RSS

राजस्व सङ्कलनमा दोब्बर वृद्धि

20 Jul

तनहुं  ।

जिल्ला ट्राफिक कार्यालय तनहुंले गतवर्षको तुलनामा यस वर्ष राजस्वमा दोब्बर वृद्धि गरेको छ ।

आ.व. ०६४-०६५ मा सवारी नियम उल्लङ्घन एवम् ट्राफिक नियम विपरित चलाइने चार हजार ११७ वटा सवारी साधनलाई कारवाही गर्दा रु. तीनलाख १७ हजार ४५० राजस्व सङ्कलन गरेको सो कार्यालयले ०६५-०६६ मा ७ हजार ७७३ सवारी साधनलाई कारवाही गर्दा रु. ६ लाख एकहजार ४५१ राजस्व सङ्कलन भएको ट्राफिक इन्चार्ज कमल गुरुङले बताउनुभयो ।

गुरुङले दुर्घटना न्यूनिकरण गराउनुको साथै ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई तीब्र रूपमा कारवाही गर्दा उक्त रकम सङ्कलन गर्न सकिएको बताउनुभयो ।

उहांका अनुसार सडक दुर्घटना न्यूनिकरण र राजस्व सङ्कलन गर्न क्षेत्रीय ट्राफिक कार्यालय बुटवलपछि तनहुं रहेको दावी छ ।

द्वन्द्व पिडित परिवारलाई रु. एक करोड ६५ लाख

दमौली  ।

एघार वर्षको सशस्त्रद्वन्द्वमा मारिएका तनहुंका १६५ जनाका परिवारलाई प्रति परिवार रु. एकलाखका दरले रु.एक करोड ६५ लाख वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष २०६५-०६६ मा ती परिवारलाई उक्त रकम वितरण गरिएको सो कार्यालयले जनाएको छ ।

त्यस्तै सशस्त्र द्वन्दको समयमा वेपत्ता पारिएका १६ जना व्यक्तिको नजिकका हकदारलाई प्रतिव्यक्ति रु. एक एक लाखका दरले रु. १६ लाख वितरण गरिएको बताइएको छ ।

सशस्त्र द्वन्द्वका समयमा तनहुंमा सुरक्षाकर्मी, माओवादी, सर्वसाधारण गरी १८६ जनाले ज्यान गुमाएका र २१ जना वेपत्ता भएको तथ्याङ्कमा छ ।

 दुग्ध उत्पादक संस्थालाई आठवटा चिलिङभ्याट वितरण

दमौली ।

जिल्ला पशुसेवा कार्यालय तनहुंले जिल्लाका ८ वटा दुग्ध उत्पादक सहकारी संस्थालाई आठ वटा चिलिङभ्याट वितरण गरेको छ ।

रु. १६ लाख मूल्य बराबरको उक्त चिलिङभ्याट वितरण गरिएको हो । चिलिङ्भ्याट वितरण गरिएका उक्त सहकारी संस्थानलाई लोडसेडिडबाट मुक्त राख्न रु. ४० हजार मूल्य बराबरको जेनेरेटर उपलब्ध गराउन पहल भईरहेको सो कार्यालयले जनाएको छ । उक्त चिलिङ्भ्याट वितरण गरिएपछि जिल्लाका १५ हजार कृषकहरू लाभान्वित भएको बताइएको छ ।

गाउंगाउंमा दूध चिलिङ्भ्याट केन्द्र राख्न पाएपछि कृषकहरू दुध सङ्कलन गरी बजारसम्म ल्याउन र विक्री गर्न सजिलो भएको तनहुं जिल्ला दूध उत्पादक सहकारी संस्थाका अध्यक्ष अमरबहादुर कुंवरले बताउनुभयो ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on जुलाई 20, 2009 in HOME

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: