RSS

जनमुक्ति सेना नेपाल, पाँचौं डिभिजन मुख्यालयको प्रेस विज्ञप्ती

17 Jul

                 जनमुक्ति सेना नेपाल

             पाँचौं डिभिजन मुख्यालय,

                      दहवन, रोल्पा

 

प्रेस विज्ञप्ती

 

आज मिति २०६६ साल श्रावण १ गतेका दिन विभिन्न सञ्चार माध्यमहरुमा जनमुक्ति सेना नेपाल, पाँचौं डिभिजनको वटालियन कमाण्डर शिशिरको नेतृत्वमा ३ जना कम्पनी कमाण्डर, ६ जना प्लाटुन कमाण्डर लगायत जनमुक्ति सेनाका ५० जना कमाण्डर र सदस्यहरुले विद्रोह गरी मातृका यादवको (माओवादी) समुहमा प्रवेश गरेको समाचार प्रसारण भएकोले हाम्रो गम्भिर ध्यान आकर्षण भएको छ ।

आज भन्दा २ महिना पहिले पाँचौं डिभिजन अन्र्तगत संक्राम सहायक शिविरवाट अनुशासनको कार्वाहीमा परी निश्कासन गरिएको प्लाटुन कमाण्डर ऋषिराम खड्का (निर्माण) वाहेक यस डिभिजनवाट कोही कसै कमाण्डर र सदस्यहरु कमरेडहरु नभागेको कुरा स्पष्ट पार्न चाहन्छु ।  र, यस डिभिजनमा शिशिर नाम गरेको वटालियन कमाण्डर नभएको साथै यु.एन.को प्रमाणिकरणमा पनि उपस्थित नभएको व्यहोरा अवगत गर्न चाहन्छु । त्यसैले त्यो भ्रामक समाचारको पछाडि नलाग्न सवैमा आग्रह गर्दछु ।

 

मितिः-२०६६/०४/०१

 …………….

क.अविनाश

डिभिजन सह-कमाण्डर

जनमुक्ति सेना नेपाल

पाँचौं डिभिजन मुख्यालय

 
2 टिप्पणीहरु

Posted by on जुलाई 17, 2009 in PRESS REALESE

 

2 responses to “जनमुक्ति सेना नेपाल, पाँचौं डिभिजन मुख्यालयको प्रेस विज्ञप्ती

  1. laxmiacharya

    जुलाई 17, 2009 at 7:36 बेलुका

    जे भो राम्रै भो, जे हुनेछ राम्रै हुनेछ ।

     
  2. GB

    जुलाई 22, 2009 at 11:15 बिहान

    दिमाग स्वखलित भए पछि यस्तै हुन्छ । तर बाठो रहेछ छिट्टै कमाण्डर बन्न सक्छ नन्द किशोर पुन भन्दा पनि ठुलो त्यसैले जानु भएको होला तर जान त जानु भयो र्फकने कसरी ?

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: