RSS

सातदल निकटका युवा सङ्गठनको संयुक्त प्रतिवद्धता

16 जुलाई

बर्दिवास । 

भावी संविधानमा युवाहरुको भूमिका विषयक जलेश्वरमा सम्पन्न दुई दिने कार्यशाला (गोष्ठी) का सहभागीहरुले युवा सरोकारजन्य सवालहरुमा एकसाथ अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। मुलुकका प्रमुख राजनीतिक दलहरुका निकटस्थ सात युवा सङ्गठनको आयोजनामा सम्पन्न सो कार्यशालामा ती युवाहरुले सो प्रतिबद्धता जनाएका हुन्।

सो अवसरमा एकीकृत नेकपा -माओवादी, नेपाली काङ्ग्रेस, नेकपा -एमाले, मधेसी जनअधिकार फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र नेकपा -माले निकटस्थ सात युवा सङ्गठनले वैचारिक आस्थाका आधारमा आफूहरुको फरकफरक दलसंगको आबद्धता भए पनि नीति निर्माण तहमा युवाहरुको सम्मानजनक उपस्थितिका लागि एक भएर अगाडि बढ्ने निचोडमा पुगेको बताए।

मुलुकका विभिन्न ठाउंमा एक अर्का सङ्गठनबीचका झगडा, मारपिट र तनावका कुराहरु सार्वजनिक भइरहेको बेला महोत्तरीका युवाहरुले देखाएका एकता, सहकार्य र सहमतिको प्रतिबद्धता टिकाउ हुनसके जिल्लाकै लागि मात्र नभई सिंगो मुलुकका अन्य भागका लागि पनि अनुकरणीय हुने राजनीतिक विश्लेषकहरुले बताएका छन्।

तमलोपा निकटस्थ तराई मधेस युवा फ्रन्ट महोत्तरीका अध्यक्ष सुशीलकुमार राउतको सभापतित्वमा भएको सो गोष्ठीमा आयोजक सात सङ्गठनबाहेक अन्य सामाजिक सङ्घ संस्थाहरुमा कार्यरत युवासमेत ६० जनाको सहभागिता थियो।

Advertisements
 
टिप्पणी छोड्नुहोस्

Posted by on जुलाई 16, 2009 in HOME

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: