RSS

भारतीय र चिनियाँ दुवै नाकामा सशष्त्र सीमा सुरक्षा बल राखिने

16 Jul

गृह मन्त्रालयले छिमेकी मुलुकहरू चीन तथा भारतीय सिमानासँग जोडिएको सीमा क्षेत्रमा स्थायी रूपमा सशस्त्र प्रहरी राख्ने गृहकार्य अघि बढाएको छ।

उत्तरी छिमेकी चीनको आग्रहमा गृहले सिन्धुपाल्चोकको तातोपानी, लोमान्थाङ नजिक मुस्ताङमा, संखुवासभाको किमाथान्का, हुम्लाको लिमी, दार्चुलाको टिंकर नाका क्षेत्रमा स्वतन्त्र तिब्बत पक्षधर तिब्बतीयनको गतिविधि र अवैध व्यापार नियन्त्रण गर्न भनि सिमा सुरक्षा बलका रूपमा सशस्त्र प्रहरीलाई राख्ने गृहकार्य भइरहेको हो भने दक्षिणमा भारतसंग जोडिएका बाँकी दुई जिल्ला दाङ र चितवनमा समेत सशस्त्रले सीमा सुरक्षा बल राख्ने भएको छ। भारतसंग जोडिएका तराईका २० जिल्लामध्ये १८ जिल्लामा यसअघि नै सशस्त्र प्रहरीले सीमा सुरक्षा बल राखिसकेको थियो । अव प्रत्येक जिल्लामा सशस्त्र प्रहरीका एसपीको कमान्डमा सीमा सरक्षा बल खटाइने भएको छ। यसैगरि चीनतर्फको सिमामा पहिलो चरण अन्तर्गत पाँच जिल्लाका चीनसित सीमा जोडिएको पाँच ठाउँमा पनि सशस्त्र प्रहरीका एसपीको नेतृत्वमा सीमा सुरक्षा बल राखिने भएको छ।

सशस्त्रले नेपाल-भारत सीमामा हुने आपराधिक गतिविधि तथा तराईका सशस्त्र समूहको ओहोरदोहोरलाई रोक्न र दुइ देश विचको सीमाको सुरक्षा गर्ने कार्य गर्दै आएकोमा अव तिव्वत तर्फपनि
सीमा सुरक्षा लगायतका दायित्व बढेको उल्लेख गर्दै १२ हजार दरबन्दी गर्न गृह मन्त्रालयसमक्ष प्रस्ताव गरेको छ। स्रोतका अनुसार सशस्त्रको दरबन्दी थप गर्ने प्रस्तावमाथि गृहले गृहकार्य गरिरहेको छ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on जुलाई 16, 2009 in HOME

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: