RSS

छात्रवृत्तिका लागि छुट्टै परिक्षा

16 Jul

भक्तपुर ।

छात्रवृत्ति पाउने विद्यार्थीको परीक्षाफल राम्रो आउन नसकेपछि उच्च माध्यमिक शिक्षा परिषद्ले यस वर्षदेखि उच्च माविमा अध्ययन गर्ने विद्यार्थीलाई दिइने छात्रवृत्तिको नियम परिवर्तन गरेको छ। यसवर्षदेखि विज्ञान र कमर्श विषय अध्ययन गर्न छात्रवृत्तिको माग गर्ने विद्यार्थीले परिषद्द्वारा सञ्चालन गरिने छात्रवृत्तिको परीक्षामा सहभागी भई राम्रो नतिजा ल्याएर मात्र छात्रवृत्ति पाउने व्यवस्था गरिएको परिषद्का सदस्यसचिव रामबहादुर खड्काले बताउनुभयो।

विगतका वर्षहरुमा राम्रो प्रतिशत ल्याई एसएलसी उत्तीर्ण विद्यार्थीलाई परीक्षाबिना नै छात्रवृत्ति दिंदा ती विद्यार्थीहरुले पछि गएर राम्रो अङ्क ल्याउन नसकेपछि यो व्यवस्था गरिएको उहांले बताउनुभयो। परिषद्ले मानविकी र शिक्षा सङ्कायमा अध्ययन गर्ने विद्यार्थीका लागि भने छात्रवृत्तिका लागि परीक्षा दिइरहनु नपर्ने पुरानै व्यवस्थालाई निरन्तरता दिएको छ।

छात्रवृत्तिका लागि यसअघि सानो ठिमीस्थित परिषद्को केन्द्रीय कार्यालयले सिफारिस गर्दै आएकोमा यसवर्षदेखि सिफारिस एवम् परीक्षा परिषद्को क्षेत्रीय कार्यालयले नै गर्ने व्यवस्था मिलाइएको उहांले बताउनुभयो। परिषद्ले दलित, जनजाति, अपाङ्ग, सहिद परिवार, आर्थिक रूपले पिछडिएका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिंदै आएको छ।

परिषद्ले विद्यालयहरुले भर्ना अनुपातका आधारमा कुल विद्यार्थी सङ्ख्याको तीन प्रतिशत छात्रवृत्ति अनिवार्य दिनुपर्ने व्यवस्था गरेको छ भने छात्रवृत्तिका लागि आगामी साउन १५ गतेसम्म आवेदन दिन आहृवान गरेको छ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on जुलाई 16, 2009 in HOME

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: