RSS

गाउंलेको प्रयासमा निशुल्क स्वास्थ्य सेवा

19 Jul

विनोद ढकाल/रेडियो गोरखा

सरकारले निशुल्क स्वास्थ्य सेवा दिन सुरु गरिरहेका बेला गोरखाका मिरकोट गाउं विकास समिति वडा नंबर ९ अमराइका बासिन्दाहरु निशुल्क स्वास्थ्य सेवाका लागि जुटेका छन् । गाउंलाई रोगमुक्त बनाउने उद्देश्यले  स्थानियवासीले गाउंमा स्वास्थ्य ब्यबस्थापन समिति गठन गरी गाउंमा सरसफाइ अभियान सञ्चालन गरी बिरामीलाई निशुल्क स्वास्थ्य सेवाको ब्यबस्था मिलाएका छन् ।

सुरुमा शल्यक्रिया बाहेक सबै खाले रोगको उपचार गर्न समितिले खर्च उपलब्ध गराउने ब्यबस्थापन समितिका अध्यक्ष कृष्णबहादुर नेपालीले बताउनुभयो । शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि पनि ब्यक्तिगत खर्च नलगाई बैकल्पिक ब्यबस्था गरी उपचार गर्ने उहांले बताउनुभयो । 

गाउंबाट बेल्जियम गएर फर्केका तेजबहादुर नेपालीले स्वास्थ्य सेवाका लागि १० हजार रुपियांको कोष स्थापना गरिदिएपछि कोष बृद्धि गर्न गाउंलेले प्रतिब्यक्ति मासिक पांच रुपियां जम्मा गर्ने गरेका छन् । २५ घर र दुईसय जना बासिन्दा रहेको सो गाउंमा मासिक बचतबाट बार्षिक १२ हजार रुपियां जम्मा हुने र कोष बृद्धिका लागि देउसी भैलो लगायतका अन्य कार्यक्रमहरु पनि सञ्चालन गर्ने समितिका सदस्य बुद्धिबहादुर नेपालीले जानकारी दिनुभयो ।

एक बर्ष पुगेपछि सो कोषमा जम्मा भएजतिको रकम थप गरिदिने कोष स्थापनामा सहयोग पुर्‍याउनुभएका तेजबहादुर नेपालीले बताउनुभयो । उहांले सञ्चालन गरेको अनलाइन बिज्ञापनबाट प्राप्त रकम गाउंमा निशुल्क स्वास्थ्य सेवाका लागि खर्च गर्ने जानकारी दिनुभयो । ठूला शहरको पहुंचबाट टाढा रहेको अमराई गाउ सरकारी स्वास्थ्य संस्थाबाट पनि टाढा छ । गरीबीको रेखामुनि रहेको सो गाउंमा उपचार गर्न ब्यक्तिगत खर्च नलाग्ने भएपछि गाउंलेहरु खुशी भएका छन् ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on जुलाई 19, 2009 in HOME

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: