RSS

धागोको बत्ति कातेर धानिएको जीवन

15 जुलाई

प्रकाश डोटेल,स्याङ्जा

आश्रममा रहेका बृद्धाहरु धागोको बत्ति कात्दै

आश्रममा रहेका बृद्धाहरु धागोको बत्ति कात्दै

जीवनभर सुख सहित आफ्नै परिवारमा रहेर जीउने अपेक्षा कसको हुदैन र ? १० छोराको आमा र सयौ नाति नातिनाको हजुरआमा के गर्दै होलिन् हामी सहज अनुमान गर्छौं, पक्कैपनि बुढेसकालमा छोरा वा नाति नातिनाको निगरानीमा जीवन काट्दै होलिन् । तर सबैको अनुमानलाई गलत सावित पार्दै स्याङ्जाको खिलुङ्देउराली गाउं विकास समिति माझखर्क निवासी ८८ वषिर्या बृद्धा मन्दरी खनाल अहिले बुढेकालमा सबैलाई विर्सेर बृद्धाआश्रमको सहारा लिएर धागोको बत्ति कातेर जीउन बाध्य भएकी छन् ।

स्याङ्जाको मालुङ्गा गाविसमा रहेको पाल्पाको सिमानामा पर्ने कालिगण्डकी किनारको राम्दीघाटमा रहेको बृद्धाआश्रमको सहारामा रहेका खनाल सहित ३५ बृद्धाहरुले धागोको बत्ति कातेर जीवन धानेका छन् ।

बृद्धाआश्रममा जाने रहर होईन यो त बाध्यता बनेको छ उनीहरुको । आश्रममा बस्दै आएकी खनालले भनिन्- छोरा, नाति नातिना साना हुंदा, ज्यानले सक्दो पालनपोषण गरियो, बुढेसकालमा काम गर्न नसक्दा सबैको हेला हुनुपर्‍यो ।’

बुढेसकालमा घर छाडेर आश्रममा बस्नुपर्ने बाध्यता खनालको मात्र होईन् आश्रममा बस्ने अधिकांशको पिडा एउटै छ । आश्रममा बस्दै आएका ३५ बृद्धा मध्ये २० परिवारको हेलाहोचो, १० काम गर्न नसक्दा र बांकीको परिवारमा आफ्नो भन्नु कोहि नभएपछि आश्रममा आउनुपरेको उनीहरु बताउंछन् ।

आश्रममा रहेका ३५ बृद्धाहरुले दिनभर धागोको बत्ति कात्ने काम गर्छन् । अर्जुनचौपारी घर भएकी ६४ वर्षिया याम कुमारी पौडेलले भनिन्- दिनभर बत्ति कातेर के गर्नु विक्री हुन छाडिसक्यो । विगत लामो समयदेखि धागोबाट तयार पारिएको बत्ति विक्री गरेर जीवन धानिरहेका बृद्धा बत्ति विक्री हुन छाडेपछि चिन्तित हुन थालेका छन् ।धार्मिक कार्यमा प्रयोग हुने धागोको बत्ति आजभोलि कम प्रयोगमा आउने गरेको छ । दैनिक रुपमा ३ हजार बत्ति तयार हुन्छ । छाङ्छाङ्दी-२, गैराथोक घर भएकी भिमादेवि अर्यालले भनिन्- कातिएको बत्ति विक्री हुन छोड्यो, विक्रीमा ५० लाख बत्ति बांकी छ ।

आश्रममा रहेका ३५ बृद्धालाई बस्ने, खाने र सुत्ने एक/एक कोठाको व्यवस्था गरिएको छ । करिव ५० वर्ष पुरानो आश्रम व्यवस्थित बन्न भने सकेको छैन् । कातेको बत्ति विक्री गरेर अब कति दिन चल्ने ? लामो समयदेखी आश्रममा बस्दै आएकी पाल्पा पोखराथोक घर भएकी जानकी शर्मा नेपालले भनिन्- बृद्धालाई सरकारले बृद्धाभत्ता दिएर मात्र होईन्, बृद्धा हेरचाह गर्ने एक छुट्टै निकाय स्थापना गर्नुपर्छ ।

Advertisements
 
टिप्पणी छोड्नुहोस्

Posted by on जुलाई 15, 2009 in HOME

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: