RSS

अयोग्य ठहरिएका लडाकुहरुद्वारा सुरक्षा निकायमै व्यवस्थापन गर्न माग

18 Jul

शान्ति तथा पुनर्निर्माण मन्त्रालयले अयोग्य लडाकुहरुको लागी प्रस्तुत गरेको ६ वटै विकल्प माओवादी जनमुक्ति सेनाका अयोग्य ठहरिएका लडाकुहरुले अस्वीकार गरेका छन । संयुक्त राष्टसंघिय मिसन अनमीनले अयोग्य ठहराएका माओबादी लडाकुहरुको पुनस्थापना प्रक्रिया अन्तर्गत हिजोबाट सरकारले सुरु गरेको छलफलमा नवलपरासीको हात्तिखोरस्थित चौथो डिभिजन व्रिगेडमा अनमिनले अयोग्य ठहर गरेका ५९ लडाकुले सरकारको प्रस्ताव अस्वीकार गरेका हुन् ।

सरकारले लडाकु समक्ष लघुउद्यम, शिक्षा, कृषी, व्यापार लगायतका रोजगार मुलक विकल्प प्रस्तुत गरको थियो । सरकार संगको छलफलका क्रममा उनीहरुले आफुहरु के कारणले अयोग्य ठहरिएको प्रस्ट पार्न माग गर्दै यदि आफुहरुलाई सुरक्षा निकाय भन्दा अन्यन्त्र व्यवस्थापन गर्न खोजीए अर्को विद्रोह गर्ने चेतावनी दिएका छन । साथै उनीहरुले सेनामा हुनु पर्ने योग्यता आफुहरुमा भएको दावी गरेका छन् ।

लडाकुहरुको जवाफमा शान्ति तथा पुनर्निर्माण मन्त्रालयका उपसचिव विष्णुहरी नेपालले उनीहरुको माग सरकार समक्ष पुर्‍याउने वताउनुभएको डिभिजन कमाण्डर युगान्तले जानकारी दिनुभयो । सहायक शिबिरमा शान्ती मन्त्रालय सहित अनमिन र सेना समायोजन बिषेश समिती प्रनिनिधि आउादा संचारकर्मीलाई भने शिबिरमा जान रोक लगाईएकेा थियो ।  नवलपरासीको प्रमुख र सहायक शिविरमा गरी जम्मा ४०० जना लडाकुलाई  अनमिनले अयोग्य ठहर गरेको छ ।  अनमिनले अयोग्य ठहर्याएका ४ हजार  जना माओवादी लडाकुलाई पुनर्स्थापन गर्ने कार्यक्रम अनुसार नवलपसारीको चौथो डिभिजन अन्तर्गत परिवर्तन स्मृती व्रिगेड हात्तिखोरबाट छलफल सुरु गरिएको हो । बिभिन्न ७ वटा मुख्य र २१ वटा शिविर मध्ये सबैभन्दा बढी अयोग्य सेना इलामको चुलाचुलीमा रहेको बताइएको छ । सबै शिवरहरूको निरीक्षणपछि कात्तिक १६ गते सम्म सबै अयोग्य ठहरिएका सेनालाई  शिविर बाहिर निकाल्ने सरकारले जनाएको छ ।

अयोग्य लडाकुलाई शिविर बाहिर लैजाने क्रम सुरु

जनमुक्ती सेना चौथो डिभिजन अन्तर्गत विभिन्न शिविरमा बस्दै आएका अयोग्य लडाकुहरुको अवस्था बुझ्न शान्ति तथा पुनर्निमाण मन्त्रालयका सहसचिव विष्णु नेपालको नेतृत्वमा रहेको अनमिन टोलीले शुक्रवार नवलपरासीका लडाकुहरुसंग अन्तरक्रिया गरेको छ ।

शिविरमा रहेका अयोग्य लडाकुहरुको सम्मानजनक पुनर्स्थापना गर्ने शान्ति मन्त्रालयको योजना अन्तर्गत  टोली पहिलो पटक नवलपरासीको हात्तिखोरमा रहेको परिवर्तन स्मृति विग्रेडमा पुगेको हो ।

टोलीमा शान्ति मन्त्रालयका उपसचिव गोविन्द खनाल, शालिकराम शर्मा, अन्मिन प्रतिनिधि र प्राविधिकहरु गरी १३ सदस्य रहेका छन् । टोलीले शिविरमा रहेर झण्डै अढाई घण्टा छलफल गरेपनि संचारकर्मीहरुलाई भने शिविर प्रबेशमा रोक लगाईएको थियो । छलफलमा टोलिले अयोग्य लडाकुहरुलाई कृषि, लघुउद्यम, शिक्षा क्षेत्रमा लाग्न आग्रह गरेको थियो ।

लडाकुहरुले भने आफुहरुलाई नेपालको  सुरक्षा निकायमै समायोजन गर्नु पर्ने माग राख्दै त्यसो नगरिए परिणाम गंम्भिर हुने चेतावनी दिएको डिभिजन स्रोतले बताएको छ । अयोग्य लडाकुहरुले आफुले पनि १० वर्ष अरु सरह लडाई लडेको बताउंदै अयोग्य प्रमाणित गर्न चुनौती समेत दिएका छन् । छलफल पछि टोली आजनै काठमाण्डौ फर्केको छ ।

२०६३ जेठ महिनामा अनमिनले गरेको सेना प्रमाणिकरणका बेला त्यहां सवै शिविरमा गरी ३ हजार ७८ योग्य र ५ सय १७ अयोग्य लडाकु रहेको नवलपरासी स्थित शिविर व्यवस्थापन समितिले जनाएको छ ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on जुलाई 18, 2009 in HOME

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: