RSS

सौराहामा होटलहरू बन्द, मजदुर मर्कामा

18 Jul

विनोद ढकाल

चितवन

होटलहरु बन्द भएपछि चितवन राष्ट्रिय निकुञ्जभित्र रहेका सातवटा होटलमा कार्यरत मजदुरहरु अलपत्र परेका छन् । सहमतिको अवधि सकिएपछि राष्ट्रिय निकुञ्जले ठाउं खाली गर्न दिएको आदेश अनुरुप विहीवारबाट होटलहरु बन्द गरिएका थिए । निकुञ्ज भित्र रहेका टाइगर टप्स, नारायणी सफारी, होटल आइल्याण्ड, चितवन जङ्गल लज, होटल टेम्पल टाइगर, होटल मचान, र गैंडा वाइल्ड लाइफ क्याम्प बिहीबारदेखि बन्द भएपछि त्यहाँ कार्यरत करिब एक हजार भन्दा बढी मजदुरहरुको बिचल्लि भएको छ । बन्द भएका प्रत्येक होटलमा एक सय भन्दा बढी मजदुरहरु कार्यरत थिए ।

२०५० सालमा १६ वर्षका लागि निकुञ्ज र व्यावसायीबीच भएको सहमतिमा हात्ति र सवारी सञ्चालनका साथै ६० बेडको होटल सञ्चालन गर्ने उल्लेख थियो । निकुञ्जभित्र होटल सञ्चालन गरेबापत् होटल व्यवसायीहरूले वार्षिक नौ करोड रुपैयां राजश्व तिर्दै आएका थिए । सुविधा सम्पन्न होटलहरु बन्द भएपछि पर्यटकीय नगरी सौराह पुगेका पर्यटकहरुले समेत गुनासो गरेका छन् ।

विजुली बलेपछि गाउंले खुशी

गोरखा

गोरखाको नाम्जुङ गाउं विकास समितिको चौताराडांडा, रिपथोक र खानीडाडांका वासिन्दाले पोल गाडेको २ वर्षपछि विजुली उपभोग गर्न पाएका छन् । मुख्य प्रशारण लाइन खरिद गर्न गाउं विकास समितिले सहयोग गरेपछि आफ्नै खर्चमा शाखा लाइन विस्तार गरी गाउंलेहरुले हिजोदेखि वत्ति वाल्न पाएका हुन् । गाउंमा पहिलोपटक विजुली बलेको खुशीयाली मनाएको स्थानिय शिक्षक खेमजंग थापाले जानकारी दिनुभएको छ ।

७ गाविसमा रेशम खेती

धादिङ

धादिङ जिल्लाको विभिन्न सात गाविसमा १४ वटा समूह मार्फत रेशमखेती विकास कार्यक्रम संचालन गरिने भएको छ । विकास अभियान (आइसिडिसी) द्वारा जापान अन्तर्रष्ट्रिय सहयोग नियोग जाइकाको सहयोगमा  रेशम खेती गरि आय आर्जन गर्न चाहने  १ सय ५२ परिवारमा सो कार्यक्रम संचालन गरिने आइसिडिसीका राधिका सापकोटाले जानकारी दिनुभयो ।

कार्यक्रम बैरेनी, नलाङ, सलाङ, कुम्पुर, साङकोष, मुरलीभञ्ज्याङ र भुमेस्थान गाविसमा सुरु गरिएको र १८ महिनासम्म संचालन गरिने जनाइएको छ । समुदायमा समुदाय परिचालन तथा प्राविधिक सहयोग, रेशम कोया, धागो उत्पादन र बजार प्रवर्धनमा समेत सहयोग गरिने जनाइएको छ । धादिङ जिल्लामा जाइकाको सहयोगमा विगत ३ वर्ष अगाडी देखि रेशम खेति शुरु भएको हो ।

सडक दुर्घटनामा दुइ घाइते

धादिङ

धादिङ जिल्लाको गजुरी गाविस २ मा पर्ने पृथ्वी राजमार्गको फुर्केखोला नजिकैवाट ट्रिपर त्रिशुली नदीमा खस्दा दुई जना घाइते भएका छन । मलेखुवाट काठमाण्डौका लागि छुटेको ना ३ ख २०२० नम्वरको ट्रिपर आज विहान पौने छ वजे सडकवाट अन्दाजि ४० फिट तल त्रिशुली नदीमा खस्दा ट्रिपरका चालक अर्जुन तामाङ र सहचालक निरज तामाङ गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । त्रिशुली नदीमा खसेको ट्रिपरको आधाभाग नदीमा डुविरहेको छ । घाइतेहरुलाई उपचारका लागि काठमाण्डौ लगिएको छ ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on जुलाई 18, 2009 in HOME

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: