RSS

ट्राफिकको सक्रियतापछि राजस्व बढ्यो

18 जुलाई

विनोद ढकाल

गोरखा

जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले ट्राफिक नियम पालनामा कडाई गरेपछि नियम विपरीत सवारी साधन चलाउने सवारी धनी, चलाक र ब्यवस्थापक वाट यो वर्ष दुई लाख वरावरको राजश्व संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षमा ५ सय ५७ सवारी साधनलाई कारवाही गरी ५६ हजार तिन सय रुपैयां राजश्व संकलन गरेकोमा यस वर्ष कारबाही संख्या तेब्बर वृद्धि भइ १ लाख ६५ हजार ७५ रुपैयां राजश्व आम्दानी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यसवर्ष ५ सय ६१ वटा बस, मिनीबस र माइक्रोबसवाट ५९ हजार १ सय ७५ रुपैयां, ३ सय ९ वटा ट्रक र मिनी ट्रक वाट ३४ हजार ६ सय रुपैयां आम्दानी भएको छ । त्यसैगरी ३ सय २२ वटा जिप, कार र भ्यानवाट ३८ हजार २ सय पचास रुपैयां आम्दानी गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ । ट्राफिक प्रहरी कार्यालयले २ सय ३७ वटा मोटरसाइकल वाट २५ हजार चार सय रुपैयां र ७१ वटा ट्रयाक्टर वाट ७ हजार छ सय ५० रुपैयां राजश्व आम्दानी गरेको हो

यस वर्ष १ हजार पांच सय सवारी साधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयको कारवाहीमा परे भने २ हजार भन्दा वढी सवारी साधनलाई चेतावनी दिएर छाडीएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी सहायक निरीक्षक सुर्य वहादुर थापाले वताउनुभयो । गएको वर्ष कुल ४० दुर्घटना भएको र त्यसमा ६ पुरुष र २ जना महिला गरी ८ जनाको ज्यान गएको छ ।

सवारी साधन दुर्घटनामा गत वर्ष १५ जना पुरुष, १० जना महिला, ७ जना वालक र २ जना वालिका गरी ३४ जना सख्त घाइते भएका थिए भने ३१ पुरुष, २३ महिला, १९ वालक र ९ वालिका गरी ८२ जना सामान्य घाइते भएको समेत जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

विधवा विवाहमा अनुदान दिएकोमा आपत्ति

बागलुङ

विधवा विबाह गरेमा ५० हजार अनुदान दिने सरकारी घोषणा प्रति बागलुङका एकल महिलाहरुले आपत्ति जनाएका छन् । एक महिला समुह बागलुङले सो घोषणा प्रति आपत्ति जनाउंदै आज प्रमुख जिल्ला अधिकारी मार्फत अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन ।

मानव अधिकारको लागि महिला एकल महिला समूह बागलुङका अध्यक्ष कृष्णा घर्ति सहितको टोलीले  सरकारले विधवा महिलाहरु प्रति गरेको यो घोषणालाई तत्काल फिर्ता लिन माग गर्दै प्रमुख जिल्ला अधिकारी भरत पौडेल मार्फत  ज्ञापन पत्र अर्थमन्त्रीलाई बुझाएका छन् ।

ज्ञापन पत्रमा सामाजीक सुरक्षा अन्तर्गत एकल महिलाहरुलाई प्रदान गरिने मासिक भत्ता दिने गरेकोमा उमेरको हदवन्दी तत्काल खारेज गर्नुपर्ने, एकल महिलाहरुका छोराछोरीलाई उच्च शिक्षा निशुल्क व्यवस्था गर्नुपर्ने, परिचयपत्रको आधारमा यातायातमा विद्यार्थी सरह सहुलियत प्रदान गर्नुपर्ने, रासन कार्डको व्यवस्था गर्नुपर्ने, रोजगारमा आरक्षणको व्यवस्था हुनुपर्ने, श्रीमानको मृत्यूपछि सोही कार्यलयमा रोजगारी पाउनु पर्ने लगाएतका ६ बुंदे माग समावेश गरिएको छ ।

रक्सी खाएर श्रीमतीको हत्या

म्याग्दी

म्याग्दी जिल्लाको सिङ्गा गाविसमा एक महिलाको हत्या भएको छ । वडा नम्बर ६ निवासी ६५ वर्षीय भद्र केसीले आफ्नै ६० वर्षीया श्रीमति रैमति केसीको हत्या गरेका हुन । मदिरा सेवन गरी केसीले श्रीमतिको हत्या गरेको हुनसक्ने स्थानियवासीले बताएका छन् । घटनास्थल म्याग्दी सदरमुकाम बेनी बजार देखि आधा घण्टाको दुरीमा पर्छ ।

मृतकका श्रीमान अचेत अवस्थामा रहेकोले हत्याको ’boutमा थप जानकारी आउन नसकेको प्रहरीले जनाको छ । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरीको टोली घटनास्थल तर्फ गएको छ ।   

बागलुङको भिमापोखरा गाउं विकास समितिमा गठित लोकतान्त्रिक महिला समुहले गाउंमा रक्सी नियन्त्रण अभियान शुरु गरेको छ । महिला समुहको बैठकले रक्सी सेवनका कारण विभिन्न अमानविय र हिंसात्मक घटना बढेको भन्दै गाविसमा रक्सी नियन्त्रण अभियान शुरु गर्ने निर्णय गरेका हुन् ।

महिलाहरुले पहिलो पट्क रक्सी तथा नसालु पदार्थ विक्री गरेको पाएमा ५ सय रुपैंया र दोस्रो पटक तेस्रो पटक भेटिएमा क्रमशः १ हजार र २ हजार रुपियां जरिवाना लिने र रक्सी सेवन गर्नेलाई पहिला १ हजार र दोस्रो तेस्रो पटक देखि क्रमशः २ हजार, ३ हजार जरिवाना लिने निर्णय गरेका छन ।

उनीहरुले बाहिरबाट रक्सी खाएर निशेधित क्षेत्रमा प्रवेश गरे भने १ हजार जरिवाना तिराई कालो मसो दलेर गाउं घुमाउने निर्णय गरेको अध्यक्ष पार्वती निउरेले बताउनु भयो ।

कर्मचारीद्धारा काम ठप्प

गोरखा

नेपाल राष्ट्रिय कर्मचारी महासंघ गोरखाले आज जिल्लाभरको सबै सरकारी कार्यालयमा कामकाज ठप्प पारेको छ । सरकारले बजेट बक्तब्य मार्फत निजामति कर्मचारीहरुको तलब वृद्धि नगरेको विरोधमा महासंघले जिल्लाका सबै कार्यालयमा काम बन्द गरी जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ ।

महासंघको आन्दोलनका कारण जिल्लाका बिभिन्न ठाउंबाट सरकारी कार्यालयमा सेवा लिन आउनेहरु  अलपत्र परेका थिए । महसंघले हिजो ११ आफ्ना ११ सुत्रीय माग अर्थमन्त्री समक्ष पठाएको थियो । त्यसैगरी सरकारले तलब नबढाएको भन्दै आज नेपाल निजामति कर्मचारी युनियनले अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई एक रुपैयाँको नोट पठाएका छन् । सरकारलाई कर्मचारीको तलब भत्ता बढाउन सहयोग पुगोस् भनी राहत रकम पठाएको युनियनले जनाएको छ ।

Advertisements
 
टिप्पणी छोड्नुहोस्

Posted by on जुलाई 18, 2009 in HOME

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: