RSS

रासायनिक मलको विकल्प

16 Jul

चितवन

बजारमा रासायनिक मलको उपलब्धता सहज नभएका बेला चितवनको रामपुरमा हरियो मलको ठूलो परिमाण उत्पादन हुन थालेको छ । रासायनिक मल भन्दा सस्तो तर प्रभावकारी हुने हरियो मलले उत्पादन पनि बढाउने उत्पादक राष्ट्रिय मकै बाली अनुसन्धान केन्द्रले जनाएको छ । ढैचा र सनई नामक हरियो झारबाट उत्पादन गरिने यो मल हाल रामपुरमा मात्र ८ हेक्टर जमिनमा लगाइएको छ ।

गत वर्षमा यो मल ५४ हेक्टर जमिनमा लगाइएको मकैबाली अनुसन्धान संयोजक डक्टर दिलबहादुर गुरुङले जानकारी दिनुभयो । बारीमा छरेको ४० देखि ४५ दिनसम्ममा हुर्कने सनई झारलाई ट्रयाक्टर लगाएर जोतेपछि करिब १ हप्तामा मल तयार हुने उहाँले बताउनुभयो । तयसैगरी ढैचा भने बीउ छरेको ६० देखि ६५ दिनमा जोतेपछि १० दिनमा बाली लगाउन सकिने छ ।

गुरुङका अनुसार हरियो मलको प्रयोगबाट कृषकहरुले बढी उत्पादन पाउने र कम मूल्यमा नै मल उपलब्ध हुनेछ। रासायनिक मलको भाउ बढिरहेको बेला किसानहरु माझ हरियो मल प्रभावकारी हुने उहांले बताउनुभयो। कोशेवालीको जराको स-साना गिर्खामा रहेका जिवाणुहरुले हावाबाट बढी नाइट्रोजन लिने हुनाले माटोमा बढी नाइट्रोजन पुग्ने हुनाले कोशेवाली छान्दा उपयुक्त हुने उहांको भनाई छ । मकैबाली अनुसन्धान केन्द्रबाट उत्पादित हरियो मल देशैभरी विस्तार गर्ने योजना रहेको अनुसन्धान संयोजक गुरुङले जानकारी दिनुभएको छ ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on जुलाई 16, 2009 in HOME

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: