RSS

के हो साउने संक्रान्ति ?

17 जुलाई

विनोद ढकाल, गोरखा 

हिजो विहीवार देशभर साउने सङ्क्रान्ति पर्व मनाइयो। सौर्यमान अनुसार सूर्य दक्षिणायनतिर सङ्क्रमण भई ठिक कर्कटरेखा माथि पुग्ने हुनाले यो दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ। यस पर्वमा कृषि प्रधान देश नेपालका मिहीनेती किसानहरू मानो रोपी मुरी उब्जाउने भन्ने कथन अनुसार असार महिनाभर गरेको खेतिपातीको काममा लाग्नेहुंदा यसबाट थकित किसानहरुले हिलो मैलो पखाली आफ्ना ईष्टमित्रहरुका साथ रमाईलोगरी भोज खाने र थकान मेट्ने प्रचलन रहेको छ।

असारे हिलोवाट आउनसक्ने रोगबाट जोगिन लुतो फाल्ने पर्वका रुपमा समेत यो दिनलाई मनाउने गरिन्छ। यस अन्तर्गत कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलहरु चढाएर कण्डारक नामक राक्षसको पुजा गर्नाले दाद, लुतो खटिराजस्ता चर्मरोगको प्रकोपबाट बच्न सकिन्छ भन्ने विश्वासका साथ सांझमा कुकुर डाईनो, काग भलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनि आदि औषधीजन्य वनस्पतिहरु जलाएर घर-घरका आंगनबाट चारै दिशामा फ्यांकिन्छ, यसैलाई नै तुतो फ्यांकेको भन्ने चलन छ। लुतो फ्यांक्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिकि कुट्ने तथा केहिवेरसम्म घरको ढोका बन्द गर्ने प्रचलन समेत रहिआएको छ।

यो पर्व मनाइनुको पछाडि वैज्ञानीक आधारहरू प्रशष्त भएपनि कारण र व्यवहारिकतावारे उचित ज्ञानको अभावमा पुरातन परम्परा धान्नकै लागी प्रयोग गरिदै आएको छ। समयसापेक्ष ढंगवाट व्याख्या गरि जनमानसमा यस पर्वको महत्व र आवश्यकतावारे प्रष्ट पार्ने कार्य नहुंदा आजभोली साउने सङ्क्रान्ति मनाउने प्रचलन र पद्धती केवल रूढिवादी परम्परामा मात्र खुम्चिन वाध्य भएको छ।

Advertisements
 
टिप्पणी छोड्नुहोस्

Posted by on जुलाई 17, 2009 in HOME

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: