RSS

भारतवाट घातक हतियार ल्याउन कटवालको चलखेल

15 Jul

निरन्तर विवादमा आइरहेका प्रधानसेनापति रुक्मांगत कटवाल अव भारतवाट सैन्य सामग्री र हतियार किन्ने चलखेलमा लागेका छन् । यसको लागी सोमबार उनले बलाधिकृत रथी छत्रमान गुरुङ र व्यवस्था तथा युद्धकार्य महानिर्देशक गौरवशम्शेर राणा समेतलाइ लिएर रक्षामन्त्री विद्यादेवी भण्डारीलाई भेटे ।

एक घन्टा लामो ‘ब्रिफिङ’ मा कटवालले दैवीप्रकोप उद्धारका लागि भारतबाट तत्काल सैनिक सामग्री खरिद गर्नुपर्ने भन्दै भण्डारीलाइ नेपाली सेनाले भारत सरकारबाट ‘माघ १९’ पछि रोकिएको सैनिक सामग्री ल्याउन पहल गर्न भनेका छन् । ०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हत्याएपछि भारतले नेपाली सेनालाई दिँदै आएको सैनिक सहायता रोकेको थियो ।
विश्वस्त श्रोतका अनुसार रक्षामन्त्री भण्डारी पनि भारतबाट सैनिक सहायता लिने कुरामा ‘कन्भिन्स’ भएकी छन् । तर हतियार खरिदको निर्णय भने प्रधानमन्त्री माधवकुमार नेपाल इजिप्टबाट फर्किएपछि मात्र हुनेछ । श्रोतका अनुसार हतियार खरिदको तयारी पहिलेदेखी नै भइसकेको थियो । प्रधानमन्त्री नेपाल तत्काल भारत भ्रमणमा नगइ इजिप्ट तर्फ प्रस्थान गर्नुमा पनि यहि रहस्य लुकेको श्रोतको दावी छ । ‘किनकी भारत भ्रमण जानुअघि या लगत्तै पछि शान्ति सम्झौता विपरित समेत रहेको हतियार खरिदको कुरा उठ्दा प्रतिपक्षी माओवादीसंग ‘डिल’ गर्न अप्ठ्यारो पर्ने हुन्छ ।’ श्रोतले भन्यो । दुवै पक्ष ( नेपाली सेना र माओवादीका लडाकु )ले हतियार खरिद तथा ओसार पसार गर्न नपाइने शान्ति सम्झौताको ५.१.२ बुँदामा छ । तर यस कार्यको लागी अर्थमन्त्रीले यसपालीको वजेटमा रक्षालाइ वजेट द्वन्दकालमा भन्दापनि दोव्वर वढाइदिएका छन् ।

मुलुकमा गणतन्त्र आइसकेको स्थितिमा पाँच वर्षअघिको प्रतिबन्ध फुकुवा गर्न सरकारले पहल गर्नुपर्ने जंगीअड्डाको भनाइ छ। भारतले नेपाललाई ७० प्रतिशत अनुदान र ३० प्रतिशत भुक्तानी दिनुपर्ने सर्तमा घातक हतियार तथा विष्फोटक पदार्थ ‘लेथल’ र सैनिक साम्रगी ‘ननलेथल’ उपलब्ध गराउँदै आएको थियो ।
गत जेठमा काठमाडौं आउँदा भारतीय विदेश सचिव शिवशंकर मेननले सैनिक सहायता फुकुवा गर्न इच्छुक रहेको रक्षामन्त्री भण्डारीलाई बताएका थिए । यसअघी भारतले सैनिक सहयोग फुकुवा गर्न पत्राचार गरे पनि सरकार बृहत् शान्ति-सम्झौताका कारण पन्छिँदै आएको थियो ।
जंगीअड्डाले नियमित प्रक्रियाका लागि कतिपय लेथल हतियार र भौतिक सामग्री खरिद गर्नुपर्ने र भारतबाट पाउने सैनिक सहयोग लिनुपर्ने भनी रक्षालाई पत्राचार गर्दै आएको छ ।

यसैविच रक्षामन्त्री विद्यादेवी भण्डारीको यहि साउन ५ गते भारत भ्रमण तय भएको छ । भारतीय समकक्षी एके एन्टोनीको निमन्त्रणामा भण्डारी नयाँ दिल्ली जान लागेकी भण्डारीले यहिवेला हतियार सम्वन्धी सम्झौता गर्ने प्रवल संभावना रहेको छ । गत जेठमा नेपाल भ्रमणमा रहदा भारतीय विदेश सचिव शिवशंकर मेननले भण्डारीलाई भारत भ्रमणको औपचारिक निम्तो दिएका थिए । भण्डारीको भारत भम्रणपूर्व नै सरकारले द्विपक्षीय वार्ताको एजेन्डा तयार गर्न समेत जंगीअड्डाले सुझाव दिएको वताइएको छ ।

 
4 टिप्पणीहरु

Posted by on जुलाई 15, 2009 in BLOG, NEWS

 

4 responses to “भारतवाट घातक हतियार ल्याउन कटवालको चलखेल

  1. राज कोहली

    जुलाई 15, 2009 at 9:31 बिहान

    माओवादीसंग अव अन्तिम युद्धको तयारी हुंदैछ ।

     
  2. एलर्ट

    जुलाई 15, 2009 at 9:33 बिहान

    इण्डियाले नेपालमा युद्ध भड्काउन खोज्दैछ । यो त्यसैको पुर्व तयारी हो ।

     
  3. चुम्वन

    जुलाई 15, 2009 at 9:45 बिहान

    यो विद्या ओली भण्डारी र माकुने सुदले भारतको कठपुतली वनेर देश डुवाए । सेनाको टाङमुनी छिरेर … मुतको न्यानो मान्दैछन् । यिनका ओत लाग्ने दिन अव जनताले गन्न थालीसकेका छन् ।

     
  4. Anjita

    जुलाई 17, 2009 at 12:48 बेलुका

    Aba Nepal ko Raza Katawal Nai ta ho ni.

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: