RSS

गोरखकाली रवर उद्योग बन्द

16 Jul

विनोद ढकाल, गोरखा  

माओवादी निकट मजदुरहरुका आन्दोलनका कारण नेपालको एक मात्र रवर गोरखकाली रबर उद्योग हिजोदेखि बन्द भएको छ । अखिल नेपाल औद्योगिक मजदुर युनियन गोरखकाली रवर उद्योग इकाइले गत वर्ष सरकारले बढाएको तलब अनुसार ४ महिनाको पैसा लिन बांकी रहेको भन्दै हिजोदेखि उद्योग बन्द गराएको हो । गत वर्षको असोज महिनादेखि सरकारले २ हजार तलब वृद्धि गरेकोमा उद्योग प्रशासनले दशै पेश्की, असोज, कार्तिक र मंसीर महिनाको गरी प्रति मजदुर ८ हजार रुपिया दिन बांकी रहेको छ । सो रकम ब्यवस्थापनले सबै मजदुरलाई उपलब्ध नगराएसम्म काम ठप्प पार्ने औद्योगिक मजदुर युनियनका अध्यक्ष कृष्ण पोखरेलले जानकारी दिनुभयो । उद्योगले असार महिनाको तलब र एक महिनाको तलब बराबरको औषधी उपचार खर्च पनि मजदुरहरुलाई उपलब्ध गराएको छैन । मजदुरले पाउनुपर्ने सबै तलब १५ दिन भित्र उपलब्ध गराउन उद्योग प्रशासनलाई दिएको अल्टिमेटम र ७ दिने  स्मरणपत्र दिदा पनि कुनै सुनुवाइ नभएपछि काम ठप्प पार्न बाध्य भएको उहांले बताउनुभयो । माओवादी निकट मजदुरहरुको सो मागप्रति उद्योगमै काम गर्ने अन्य कर्मचारी संगठनले भने समर्थन जनाएका छैनन् । अन्य मजदुर संगठनले माओवादी निकट मजदुरहरु उद्योग बन्द गराउने दाउमा लागेको आरोप लगाएका छन् । उद्योग प्रशासनले साउन ५ गतेभित्र सबै कर्मचारीको तलब उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरेकोले काम ठप्प पार्न नहुने नेपाल कारखाना श्रमिक संघका अध्यक्ष इश्वर परियारले जानकारी दिनुभएको छ ।

नेपाल स्वतन्त्र केमिकल तथा आइरन मजदुर युनियनका अध्यक्ष लैनसिह लिम्बुले माओवादी निकट मजदुरहरुले पैसा भन्दा पनि राजनीति गर्न खोजेको आरोप लगाउनुभयो । उद्योग ब्यवस्थापनले साउन ५ गतेभित्र सबै मजदुरको बांकी पैसा चुक्ता गर्ने सूचना उद्योग परिसरमा टांस गरेको छ । अखिल नेपाल औद्योगिक मजदुर युनियने भने उद्योगले मजदुरहरुलाई झुटो आश्वासन दिएको र ब्यवस्थापनसंग ३ सय ७१ जना मजदुरलाई दिन पुग्ने पैसा नै नभएको बताएको छ । उसले उद्योगले सबै मजदुरको पैसा चुक्ता नगरेसम्म काम ठप्प पार्ने बताएको छ ।

उद्योगका कार्यकारी निर्देशक विनोद तिवारीले श्रोत नभएकाले मजदुरहरुले पाउने रकम समयमा उपलब्ध गराउन नसकेको र सबै रकम साउन ५ गते उपलब्ध गराउने जानकारी गराइसकेपनि मजदुरहरुले काम ठप्प पारेकोमा आपत्ति जनाउनुभयो । मजदुरहरुलाई तलब भत्ता खुवाउन उद्योग संग अहिले पर्याप्त पैसा भएको पनि उहांले दावी गर्नुभयो । 

आर्थिक अभावका कारण समयमा कच्चा पदार्थ खरिद गर्न नसकेर महिनामा भण्डै २० दिन वन्द हुदै आएको उद्योगले मजदुरहरुलाइ समयमा तलब भत्ता समेत उपलब्ध गराउन सकेको छैन । तर कच्चा पदार्थको राम्रो उपलब्धता भएको र चालु अवस्थामा रहेको बेला माओवादी निकट मजदुरहरुले उद्योग बन्द गराएका हुन् । यो संगै उनीहरुले ब्यवस्थापनले सल्लाहकारमा एमाले नेता हरि काफ्लेलाई नियुक्त गरेको निर्णय पनि खारेजीको माग गरेका छन् ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on जुलाई 16, 2009 in HOME

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: