RSS

प्रमाणपत्र तह विस्थापनका समस्याहरू

14 Jul

स्थापनाकालदेखि नै सस्तो र सुलभ रूपमा उच्च शिक्षाको जिम्मेवारी बहन गर्दै आइरहेको त्रिभुवन विश्वविद्यालयमा अहिले प्रवीणता प्रमाणपत्र तह हटाउने खेल सुरु भएको छ । त्रिविको यस निर्णय हेर्दा कतिपयले त यसलाइ आफ्नो दायित्वबाट पन्छिन थालेको भन्ने आरोप समेत लगाइरहेका छन् भने, विकल्पका रूपमा अघि सरेका उच्च माविहरू झरिका च्याउसरि राजधानीमा धमाधम खुल्न थालेका छन् । सर्वसुलभ रूपमा शिक्षा प्राप्त गर्नु जनताको मौलिक अधिकार हो, तर विश्व बैंक तथा अन्य केहि दातृ निकायको प्रभाव र दवावमा आएर अहिले त्रिविले प्रवीणता प्रमाणपत्र तह ( पिसीएल / आइ ए ) लाइ खारेज गर्ने निर्णय गर्न पुगेको छ । विसं २०५७ वाटै हल्ला चलाइएको भएपनि सरकारले सन् २०१२ सम्म यो कार्य सम्पन्न गर्ने प्रयास गरिरहेको छ । यस निर्णयवाट मध्यम र निम्न वर्गिय जनताका छोराछोरीहरू जो प्रतिमहिना ६० रुपैयाँ तिरेर क्याम्पस शिक्षा पाइरहेका छन् तिनिहरूलाइ सवैभन्दा चर्को मार परेको छ ।

माध्यमिक र क्याम्पस स्तरको शिक्षामा सरकारको लगानी उच्च रहेको छ तर यसको अनुपातमा उच्च मावि तहमा भने न्यून लगानी रहेको छ । त्यसैले त्यहाँको शुल्क त्रिविको प्रमाणपत्र तहको तुलनामा आकाश जमिनको अन्तर रहेको छ । अझैपनि उच्च माविका लागि आफ्नो दायित्व बढाउने तर्फ राज्यले कत्तिपनि ध्यान दिएको छैन । यस्तो अवस्थामा कक्षा १२ सम्मको शिक्षालाई स्कुल शिक्षामा राख्ने भन्ने कुरा निमुखा जनताको मुखमा घोचो सरह हुनेछ । त्रिविले जस्तो कम खर्चमै सर्वसुलभ र गुणस्तरीय शिक्षा विद्यार्थीलाई प्रदान गर्न सक्ने अवस्थामा उच्च माध्यमिक शिक्षा परिषद् नभएको  कारणपनि तत्कालका लागि त्रिविको प्रमाणपत्र तह हटाउने निर्णयको कुनै औचित्य देखिँदैन । त्यसमाथी उच्च माध्यमिक शिक्षा परिषद्ले अझै स्वीकृति प्रदान गर्ने कार्य सम्पन्न गर्न नसक्दा १२ कक्षासम्म विद्यालय तह भन्ने सरकारी घोषणा अलपत्र परिरहेको अवस्था छ । यस्तो वेलामा एक्कासि प्रमाणपत्र तह हटाउँदा विद्यार्थीहरू महँगो शिक्षा लिनुपर्ने बाध्यतामा पर्नु स्वाभाविकै हो । त्यसैले त्रिविवाट प्रमाणपत्र तह हटाउनुअघि एसएलसी पास भएका विद्यार्थीको पढाइका बारेमा सरोकारवालाहरूले गम्भिरतापुर्वक सोच्नुपर्ने हुन्छ ।  

गाउँमा खुलेका कतिपय उच्च माविहरूले  शिक्षकलाई तलब खुवाउन समेत धो धो परिरहेको देखिएको छ । यसर्थ त्यहां दक्ष शिक्षकको समेत अभाव रहेको छ । यस्तो वेला ति क्षेत्रहरूमा लगानी वढाउने तर्फ कुनै कदम नचाली जवरजस्ती उच्च मावि शिक्षामात्र लाद्न खोज्नु जनताप्रति सरकारको सरासर वेइमानी र लापरवाही ठहर्दछ । यस्तो परिपाटीले शहरमुखी शिक्षाको विकासलाइ वढावा दिनुका साथै शिक्षाका नाममा व्यापारको धन्दा गर्नेहरूलाइ खुल्लेआम ठग्ने अवसरसमेत प्रदान गर्दछ । जुन अहिलेदेखि नै देखिइरहेको पनि छ ।

एतिहासीक कालदेखी सदैव अशिक्षाको अन्धकारमा रूमल्लिन वाध्य नेपाली जनताले २०४६ सालको परिवर्तन पछिमात्र शिक्षाको उज्यालो देख्न पाएका थिए जसको फलस्वरूप उच्च शिक्षामा नेपालीको पहुँच ७ प्रतिशत पुगेको छ । गुणस्तरीय र सर्वसुलभ शिक्षाको व्यवस्था गरि यसलाइ अरू वृद्धि गर्नुपर्नेमा सरकारको वर्तमान नितीले जनताको शिक्षा पाउने हकको समेत खिल्ली उडाइरहेको छ । यसैले सरकारले प्रमाणपत्र तह विस्थापित गर्नुभन्दा पहिले उच्च माविहरू प्रतिको उत्तरदायित्व कसरी निर्वाह गर्ने भनी ष्पष्ट खाका प्रस्तुत गर्नुपर्छ । यसकोलागी सर्वप्रथमतः लाखौं रुपैयाँ धरौटी राखेर स्वीकृति लिनुपर्ने व्यवस्था हटाइ सस्तो र सुलभ ढंगवाट दर्ता प्रकृया मिलाउनु पर्दछ । यसका साथै पर्याप्त श्रोत साधन, शिक्षक दरबन्दीको व्यवस्था गरी न्यून शुल्कमा विद्यार्थीले गांउ गांउमै पढ्न पाउने वातावरण मिलाउनुपर्छ । तवमात्रै प्रमाणपत्र तह विस्थापन गर्दा जनताप्रति अन्याय गरेको ठहर्दैन । अन्यथा हुने-खानेका छोराछोरी भने स्वदेशदेखि विदेशका महँगा शिक्षालयमा शिक्षा लिने तर सस्तोमै शिक्षा प्राप्त गरिरहेका आमनेपाली विद्यार्थीहरू भने शिक्षाको लागी विद्रोहमा उत्रनुपर्ने अवस्था नआउला भन्न सकिन्न ।

 
3 टिप्पणीहरु

Posted by on जुलाई 14, 2009 in BLOG, NEWS

 

3 responses to “प्रमाणपत्र तह विस्थापनका समस्याहरू

  1. Vikey

    जुलाई 15, 2009 at 6:31 बिहान

    त्रिविवाट प्रमाणपत्र तह हटाउनुअघि एसएलसी पास भएका विद्यार्थीको पढाइका बारेमा सरोकारवालाहरूले गम्भिरतापुर्वक सोच्नुपर्ने हुन्छ ।

     
  2. सुमीत मल्ल

    जुलाई 15, 2009 at 6:41 बिहान

    kasle sochne ho ? Yehan janata ko lagi sochne fursad kaslai po chha ra ?

     
  3. हुंकार वि क

    जुलाई 15, 2009 at 6:49 बिहान

    विद्यार्थिहरू विद्रोहमा कहिले नउत्रेका हुन् र ? केहि लछारपाटो लाग्दैन जति उफ्रने हो उफ्रे हुन्छ । क्याम्पसमा राजनिति गर्नेहरूलाइ के भन्नु र खै ।

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: