RSS

न हलो न जोतारा, हेरौं वजेटका नारा

16 Jul

आर्थीक वर्ष ०६६/६७ को वजेट जनमानसको अपेक्षा विपरीत परम्परागत र टालटुले रुपमा आएको छ। राष्ट्रिय जनशक्ति पार्टिका सभासद तथा पुर्व अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले त यस वजेटलाइ सुकुलगुण्डो जस्तो भनेका छन् । किन होला त ? वजेटमा त्यस्ता के के कुरा छन् त सर्सर्ती केलाएरै हेरौं :

१  “समृद्ध, आधुनिक र न्यायपूर्ण नेपाल”

२  “जनताको पहलमा शान्ति अभियान”

३  “स्वस्थ्य जीवन र राष्ट्रिय गौरवका लागि खेलकुद”

४  “जीविकाका लागि कृषिबाट दिगो विकासका लागि कृषि”

५  “गाउं-शहरमा सहकारी, घर घरमा रोजगारी”

६  “एक व्यक्ति-एक विरुवा”

७  “पाहुनाहरुको स्वागत सत्कार नेपालीको संस्कार”

८  “सीप सिकौं रोजगार बनौं”

९  “हाम्रो शहर सफा शहर”

१० “आफ्नो गाउं आफै बनाऔं”

११ “साक्षर बनौ क्षमता बढाउं”

१२ “सबैको लागी स्वास्थ्य”

१३ “सुरक्षित मातृत्व, महिला अधिकार”

१४ “एक घर एक चर्पी”

१५ “हामीले तिरेको कर, हाम्रै विकासका लागि, आधुनिक र समृद्ध नेपाल निर्माणको लागि”

झट्ट हेर्दा र सुन्दा यि आकर्षक नाराले भरिपुर्ण यस वजेट चिटिक्क परेझैं देखिन्छ तर यसको व्यवहारिकता र वित्तिय अवस्थाको आंकलन गर्ने हो भने यो नारा केवल नारा मात्रै भएको सजिलै वुझ्न सकिन्छ।

यो सवैलाई थाहा भएकै कुरा हो कि राम्रो फसल उत्पादन गर्न “नारा” महत्वपुर्ण होइन। यसको लागी त हलो, जुवा, वलिया गोरु, कुशल हली, तथा कर्मठ कामदारककका साथै मेहनत र लगनशीलता चाहिन्छ। तर यहां वलिया गोरु झैं जोतिनुपर्ने उद्योगहरुको अवस्था चौपट छ, हलीहरु निराश छन्। उर्जा संकटका कारण खेत जोत्ने हलो कुंजो भएको छ, अस्थिर वजारका कारण गोरु नार्ने भरपर्दो जुवा र जोतारा भेटिएको छैन। मिहिनेती खेतालाहरु रोजगारीको खोजीमा अर्काको मेलापात धाउन विवश छन्, यस वजेटले उनिहरुको उत्साह जगाउने या अवस्थामा सुधार ल्याउने कुनै भरपर्दो आधार प्रस्तुत गर्न सकेन। वरु आफुलाई मालिक या साहु संझनेहरु अग्लो आसनमा वसेर फलानो खेतको रोपाईंमा यति खर्च गर्ने वा ढिस्कानो पाखामा यस्तो गर्ने भनेर आफ्ना ईमान्दार गोठालाहरुलाइ भरणपोषण वापतको रकम तोकिरहेका छन्। 

हुनत वजेटमा सवै कुरा नराम्रा छन् भन्न खोजिएको होईन, कतिपय राम्रा कुराहरुपनि समेटिएका छन् तर कस्ता कुरा छन् भन्ने भन्दापनि त्यसको व्यवहारिक पक्षलाई प्राथमिकता दिनुपर्ने हुन्छ। अझ वजेटमा उल्लेखीत कतिपय कुराहरु त नाममात्रको भएको प्रष्टै देखिएको छ। जस्तो शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमीकता दिने तथा गरिवीको रेखामुनि रहेकाहरुलाइ परिचयपत्र वितरण गर्ने कुरा। सरकार एकातिर प्रमाणपत्र तह हटाउने भनिरहेको छ, तर त्यसको विकल्पको रुपमा अघि सारिएको उच्च माविमा लगानी गर्ने वारेमा कन्जुस्याईं गरिरहेको छ। स्वास्थ्य र रोजगारीमा केवल नाम मात्रको रकम छरेर झारा टार्ने काम गरिएको छ। ष्पष्ट मापदण्ड विना गरिवीको पहिचान गर्ने कसरी ? तर सरकार केवल लोकप्रिय वन्न नारा मात्र वांडिरहेको छ। अर्थतन्त्र उकास्न उद्योगधन्दा र विकास निर्माणका पुर्वाधार वनाउनु भन्दा वरु सेना र हतियारमा लगानी गर्न सरकार उद्यत रहेको छ । यसका साथै वजेटले प्रत्यक्ष करको दायरा घटाएर केही पुंजीपति वर्गलाई खुसी पार्ने काम गरेको छ भने अप्रत्यक्ष कर वढाएर मुल्यवृद्धि आकाशिने संकेत पनि देखाएको छ । यसैवाटपनि सरकारको वास्तविक अनुहार र नियत प्रष्ट हुन्छ।

यसैगरि दलीतसंगको विवाह, विधवा विवाह, वालवालीकालाई पोषण खर्च, रिक्सा किन्न युवा स्वरोजगारको ऋण, तिन हजार विपन्न परिवारलाई अवास खर्च लगायतका कतिपय कार्यक्रम वाहिरवाट हेर्दा राम्रा देखिएपनि दीर्घकालिन रुपमा अव्यवहारिक र आफुसम्म पहुंच भएकालाई मात्र काखी च्याप्ने उपायवाट अभिप्रेरित देखिन्छ। अर्को कुरा वजेटमा झण्डै ९० प्रतिशत कार्यक्रमलाई प्रमुख प्राथमिकताका कार्यक्रम भनिएको छ, जवकी यो संभव नै हुंदैन। यदि यसलाई वास्तवमै कार्यान्वयन गर्ने हो भने अझै प्राथमिकताका कार्यक्रम भनेर फेरि छुट्याउनु पर्ने हुन्छ, यस कारणपनि वजेटको अव्यवहारिकता प्रष्टिएको छ।

यि विभिन्न कारणहरु केलाएर हेर्दा विगतका सरकारहरुले ल्याएका सवै लोकप्रिय विषयवस्तु एकैठाउंमा मिसाएर वनाईएको खिचडी भन्दा कत्तिपनि फरक नदेखिएको यसपालीको वजेट कार्यान्वयन गर्ने वेलामा हलो, जुवा विना अज्ञात स्थानमा तुर्लुङ्ग झुण्डेको नारामात्र सावीत नहोला भन्न सकिन्न।

 
9 टिप्पणीहरु

Posted by on जुलाई 16, 2009 in BLOG, NEWS

 

9 responses to “न हलो न जोतारा, हेरौं वजेटका नारा

  1. Dinesh

    जुलाई 16, 2009 at 4:01 बिहान

    good story!!
    best of luck.

     
  2. hari

    जुलाई 16, 2009 at 9:41 बिहान

    I REALLY LIKE THIS TITLE KEEP IT UP

     
  3. विश्व

    जुलाई 17, 2009 at 12:43 बेलुका

    यो त सव भन्ने कुरा न हो ………….. भन्ने गित त्यसै गाइएको हैन भन्ने वल्ल थाहा भयो

     
  4. Vikey

    जुलाई 17, 2009 at 12:51 बेलुका

    Thik ho Yo Budjet कार्यान्वयन गर्ने वेलामा हलो, जुवा ra Jotara विना अज्ञात स्थानमा तुर्लुङ्ग झुण्डेको नारामात्र सावीत hunchha .

     
  5. Bishal

    जुलाई 17, 2009 at 7:34 बेलुका

    ”Bud – Jet” Kasari Udne ho herna Baki chha . अव हेर्दै जाउं न ”ब – जेट” कसरि उड्दो रहेछ ।

     
  6. MT. Everest

    जुलाई 18, 2009 at 9:24 बिहान

    Its a really intresting and good story. Go Ahead .

     
  7. चारू घले

    जुलाई 18, 2009 at 7:07 बेलुका

    कतिपय राम्रा कुराहरुपनि समेटिएका छन् Bhanera ta afai le swikar gari sake pachhi aru lamba chauda kura k gariraheko hola ?

     
  8. Desh Bhakta

    जुलाई 18, 2009 at 10:06 बेलुका

    yesta ek pakshiya tarka garnu bhaneko purbagrahi dharana le grasit bhaeka byakti bhanne kura spasta chha.tapain jasta aadha gidi bhaeka byaktittwa ko karan NEPAL ko yo halat bhairaheko chha.please try to be honest not to be negative at all the time if you are really Nepali.

     
  9. UPASANA

    अगस्ट 1, 2009 at 11:53 बिहान

    विगतका सरकारहरुले ल्याएका सवै लोकप्रिय विषयवस्तु एकैठाउंमा मिसाएर वनाईएको खिचडी भन्दा कत्तिपनि फरक नदेखिएको यसपालीको वजेट कार्यान्वयन गर्ने वेलामा हलो, जुवा विना अज्ञात स्थानमा तुर्लुङ्ग झुण्डेको नारामात्र सावीत नहोला भन्न सकिन्न।

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: