RSS

वन कर्मचारीको मिलोमतोमा काठ तस्कर सक्रिय

20 Jul

चन्द्रनिगाहपुर – रौतहट ।

रौतहट जिल्लाको राष्ट्रिय वनबाट काठ तस्करहरूले लैजान तयार पारेर राखेको ठूलो परिमाणको बहुमूल्य जातको कांचो काठ सशस्त्र प्रहरीले बरामद गरेको छ ।

पूर्व-पश्चिम राजमार्गको लमाहा खोलानजिक ५० मिटरभित्र दक्षिणतर्फ १७ थान कांचो सालको गोलिया र ४ थान लोप हुन लागेको सत्तिसालको गोलिया तस्करहरूले लैजान तयार पारेर राखेको अवस्थामा सशस्त्र प्रहरीले फेलापारेको छ । बरामद गरिएको सो काठ करिब दुई हजार क्यूविक फिट बराबरको रहेको अनुमान गरिएको छ । काठ तस्करहरूले बन कर्मचारीहरूको मिलेमतो र सक्रियतामा रातारात कांचो काठको गोलियाहरू ट्रकमा हालेर स्थानीय चिरानमीलमा लैजाने गरेको स्थानीय बासिन्दाहरू बताउंछन् ।

बरामद गरिएको काठ इलाका वन कार्यालय, चोचाको सिमाना परेपनि बरामद काठको बारेमा आफूलाई केही थाहा नभएको इलाकाका वन अधिकृत प्रभुनाथ यादवले बताए । बरामद भएको काठ सिम्री रेन्जपोस्ट र धन्सर रेन्जपोस्ट कसले रेखदेख गर्ने भन्ने विषयमा वन कर्मचारीभित्रै विवाद भएको छ ।

धन्सर रेन्जपोस्टका रेन्जर मनोज साहले सिम्रीले हेर्ने गरेको बताएका छन् भने सिम्री रेन्जपोस्टका रेन्जर ओली महमाद रहिमले धन्सरले हेर्ने बताएका छन् । जिल्ला वन कार्यालय रौतहटमा जानकारीबिना नै रेन्जर ओली महमद रहिम र मनोज साह उपचार गराउन भन्दै शुक्रबार सांझ वीरगन्ज गएका छन् भने इलाका वन अधिकृत पनि शुक्रबार राति उपचार गराउन चितवन गएको बताएका छन् ।

काठ बरामद भएको खबर पाएपछि आफूहरू चोखिनका लागि तीनै जना जिल्लाबाहिर गएको एक वन कर्मचारीले जानकारी दिएका छन् । बरामद गरिएको काठको बारेमा आवश्यक अनुसन्धान भइरहेको निमित्त जिल्ला वन प्रमुख देवेन्द्र लालकर्णले बताएका छन् ।

जिल्ला वन कार्यलयले वन नियमावलीमा असारदेखि मङ्सिर महिनासम्म वनक्षेत्रमा काठ काट्ने औजार लिएर वनप्रवेश गर्न नपाउने प्रावधान राखे पनि चोरी कटान र दरियर बुर्ती (खोलाले बगाएको काठ) सङ्कलन गर्ने नाममा रूख काटिंदैआएको छ । केही विगत केही समयअघिदेखि धन्सर रेन्जपोस्ट अन्तर्गतको भोलनटार, चिसापानी लगायतको स्थानहरूमा व्यापकरूपमा सालको रूख काटी तस्करी भएको पाइएको छ ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on जुलाई 20, 2009 in HOME

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: