RSS

पश्चिमाञ्चलको सुरक्षा अवस्था मजवुत

16 Jul

गोरखा

प्रहरी नायव महानिरिक्षक नवराज ढकालले पश्चिमाञ्चलको सुरक्षा अवस्था मजवुत भएको दावी गर्नुभएको छ । सवै सुरक्षा अंगहरुको सहकार्यले पश्चिमाञ्चलको सवै जिल्लामा सुरक्षा अवस्था मजवुत भएको उहांले वताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय गोरखाको हाता भित्र नव निर्मीत भवनको उदघाटनपछि आज जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नायव महानिरिक्षक ढकालले मनाङ्गको नार घटनाको दोषी माथी छानविन भै रहेको जानकारी दिनुभयो । धेरै संख्यामा आरोपीहरु रहेकाले अनुसन्धानमा केही समय लाग्ने भन्दै उहांले अनुसन्धानका लागी कुनै कसर वांकी नराख्ने पनि वताउनु भयो ।

स्थानिय स्तरका प्रहरी यूनिटहरुलाई विस्तारै सुविधा सम्पन्न वनाउदै जाने भन्दै नायब महानिरीक्षक ढकालले गोरखाका प्रहरी अधिकृत तथा जवानहरुलाई प्रशिक्षण दिदै अपराध नियन्त्रण गर्दा मानव अधिकार र मानविय मुल्यलाई नविर्सन आग्रह गर्नुभयो । उहांले कानूनको पालना गराउने क्रममा परिआएको खण्डमा स्थानीय प्रशासनले दिएको ब्यवस्था अनुसार वल प्रयोग गर्न पनि आग्रह गर्नुभयो ।

सडक विभाग गोरखाको सहयोगमा जिल्ला प्रहरी कार्यालय गोरखामा ६ लाख ८१ हजारको लागतमा भण्डार भवन र जवानहरुका लागी अर्को भवन निर्माण गरीएको छ । यो संगै कार्यालयका जवानहरुको वसाइमा सहज हुने कार्यालयले जनाएको छ ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on जुलाई 16, 2009 in HOME

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: