RSS

झलल विजुली वत्ती

17 Jul

विनोद ढकाल

लमजुङ / उत्तरी लमजुङको ताघ्रिङ गाउं विकास समितिका गाउंहरुमा विजुली बल्न सुरु भएको छ। अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने च्याम्चे, जगत, नासकुचे, पुरानो जगत, जिते लगायतका गाउंको दुईसय १२ घरधुरीमा विजुली बलेपछि स्थानीयवासी र पदमार्गमा आउने पर्यटकलाई सजिलो भएको छ।

क्षेत्रीय नवीकरणीय उर्जा सेवा केन्द्र, ग्रामीण शसक्तिकरण समाज दमौली, संसद् विकास कोष, तामाङ घेदुङ संघ र स्थानीय वासिन्दाको ६५ लाखको लागतमा २५ किलोवाटको कोयाप्रो लघु जलविद्युत आयोजनाको निर्माण भएपछि ती गाउंहरु झिलिमिली भएका हुन्।

गाउंमा विजुली बलेपछि स्थानीय वासिन्दाले कुखुरा पालन ब्यवसाय, धान कुट्ने मिल, पाउरोटी उद्योग संचालन गर्न थालेका कोयाप्रो हाईड्रो पावर प्रालिका अध्यक्ष गमबहादुर तामाङले जानकारी दिनुभयो। २०६० सालवाट शुरु गरिएको सो जलविद्युत आयोजना घट्टेखोला सामुदायिक लघु लजविद्युत आयोजनाको नाममा समुदायलाई हस्तान्तरण गरिएको छ।

प्राधिकरणमा तालाबन्दीले गाउं अन्धकार

लमजुङ

नेपाल विद्युत प्राधिकरणको ३३ केभीको राष्ट्रिय प्राशारण लाईन जडित लमजुङ उदीपुर सव स्टेशनमा स्थानीयवासिन्दाले तालाबन्दी गरेका छन् ।

प्राधिकरणमा गरिएको तालाबन्दीका कारण लमजुङका ३० र तनहुंका ४ गाविसमा विद्युत आपूर्ति बन्द भएको छ । विद्युत आपूर्ति बन्द भएपछि सरकारी तथा गैरसकारी निकायको कार्यालयमा काम हुन सकेको छैन भने जिल्लाको एकमात्र मर्स्याङ्दी एफएम नियमीत संचालन हुन सकेको छैन भने मोवाईल तथा टेलिफोन सेवा समेत बन्द हुने अवस्थामा पुगेको छ ।

स्थानीयवासिन्दाले मध्यमर्स्याङ्दी जलविद्युत परियोजनावाट उत्पादित विजुली लमजुङ जिल्लालाई सिधै आपूर्ति गरिनुपर्ने, नियमित विद्युत हुनुपर्ने र विद्युत क्षमता बढाउनुपर्ने माग गर्दै विद्युत प्राधिकरणमा तालाबन्दी गरेका हुन् ।

 

मञ्च बनाउन देउ

गोरखा

गोरखाको नारेश्वरमा रहेको बिन्धबासीनी उच्च माध्यामीक विद्यालय परीसरमा आˆनो पार्टीले शहीद स्मृती मञ्च निमार्ण गर्न लाग्दा बाधा पुर्‍याएको भन्दै यस घटनाप्रती एकीकृत नेकपा माओबादी गोरखाले आपत्ति जनाएको छ  ।

माओबादी गोरखाका सेक्रेटरी प्रकाशले आज एक विज्ञप्ती जारी गर्दै सोही विद्यालयका विद्याथी प्रकाश धितालको स्मृतीमा बनाउन लागीएको मञ्चमा बाधा नपुर्‍याउन सबैलाइ आग्रह गर्नुभएको छ ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on जुलाई 17, 2009 in HOME

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: