RSS

दुर्लभ पंक्षी संरक्षणका लागी जनचेतना कार्यशाला

20 Jul

इटहरी ।

विश्वकै दुर्लभ प्रजातिको सूचीमा रहेको भुंडीफोर गरुड जातिको पंक्षी संरक्षणका लागि जनचेतना विस्तारका लागि सुनसरीको इटहरीमा एकदिने कार्यशाला सम्पन्न गरिएको छ ।

विश्व वन्यजन्तु संरक्षण कोषको आयोजनामा पूर्वी नेपालका सिमसारक्षेत्र तथा चारकोसे जङ्गलक्षेत्रका सामुदायिक वन उपभोक्ता समूह र त्यस आसपासका विद्यालयका विद्यार्थीहरूलाई भुंडीफोरको संरक्षण किन भन्ने विषयमा सचेत गराउनका लागि सो कार्यशालाको आयोजना गरिएको हो ।

भुंडीफोर पंक्षीका लागि महत्वपूर्ण वासस्थानको रूपमा रहेको सिमसारक्षेत्र तथा बच्चा कोरल्ने र गुंड लगाउने सिमल, करम र कदमका रूखहरू मासिएकाले यो पंछीको वासस्थानसमेत नष्ट भएकाले त्यसको कसरी संरक्षणमा लाग्ने भन्ने विषय आपसी सहकार्य बढाउनका लागि पनि कार्यशाला गर्नुपरेको विश्व वन्यजन्तु संरक्षण कोषले बताएको छ ।

हाल विश्वमा छ हजार ५०० देखि आठ हजारको सङ्ख्यामा रहेका भुंडीफोर अर्थात् हाडखोरा, गरुड वा टङ्टङेको नामले समेत परिचित यो प्रजातिको चराको संरक्षण जरुरी रहेकाले नै यसप्रति जनचेतना विस्तार गर्नु जरुरी रहेको कार्यशालामा स्पष्ट पारिएको छ ।

पूर्वी नेपालको सुनसरी र मोरङ जिल्लामा मुस्किलले २२० वटा भुंडीफोरको सङ्ख्या रहेको र यो नेपालमा ४०० को हाराहारीमा रहेको कोषका सहजकर्ता डा. भरतराज सुब्वाले तथ्याङ्क सार्वजनिक गर्नुहुंदै यसको संरक्षणमा अब स्थानीयवासी नै सक्रिय बन्नु पर्ने आवश्यकता सिर्जना भएको कुरामा जोड दिनुभयो ।

कार्यशालामा मोरङ जिल्लाका डांगीहाटक्षेत्रका वेतना सिमसार क्षेत्रअन्तर्गत रहेका सामुदायिक वन उपभोक्ता समूह तथा त्यस क्षेत्रका विद्यालयका बालबालिका र शिक्षकहरूको सहभागिता रहेको थियो ।

त्यसैगरी सुनसरीको इटहरी र हासपोसा क्षेत्रका सामुदायिक वन उपभोक्ता समूह र विद्यालयका विद्यार्थी र शिक्षकहरूको सहभागिता रहेको थियो ।

कार्यशालामा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी र शिक्षकहरूले भुंडीफोर पंक्षीको महत्वका बारेमा जानकारी पाएपछि त्यसको संरक्षणमा आफूहरूले भरमग्दुर प्रयास गर्ने र जङ्गलमा रहेका सिमल, करम र कदम जातका रूखहरू काट्ने वा मास्ने कार्यलाई कडारूपमा बन्देज लगाउने प्रतिबद्धता जाहेर गर्नुभएको छ । सो कार्यशालमा विश्व वन्यजन्तु संरक्षण कोषका सहजकर्ता शालिग्राम अधिकारीले मानव जीवनमा प्रत्यक्ष सम्बन्ध राख्ने दुर्लभ प्रजातिका जीवजन्तु तथा पंक्षी संरक्षणले मानव जीवन सुखमय हुने स्पष्ट पार्नुभएको थियो । कार्यक्रममा सहजकर्ता अधिकारीले सरकारले जनचेतना विस्तारका लागि स्कुलको पाठयपुस्तकमा पंक्षी संरक्षणका विषयमात्र राखेर नहुने भन्दै त्यसका लागि विद्यार्थी, शिक्षक र स्थानीय सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरूलाई स्थलगत भ्रमणसमेत गराउनु जरुरी रहेको स्पष्ट पार्नुभयो ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on जुलाई 20, 2009 in HOME

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: