RSS

माओवादीलाई सरकारमा ल्याउनु जरुरी देख्दैछ भारत

17 Jul

नेपालमा आफु अनुकुलको कठपुतली सरकार निर्माण गरि विस्तारै नेपाललाई सिक्किमीकरण गर्ने अभियानमा लागेको भारत त्यतिवेला झसंग भयो जव भाकपा माओवादीले पश्चिम वंगाल लगायतका आफ्ना पकड ईलाकाहरुमा भीषण आक्रमण शुरु गर्‍यो । एउटै विचारवाट अभिप्रेरित रहदै आएका तथा युद्धकालमा आपसी सहकार्य समेत गरेका दुई माओवादी संगठनमध्ये नेकपा माओवादी नागरिक सर्वोच्चताको सवाल उठाउदै सत्तावाट पछि हटेर आन्दोलनमा उत्रनु तथा भारत विरोधी गतिविधीमा लाग्नु र भाकपा माओवादी सरकार विरुद्ध भीषण आक्रमणमा लाग्नुलाई भारतले संयोग मात्र मानेको छैन । काश्मिरमा भइरहेको युद्धभन्दा पनि जनसेनाको फौजी कारबाही खतरनाक भएको टिप्पणी सहित माओवादीलाई प्रतिवन्ध लगाई तत्काल अप्रेसन शुरु गरेपनि उसका वाह्य सहयोगका वाटाहरु नथुनेसम्म समस्याको समाधान हुंदैन भन्ने भारतले पनि वुझेको छ । दमनको उपायले कालान्तरमा समस्या सुल्झनु भन्दा वरु माओवादीलाई नै फाइदा पुग्नेपनि भारतीय विश्लेषकहरुको ठम्याई रहेको छ । यसैले भारत सरकारले यो उपायलाई दीर्घकालीन रुपमा लागू गर्नु उचित देखेको छैन ।

“फ्रि तिव्वत” आन्दोलनको अभियानमा अमेरिकासंग मिलेर नेपालको मुस्ताङ लगायतका क्षेत्रमा गतिवीधी वढाउंदै जांदा नेपालको मधेशमा पहुंच खोजेको चिनले यसैको “काउन्टर” स्वरुप भाकपा माओवादीलाई सहयोग गरिरहेको ठानेको भारतले नेकपा माओवादी सरकार वाहिर रहंदा यी दुई पक्ष ( भाकपा माओवादी र चिन ) विच पुलको भुमिका निभाएको आशंका समेत गरेको छ । यसैले नेकपा माओवादीलाई सरकार वाहिर राखेर साइजमा ल्याउने पुर्व योजना गलत भएको निष्कर्षमा भारत पुगेको छ । प्रतिपक्षी राजनितीमा माओवादीलाई धकेल्दा नै आफु गम्भिर सुरक्षा खतरामा परेको महशुश भएपछि भारत अव जसरि पनि माओवादीलाई सरकारमा ल्याउने उपायको खोजीमा लागेको देखिन्छ । वर्तमान कठपुतली सरकारलेपनि माओवादीलाई निष्प्रभावी वनाउन कुनै प्रभावकारि भुमीका निभाउन नसकेकाले माओवादीले भन्दै आएको नागरिक सर्वोच्चताको सम्वोधन र राष्ट्रिय सरकार गठन गरेरै भएपनि माओवादीलाई सरकारमा पुर्‍याउने चलखेलमा अहिले भारत लागेको वुझिएको छ । यसको पुर्व सूचना वर्तमान सरकारका डिजाईनर मध्ये एक तथा एमालेमा भारतभक्त भनि चिनीएका केपी ओलीलाई उनको पछिल्लो भारत भ्रमणमा दिईएको पनि वताईन्छ । यता सरकारलाई मान्यता दिएमा भारतको लोकतन्त्रप्रतिको प्रतिवद्धतामै प्रश्न उठ्न सक्ने भनी भारतीय एक पत्रीकामा छापीएको माओवादी वरिष्ठ नेता डा. वावुराम भट्टराईको अन्तर्वातापछि एक कदम पछि हटेको भारत तत्काल माओवादीलाई नचिढ्याउने वरु विस्तारै फकाएर सरकारमा पुर्‍याउने दाउमा लागेको छ । यसकै फलस्वरुप प्रधानमन्त्रीका रुपमा माधव नेपाललाई दिईएको भारत भ्रमणको निम्तोपनि पर सारिएको विश्लेषकहरुको ठहर रहेको छ ।

अहिले नेकपा माओवादी सरकारमा गएमा तत्काल तिनवटा फाईदा पुग्ने भारतीय पक्षको ठम्याई छ । पहिलो, अहिले नेकपा माओवादीले प्रमुखताका साथ उठाईरहेको राष्ट्रियताको मुद्दा तथा भारतीय हस्तक्षेपको कुराले अन्तर्राष्ट्रिय क्षेत्रवाट समेत दवाव श्रृजना भएकाले माओवादी सत्तामा गएमा भारत विरोधी आवाज क्रमशः मथ्थर हुंदै जानेछ र भारतको अन्तर्राष्ट्रिय साख गिर्न पाउदैन । दोश्रो, चिन र भारतीय माओवादीको सम्वन्ध वढिरहेको अवस्थामा नेकपा माओवादी सरकारमा आएमा उसमाथी त्यस्तो हुन नदिन नैतिक दवावमात्र पर्दैन, दुई माओवादी विचको दुरी वढाउन समेत सजिलो पर्नेछ, यसो भएमा भाकपा माओवादीले अहिलेजस्तो सरकारविरुद्धको आक्रमणलाई तिव्रता दिन सक्दैन । यहि अवधिमा सरकारी अप्रेशनलाई गति दिन सकेमा भाकपा माओवादी निष्प्रभावी हुंदै जानेछ । तेश्रो, नेकपा माओवादीभित्र अहिले तातो वहसमा आएको तत्काल जनविद्रोहमा जानुपर्ने भन्ने धारलाई प्रवल वनाउदै पार्टिभीत्रको आन्तरिक अन्तर्विरोधलाई चर्काउन तथा कार्यकर्ता पंक्तिमा निराशा जगाउन सजिलो पर्नेछ । यसो हुन सकेमा विस्तारै पार्टि फुट्ने या आन्तरिक रुपमा कमजोर हुनेछ भने भारतीय माओवादीमा समेत कमजोरीभाव, निराशा र निष्क्रियता आउनेछ ।

वर्तमान माकुने सरकारले पनि भारतीय सोच अनुरुप कार्य गर्न नसकेको वेला माओवादी प्रतिपक्षमै रहेमा अरु आन्दोलन चर्काउने र आन्तरिक शक्ति अरु सुदृढ वनाउने मात्र नभई माथीका कुनैपनि स्वार्थ पुरा नहुने भएकाले अन्य स्वार्थलाई तत्काल स्थगीत गरेरै भएपनि सर्वप्रथम माओवादीलाई सरकारमा पुर्‍याउनुपर्ने दवाव कुटनितीज्ञहरुवाट झेलिरहेको भारत सरकारलाई राजनैतीक विश्लेषकहरुले पनि यस्तै सुझाव दिईरहेको वुझिएको छ । यसैले अहिले भारत आफ्ना विभिन्न संयन्त्रहरु प्रयोग गर्दै माओवादीलाई फकाउन लागीपरेको वताईएको छ । यता नेकपा माओवादीलाई पनि वदलिंदो राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेशको विश्लेषण गरेर हेर्दा सरकारमा उपस्थिती जनाउनु अनिवार्य जस्तै भएको छ । यतिवेला माओवादी सहितको राष्ट्रिय सरकार वनाउनु पर्नेमा कांग्रेसले पनि सहमति जनाईसकेको वुझिएको छ । तर अव वन्ने सरकारको नेतृत्व कसले गर्ने र कस्तो प्रकृतिको सरकार गठन हुने भन्नेवारे कुनै ष्पष्ट खाका र सहमति वन्न नसकेकाले माधव नेपालको नेतृत्वमा रहेको यस सरकारको आयु लम्विएको वताइन्छ ।

नेपालमा सरकार वनाउन र ढलाउन विशेष भुमीका खेल्दै आएको भारत अहिले फेरि नयां सरकारको लागीपनि आफैं अघि सरेकाले अव वन्ने सरकारपनि कठपुतली नै हुन्छ या आत्मनिर्भर हुन्छ भन्नेवारे भने अन्यौल रहेको छ । सहमतिको सरकार भनिएपनि सवैलाई समेट्न संभव नहुने भएकाले त्यतिवेला वन्ने सरकारको विरोधीहरुले भारतले गर्ने यसप्रकारको सहयोगलाई कस्तो विश्लेषण गर्लान् त्यो पनि हेर्न वांकी नै  छ ।

 
14 टिप्पणीहरु

Posted by on जुलाई 17, 2009 in BLOG, NEWS

 

14 responses to “माओवादीलाई सरकारमा ल्याउनु जरुरी देख्दैछ भारत

  1. रातो गुलाव

    जुलाई 17, 2009 at 12:36 बेलुका

    सांच्चै हो र भनेको ? हेन होला

     
  2. अनीता घले

    जुलाई 17, 2009 at 12:39 बेलुका

    भारतको विश्लेषण सहि पनि हुन सक्छ, गलत पनि । तर जसरि पनि मावबादी सरकारमा जानु पर्यो ।

     
  3. राज कोहली

    जुलाई 17, 2009 at 12:41 बेलुका

    यता नेकपा माओवादीलाई पनि वदलिंदो राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेशको विश्लेषण गरेर हेर्दा सरकारमा उपस्थिती जनाउनु अनिवार्य जस्तै भएको छ । तर अव त्यसरि वन्ने सरकारपनि कठपुतली नै हुंदैन र ?

     
  4. sagar pundit

    जुलाई 17, 2009 at 12:46 बेलुका

    Yo maobaadi lai jasari pani sarkar ma jane niu chaiyeko Matra ho . Kun bahana banayera sarkar ma jau bhairako chha maobaadi lai.

     
  5. Sweety

    जुलाई 17, 2009 at 12:53 बेलुका

    India le matra haina Maobadi le pani Jasari pani Sarkar ma janu Jaruri Dekhdai chha. Aafu Sarkar ma gaye Nagarik Sarvochata, Aru Gaye Kathputali.

     
  6. जेपिटी गुरूङ

    जुलाई 17, 2009 at 7:32 बेलुका

    Haina India le Jaruri Dekheko ho ki Maoist le Jaruri Dekheko ho ? Maile ta kehi Kurai Bujhina.

     
  7. क्रेजी

    जुलाई 18, 2009 at 9:22 बिहान

    Haina yo india le Nepal ma kina Jaile Pani HastaKshep Garchha ? Nepal ma political Garna Yeslai Kasle Adhikar Diyeko ho ? Aba ta Birodh Garaun na Nepali ho !

     
  8. क्रेजी

    जुलाई 18, 2009 at 9:22 बिहान

    Haina yo india le Nepal ma kina Jaile Pani HastaKshep Garchha ? Nepal ma political Garna Yeslai Kasle Adhikar Diyeko ho ? Aba ta Birodh Garaun na Nepali ho !

     
  9. Dhoon

    जुलाई 18, 2009 at 7:04 बेलुका

    Ani Maoist ta UML kai sarkar ma jane re ta. Baburam Bhatarai le Makune lai bhetera testai kura gare bhanne sunna ma aayeko thyo.

     
  10. laxmi nakarmi

    जुलाई 21, 2009 at 4:50 बिहान

    Nepal nai bharat ko aghoshit pranta jasto bhae pachhi je sukai garos ke matlab ? janata karunda-karaunda thaki sake neta bharat ko dhoti samatdai thikka.Katti karaunu ho aba ta dikka lagisakyo.nepali neta ma hyau chhaina bharat ko birodh garera ke garne?Nepal ko neta laai nepal ma sarkar banauna bhatkauna bharat nai kina chahiyeko hola ?

     
  11. harka

    जुलाई 21, 2009 at 5:52 बिहान

    Maobadi Sarkaar ma Aaye pani Gaaarne Kehi Haina Khai K Khai K ………

     
  12. Rajesh

    जुलाई 22, 2009 at 5:16 बिहान

    Dhotile nepalilai sarai nai heppai dincha aba baru chaina sita samfharka garnu jaruri cha hai nepali daju bhai, didi bahinee haru………..

     
  13. chhetry.vishnu@leetrading.com

    जुलाई 22, 2009 at 1:09 बेलुका

    India le j Jaruri Dekhchha Tei Bhai raheko Bhayera nai Nepal ko Progress huna na sakeko ho .

     
  14. JyotiRlingam

    जुलाई 24, 2009 at 10:35 बेलुका

    Aba India le Hatiyar Diyera Maoist lai Siddhyaune Bahai sakyo Tapain haru Sarkarma Lyauchha Bhanne Bishleshan Garera Basnus.

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: