RSS

रबर उद्योगका मजदुरले तलब पाए

19 Jul

विनोद ढकाल/रेडियो गोरखा

गोरखाको एक मात्र ठुलो उद्योग गोरखकाली रबर उद्योगका मजदुरहरुले उद्योगबाट पाउन बांकी पैसा पाएका छन् । उद्योग ब्यवस्थापनले श्रोत अभावका कारण ४ महिनाको बढेको तलब नदिएपछि उद्योगमा क्रियाशिल अखिल नेपाल औद्योगिक मजदुर युनियन, नेपाल कारखाना श्रमिक संघ र नेपाल केमिकल तथा आइरन मजदुर युनियनले आन्दोलन गरेपछि ब्यवस्थापनले मजदुरहरुले पाउनुपर्ने सबै पैसा दिएको हो । तीनवटै मजदुर संगठनसंग सहमति भएबमोजिम उद्योग ब्यवस्थापनले साउन ५ गतेभित्र  दिनबांकी ८ हजार तलब उपलब्ध गराउने जनाएको थियो ।

सरकारले गतवर्ष वजेट बक्तब्यमार्फत सबै निजामति कर्मचारीहरुको तलब बढाउने निर्णय गरेपछि सरकारी सरह सेवा सुविधा पाउनुपर्ने माग गर्दै उद्योगमा कार्यरत मजदुरहरुले आन्दोलन गरेपछि ब्यवस्थापनले बढेको तलब सुविधा दिने निर्णय गरेको थियो ।

उद्योग ब्यवस्थापनले साउन ५ गते तलब दिने बताएपनि एकिकृत माओवादी निकट मजदुर संगठन अखिल नेपाल औद्योगिक मजदुर युनियनले उद्योगको काम ठप्प पारेको थियो ।

मजदुरहरुले उद्योगबाट लिन बांकी सबै पैसा पाएपनि काम सुचारु हुने नहुने भन्ने अन्यौल छ । एकिकृत माओवादी निकट मजदुरहरुले तलब सुविधा पाएपनि उद्योगको सल्लाहकार हरि काफ्लेलाई नहटाएसम्म काम ठप्प पार्ने बताउदै आएका छन् ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on जुलाई 19, 2009 in HOME

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: