RSS

गोर्खालीको हत्यारालाइ अदालत पठाईने

17 Jul

विनोद ढकाल

मनाङको नार हत्याकाण्डमा संलग्न भएको आरोप लागेका नार संरक्षण व्यावस्थापन समितिका अध्यक्ष फूर्पाढिले लामा, नार गाविसका पूर्व अध्यक्ष फूर्पारितार लामा, स्थानीय टसीलाक्पा लामा लगायत ३८ जना अभियुक्तलाई  जिल्ला प्रहरी कार्यालय मनाङले अदालत पठाउने तयारी गरेको छ ।

सो अभियोगमा पक्राउ परेका ७२ जनामध्ये अन्य ३४ जनालाई एक सातादेखि १० दिनसम्म नियन्त्रणमा लिएर अनुसन्धान गरि तारेखमा रिहा गरिएको छ । गत जेठ २७ गते गोरखा केरौंजाका सातजनालाई यार्सागुम्बा संकलनका क्रममा मनाङको नारस्थित लप्से लेकमा हत्या गरेको भन्दै प्रहरीले दुई चरणमा नार गाविसका वासिन्दालाई पक्राउ गरेको थियो ।

मनाङका प्रमुख जिल्ला अधिकारी रामराज सुवेदीले हत्यामा संलग्नहरुलाई जिल्ला अदालतले दोषी ठहर्‍याएपछि उनीहरुलाई मनाङमा नै राखिने जानकारी दिनुभएको छ । अभियुक्तहरुलाई राख्न माथिल्लो निकायमा अस्थायी कारागारको माग गरेको र सदरमुकाम चामेमा नै कोठा लिएर उनीहरुलाई राखिने प्रजिअ सुवेदीको भनाई छ ।

बहुमुल्य जडिवुटी यार्सागुम्बा संकलनका लागि मनाङको नार गाविसस्थित नम्क्याखर्कमा पुगेका गोरखा केरौंजाका पांचजनालाई नारका वासिन्दाले गत जेठ २७ गते हत्या गरेका थिए भने दुईजनाको ज्यान जोगाउने क्रममा भीरवाट खसेर मृत्यू भएको थियो ।

घरायसी प्रयोजनका लागि मात्रै भन्दै गतवर्षदेखि नारका वासिन्दाले आफ्नो लेकमा यार्सागुम्बा संकलनका लागि बाहिरी जिल्लाकालाई प्रवेशमा रोक लगाएका थिय । यार्सागुम्बा संकलनलाई व्यवस्थित र मर्यादित बनाउन भन्दै जिल्ला प्रशासन कार्यालयले भने २०६५ चैत्रको अन्तिम हप्ता एक्याप मार्फत सबै गाविसका संरक्षण समितिलाई पत्राचार गरेको थियो ।

प्रजिअ सुवेदीका अनुसार त्यसमा यार्सागुम्बा टिप्न जानेलाई परिचयपत्र दिइने, त्यस गतिविधिको अनुगमन गर्ने र यसबाट कसरी राजस्व उठाउने भनिएपनि छलफलका क्रममा चामे, पिसाङ र नाम्क्या खर्क संरक्षण समितिका पदाधिकारी बाहेक अन्य गाविसका संरक्षण समितिका पदाधिकारी उपस्थित नहुंदा उक्त घटना घटेको अनुमान गरिएको छ ।

 

यातायात व्यवसायीको चक्काजाम

चितवन

आफ्नो रुटमा नारायणी यातायात व्यवसायी समितिले मनलाग्दि गाडी हालेको भन्दै चितवन माईक्रोवस व्यवसायी समितिले आज नारायणगढमा चक्काजाम गरेको छ । चितवनमा छोटो दुरीको यातायात सञ्चालन गर्दै आएको चितवन माईक्रोवस व्यवसायी समितिले सहमति बिपरित आफ्नो रुटमा नारायणी यातायात व्यवसायी समितिले गाडी चलाउन शुरु गरेपछि आन्दोलनमा उत्रिएको जनाएको छ ।

छोटो दुरीमा नारायणी यातायात व्यवसायी समितिले गाडी हाले पछि प्रतिवाद गर्न खोज्दा उल्टै आफ्ना साथिहरु माथि दुव्र्यवहार गरेको आरोप समेत समितिले लगाएको छ । आकस्मिक रुपमा नारायणगढ बजारका विभिन्न स्थानमा गाडी रोकेर सडक अबरुद्ध पारेपछि यात्रुहरु अलपत्र परेका छन् ।  

 

अवरुद्ध सडक सञ्चालनमा

धादिङ

दुर्घटनामा परि दुई जनाको ज्यान गएपछि विहान १० वजेदेखि अवरुद्ध धादिङको नौविसे स्थित पृथ्वीराजमार्ग चारघण्टा पछि संचालनमा आएको छ । धादिङ जिल्लाको नौविसे गाविस १ मा पर्ने पृथ्वीराजमार्गको कर चौकी नजिकै आज विहान भएको सवारी दुर्घटनामा परि ६ वषिर्य एक स्कुले वालक र अर्कि एक महिलाको ज्यान गएको थियो ।

दुर्घटनामा ज्यान गुमाएकाहरुको परिवारलाई उचित क्षतिपुर्ति दिलाउन स्थानीय प्रशासन र प्रहरीले सहयोग गर्ने सहमति भएपछि विहान पौने १० वजेदेखि अवरुद्ध सडक दिउसो २.१५ वजेतिर संचालनमा आएको हो । 

नारायणगढवाट काठमाण्डौका लागि छुटेको ना २ ख २४३९ नम्वरको मालवाहक ट्रक  अनियन्त्रित भई सडकमै पल्टिंदा सडक छेउवाट विद्यालय जांदै गरेका  छ वषिर्य वालक कृस उप्रेतीको घटनास्थलमै ज्यान गएको थियो । सोहि ट्रकले लागेर लागेर घाइते भएकी ५५ वर्षिया श्रीमाया श्रेष्ठको उपचारका लागि काठमाण्डौ लैजादै गर्दा वाटैमा मृत्यु भएको थियो ।  दुर्घटनामा परि घाइते भएका दुई जनाको शिक्षण अस्पताल महाराजगन्ज काठमाण्डौमा उपचार भईरहेको छ ।  विहान पौने १० वजे तिर भएको सो दुर्घटनापछि  आक्रोशित स्थानीय वासीले दोषि माथि कारवाहीको माग राख्दै पृथ्वीराजमार्गको नौविसे गजुरी खण्ड अवरुद्ध पारेका थिए ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on जुलाई 17, 2009 in HOME

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: