RSS

पचास गाबिसमा सुपथ मुल्यको सहकारी पसल

15 Jul

दुर्गाप्रसाद शर्मा, पर्वत,  

पर्वतका पचास गाबिसमा सुपथ मुल्यका सहकारी पसल सञ्चालनमा आउने भएका छन ।

सर्बसाधारणलाई चालु बजार मुल्य भन्दा सस्तोमा उपभोग्य बस्तु बितरणका लागि पचास गाबिसमा सहकारी पसल सञ्चालनको तयारीमा भैरहेको हो । पचपन्न गाबिस रहेको पर्वत जिल्लाका पांच गाबिसमा भने सहकारी पसलको निबेदन नआएकाले रकम फ्रिज हुने भएको छ ।

जिल्ला कृषि बिकास कार्यालयले दिएको जानकारी अनुसार पचास गाबिसमा गठन भएका सबै सहकारीले सरकारले अनुदान दिएको रकम १ लाख रुपैया लिएका छन । निबेदन दिएका सबै सहकारीको निबेदन स्विकृत गरि एक लाख अनुदान बितरण भैसकेको कार्यालय प्रमुख चन्द्रकान्त खनालले बताउनुभयो । ‘निबेदन आएका गाबिसमा रकम गैसकेको छ, छिट्टै सुपथ मुल्य पसल खुल्छ ।’ उहांले भन्नुभयो ।

यता पांच गाबिसमा भने सहकारी पसलका लागि निबेदननै नआएकाले रकम फ्रिज भएको कार्यालयले जनाएको छ । आर्थर, बनौ, चित्रे, होस्राङ्गदी र भोर्ले गाबिसबाट निबेदन नआएकाले १ लाखको दरमा पांच लाख फ्रिज हुने कार्यालय प्रमुख खनालले बताउनुभयो । ‘आगामी बर्ष बजेट आएमा छुट भएका गाबिसमा पनि रकम बिनियोजन हुन सक्छ।’ उहांको भनाई थियो ।

यसैगरी चार वटा सामुहिक सहकारी खेतीका लागि १२ लाख रुपैया समेत बितरण भएको छ । पाङ्गराङ्ग गाबिसको नारायणस्थान बीउ तथा तरकारी उत्पादक सहकारी संस्था, देउपुर गाबिसका मोदीखोला कृषक सहकारी संस्था, तिलहार गाबिसको रतीखोला सहकारी संस्था र ठानामौला गाबिसको सृजनशील बहुउद्देश्यीय सहकारी संस्थालाई रकम बितरण गरिएको कार्यालयले जनाएको छ ।

नारायणस्थान बीउ तथा तरकारी उत्पादक सहकारी संस्थामा पावर ट्रिलर किन्न र सिंचाई कुलो मर्मतका लागि खर्च  गरिने भएको छ भने मोदीखोला सहकारी संस्थामा मोदीखोलाको पानी तानेर लैजानका लागि मोटर पम्प खरिद गरिने र प्लाष्टिक टनेल निर्माण गरिने भएको छ । यसैगरी रतीखोला सहकारीले प्लाष्टिक टनेल, दलित बस्तीमा पानी तान्ने पम्प र पावर ट्रिलर खरिद गर्ने तथा सृजनशील सहकारीले प्लाष्टिक टनेल, सिंचाईका लागि रकम खर्च गर्ने गरी योजना स्विकृत गरिएको कार्यालय प्रमुख खनालले जानकरी दिनुभयो । यसबाट एक सय कृषक परिवार लाभान्वित हुने भएका छन ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on जुलाई 15, 2009 in HOME

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: