RSS

मन्दिर परिसरमै सार्वजानिक शौचालय

16 Jul

विनोद ढकाल / गोरखा

गोरखाको गोरखकाली मन्दिर परिसरमा सार्वजानिक शौचालयको निर्माण भएको छ । गोरखकाली मन्दिरमा दर्शन गर्न आउने पर्यटकहरुका लागि निर्माण गरिएको सो ४ कोठे शौचालय गोरखकाली युथ क्लव दरवारमार्ग र निर्माण ब्यवसायी संघको संयुक्त प्रयासमा निर्माण गरिएको हो । गोरखकाली युथ क्लबले विगत २ /३ वर्षदेखि लोकदोहोरी प्रतियोगिता, मन्दिरको बोका सरसफाइ आदि गरेर कमाएको १ लाख ६ हजार ६ सय २७ रुपियां र निर्माण ब्यवसायी संघको १ लाख १० हजार रुपियांको लागतमा सो शौचालय निर्माण गरिएको हो ।

शौचालयको वुधवार एक कार्यक्रमका वीच प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद ओलीले उद्घाटन गर्नुभएको हो । यसअघि मन्दिर वरपर कुनै शौचालय नहुदा भक्तजनहरु समस्यामा पर्दै आएका थिए भने मन्दिर वरपर फोहोर पनि बढेको थियो । शौचालयमा २ वटा महिला र २ वटा पुरुष शौच कक्ष रहेका छन् ।

 

अस्पताललाई वेञ्च हस्तान्तरण

गोरखा

कृषि विकास वैंक गोरखाले सामाजिक सेवा अन्तर्गत गोरखा अस्पताललाई ५ थान वस्ने वेञ्च हस्तान्तरण गरेको छ । वुधवार आयोजीत एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद वलीले सो सामाग्री जिल्ला स्वास्थ्य प्रमुख डाक्टर गुणराज लोहनीलाई हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा वोल्दै प्रमुख जिल्ला अधिकारी वलीले सवै वर्ग र संघसंस्थाले सहयोगको भावना लिए समाजसंगै देश निर्माणमा समय नलाग्ने  वताउनु भयो । कार्यक्रममा निर्माण ब्यवसायी संघ, उद्योग वाणिज्य संघ, नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन, जिल्ला वन अधिकृतका साथै गोरखा अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधीहरु लगायतको उपस्थित रहेको थियो ।

 वन्यजन्तु तस्करहरूको काराबास सजाय घटाइएको विरोध

चितवन

वन्यजन्तुको तस्करीमा सङ्लग्न व्यक्तिहरूको काराबास सजाय घटाइएको विरोधमा वन तथा वन्यजन्तु संरक्षणको क्षेत्रमा क्रियाशिल जिल्लाका विभिन्न संस्थाहरूले संकलन गरेको हस्ताक्षर आज जिल्ला प्रशासन कार्यालय चितवन मार्फत प्रधानमन्त्री, व्यवस्थापिका संसद तथा मन्त्रिपरिषद्मा पठाएका छन् ।

तीन दिनसम्म सङ्कलन गरिएको १४ हजार ५ सय २ हस्ताक्षर उनीहरुले सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल मार्फत प्रधानमन्त्री, व्यवस्थापिका संसद तथा मन्त्रिपरिषद् लाई बुझाएका हुन् । आफ्ना मागहरु माथि सुनुवाई नभए दोस्रो चरणको आन्दोलनको घोषणा गरिने आयोजक नेचर गाइडका अध्यक्ष जीतबहादुर तामाङले जानकारी दिनुभयो ।

 विषालु च्याउ खांदा एघार जना बिरामी

गोरखा ।

बिषालु च्याउ खांदा गोरखामा एकै घरका छ जनासहित ११ जना  बिरामी भएका छन् । गोरखा जिल्लाको आरुचनौटे गाविसस्थित रातमाटे गैरी वनबाट ल्याएको च्याउ खांदा सोही गाविस वडा नं. ४ पिपलडांडाका चार घरपरिवारका ११ जना बिरामी भएका हुन्  ।

बिषालु च्याउ खाएर गम्भीर बिरामी भएका वर्ष ७० का चन्द्रबहादुर नेपालीलाई उपचारका लागि काठमाडौंको वीर अस्पताल लगिएको, तीन जनाको स्थानीय आरुघाट स्वास्थ्यचौकीमा र अन्यको गाउंमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 गोरखा नगरपालिकाको नगर परिषद् सम्पन्न

गोरखा

गोरखाको गोरखा नगरपालिकाले आज नगर परिषद् गरी आर्थिक वर्ष ६६/०६७ को अनुमानित आयब्यय विवरण सार्वजानिक गरेको छ । नगरपालिकाको दोश्रो नगर परिषद्ले चालुखर्चतर्फ १ करोड ७६ लाख २२ हजार र पूंजीगत तर्फ ६ करोड ९० लाख ९ हजार गरी ६ करोड ८५ लाख ३१ हजारको वजेट पारित गरेको छ ।

नगरपालिकाको कार्यकारी अधिकृत रामचन्द्र अधिकारी अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजनीतिक दलका नगरस्तरिय संयन्त्रका प्रतिनिधिहरु सहभागी थिए । परिषद्बाट पारित भएका प्रस्ताबहरु नागरिकका चाहना अनुसार  खर्च गरिने नगरपालिकाका नायब सुब्बा रामकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

 माडी घटनामा पिडीत परिवारका छात्र छात्रालाई शैक्षिक सामग्री वितरण

चितवन

४ बर्ष अघि माडीको बाँदरमुढे खोलामा माओवादीले विद्युतीय धराप विष्फोट गराउदा ज्यान गुमाएका र अंगभंग भएकाका परिवार मध्ये बिभिन्न विद्यालयमा अध्ययनरत ११ जना छात्र छात्रालाई वुधवार शैक्षिक सामग्री वितरण गरिएको छ । विष्फोट पीडितहरुको सामाजिक पुनस्र्थापनामा शिक्षाको महत्व विषयक अन्तर्क्रिया कार्यक्रममा घटना पीडितहरुलाई बारुदी सुरुङ प्रतिबन्ध अभियान नेपालले शैक्षिक सामग्री उपलब्ध गराएको हो ।

विष्फोट पीडित उत्तम तिवारी, रेखा अधिकारी, बसन्ती बोटे, पवित्रा न्यौपाने, लक्ष्मी मगर, अन्जना अधिकारी, आशिष जिसी, रश्मी गुरुङ, जानुका तिवारी, गीता च्वाई र मनोज गुरुङलाई विद्यालय पोशाक, कपी, कलम, एक वर्षका लागि विद्यालयमा हुने सबै खर्च र सोही अवधिका लागि आवश्यक किताब वितरण गरिएको हो । राहत पाउने सबै ७ देखि १० कक्षाका विद्यार्थीहरु हुन् ।

 ट्रेड युनियन महासंघ गोरखाले आन्दोलन जारी राख्ने

गोरखा

अखिल नेपाल ट्रेड युनियन महासंघ गोरखाको वुधवार वसेको बैठकले गोरखाको गोरखकाली रबर उद्योगका मजदुरहरुको तलब सुविधा  र जायज माग पुरा नगरेसम्म आन्दोलन जारी राख्ने निर्णय गरेको छ ।  बैठकले उद्योगको सल्लाहकारमा नियुक्त भएका एमाले नेता हरि काफ्लेको नियुक्ति खारेज नगरेसम्म निरन्तर संघर्षका कार्यक्रम गरिराख्ने संयोजक कृष्ण पोखरेलले जानकारी दिनुभएको छ ।

कार्यक्रममा एकिकृत नेकपा माओवादीका जिल्ला सेक्रेटरी प्रकाशले राज्य सत्ताको बागडोर मजदुरहरुको हातमा भएकाले निर्णायक आन्दोलनका लागि तयार रहन आग्रह गर्नुभयो । कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय सदस्य गुणराज देवकोटा लगायतले मन्तब्य राख्नुभएको थियो ।

 मुस्लिम उत्थान कार्यक्रमको रकम छात्रवृत्ति र आय आर्जनमा 

गोरखा

जिल्ला विकास समिति गोरखाको मुस्लिम उत्थान कार्यक्रम अन्तर्गत प्राप्त ३ लाख रुपियां मुस्लिम तरकियाती एशोसिएशन गोरखाले यसवर्ष छात्रवृत्ति र आय आर्जनमा खर्च गरेको छ । एशोसिएशनले उच्च माध्यामिक तह र उच्च शिक्षा अध्ययन गरिराखेका ११ छात्र र १७ छात्रालाई जनही १ हजार ४ सय २८ रुपियांका दरले वितरण गरेको जनाएको छ ।   

त्यसैगरी विपन्न परिवार, अपाङ्ग र एकल महिलालाई आयआर्जन कार्यक्रमका लागि प्रतिपरिवार ३ हजार रुपियां प्रदान गरेको अध्यक्ष रहमतुल्लाह मियांले जानकारी दिनुभएको छ । सो अवसरमा एशोसिएशनले मुस्लिम तथ्याङ्क ब्यवस्थापन, मदरसा र मस्जिद सरसफाइ, ५१ जना महिलाका लागि कानुनी सचेतना तालिम र १४ जना विपन्न परिवारका छात्रछात्रालाई आधारभुत कम्प्युटर तालिम प्रदान गरेको पनि उहांले बताउनुभयो । 

 
टिप्पणी छोड्नुहोस्

Posted by on जुलाई 16, 2009 in HOME

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: