका दूरदराजका गाउंहरु मात्र होइन, सदरमुकाममा समेत महामारी फैलिदै गइरहेको छ ।

गृष्म ऋतुको समाप्ती र वर्षायामको शुरुका दिनमा हावापानीमा फेरबदल हुनु, दुषित पानी पिउनु, बासी, झिङ्गा भन्केको खानेकुरा खानु, अन्धविश्वास, झाडापखालाबाट बच्ने जनचेतनाको कमी जस्ता धेरै कारणले महामारी फैलिने चिकित्सकहरु नै बताउंछन् । जाजरकोट पुगेको स्वास्थ्यकर्मीको टोलीले त्यहांका बासिन्दाले पिउने पानीमा कोलिफम नामक जीवाणु पाइएको बताएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय जाजरकोटका प्रमुख डा.कृष्णहरी सुवेदी दुषित पानी र बासी खानेकुरा खानाले महामारी फैलिएको बताउनुहुन्छ । जिल्लाका कोर्ताङ्ग दह, अर्छानी, मजकोट, पुन्म, पैक, साल्म, भगवती, नायकवाडा, रामीडांडा, दसेरा, ढिमे लगायतका दर्जनौ गाविसहरु झाडापखालाबाट प्रभावित भएका छन् । शनिबार मात्रै अर्खानी, नायकबाडा र घुरमा गरी ७ जनाको मृत्यु भएको छ भने शुक्रबार साल्म, दह, रामीडांडा, कोर्ताङ्ग, ढिमे, भगवती गाविसमा मात्रै १५ जनाले ज्यान गुमाएका थिए । जाजरकोटसंग सीमा जोडिएको सल्यान र रुकुमका गाविसमा पनि झाडापखालाको प्रकोप देखिन थालेको छ । रुकुमको पूर्तिमकााडा, आठवीसकोट, गरायला, गोतामकोटमा गरी डेढदर्जन जतिको ज्यान गइसकेको छ भने सल्यान स्वीकोटका सन्तोष टमाटा मुलखोलाकी दुर्गी राना, कालागाउं तिमिलकांडाका मन्जित कसेराको पनि ज्यान गइसकेको छ ।

झाडापखालाबाट जाजरकोट लगायतका जिल्ला यति धेरै प्रभावित भए पनि सरकारका स्वास्थ्य मन्त्री भने जाजरकोटको एक ठाउंमा मात्र हेलिकोप्टरबाट निरिक्षण गरी राजधानी फर्किएका छन् । औपचारिकता मात्र निभाएर गएका मन्त्रीले झाडापखालाबाट आक्रान्त जाजरकोटबासी समुदायको घाऊमा झन् नुनचुक छर्कने काम गरेका छन् । खच्चरबाट ओसारेको बोराको औषधीले यति तीव्र रुपमा फैलदै गएको झाडापखाला रोकथाम हुन्छ भन्ने कुरामा जाजरकोटवासी विश्वस्त छैनन् । शनिबारदेखि नेपाली सेनाको हेलिकोप्टरबाट पैक, दसेरा र दल्लीमा औषधी पुर्‍याइएको छ भने पूर्व सांसद् राजेन्द्र शाहको पहलमा जिल्लाका अर्खानी, चौकालगायतका ठाउामा हेलिकोप्टर बुकिङ गरी औषधी पठाउने काम अघि बढेको छ । त्यस्तै, सुर्खेतबाट आएको जनमुक्ति सेना नेपाल छैठौं डिभिजनको टोलीले पैदल औषधी सप्लाईका साथै उपचार प्रक्रिया अगाडि बढाएको छ । शुक्रबार भने खराब मौसमका कारण प्रभावित क्षेत्रमा हेलिकोप्टर उडाउन नसकिएको बताइएको थियो ।

दलहरु सरकार बनाउने र ढलाउने खेलमा व्यस्त छन् । प्रधानमन्त्रीले जाजरकोटमा झाडापखाला फैलिएकोमा औपचारिक दुःख मात्र व्यक्त गर्नुभयो । दलका नेता र मन्त्रीहरु राजधानीमा गोष्ठी र सेमिनारमा ठिक्क छन् । सरकारी कर्मचारीहरु चालीस हजार तलब माग्छन् तर सरकारले नै दिएको कुहिएको दाल चामल खाएर महामारीमा परेका जाजरकोटबासी भने औषधी नपाएर अकालमै ज्यान गुमाइरहेका छन् । महामारीबाट आक्रान्त जाजरकोट, रुकुम र सल्यानवासीको यो भयावह पीडालाई हेरेर जिम्मेवार निकाय कहिलेसम्म मौन बसिरहने ?

 
१ टिप्पणी

Posted by on जुलाई 13, 2009 in BLOG, GUEST

 

One response to “जाजरकोट, रुकुम र सल्यानमा बढ्दो महामारी, मौन सरकार

  1. Kumar

    जुलाई 13, 2009 at 10:26 बिहान

    Na aatinus, yo barshako budjet ma kehi hunchha ki ?

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: