RSS

वालगृह शहरमा, बालबालिका सडकमा

20 Jul

काठमाडौं ।

नेपालमा सरकारी तथा गैरसरकारी क्षेत्रबाट अनाथ तथा परिवारविहीन बालबालिकाका लागि बालगृहको स्थापना गरिएको भए पनि धेरै बालबालिका सडकमै बस्न बाध्य छन् ।

सरकारले अनाथ तथा द्वन्द्व प्रभावित बालबालिकाका लागि मुलुकका चार जिल्लामा बालगृहको स्थापना गरेको छ । ती बालगृहहरू विराटनगर, राजविराज, वीरगन्ज र बुटवलमा रहेका छन् । ति प्रत्येक बालगृहमा ३५ देखि ४० बालबालिका रहेको र बालबालिकाको स्याहारका लागि पांच कर्मचारीको व्यवस्था गरिएको महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले जनायो ।

त्यसैगरी, सरकारको आर्थिक सहयोग तथा स्थानीय संस्थाहरूको व्यवस्थापनमा धनगढीमा बालगृहको स्थापना गरिएको छ । सो गृहमा अनाथ द्वन्द्व प्रभावित तथा गरिब परिवार गरी करिब ४० बालबालिकालाई आश्रय दिइएको छ । यद्यपी यी बालगृहमा संरक्षित भएका भन्दा धेरै बालबालिका सडकमै छन् । बालबालिकाका क्षेत्रमा कार्यरत सिविनका अनुसार राजधानीका सडकमा प्रत्येक वर्ष ५०० बालबालिका आउनेगरेका छन् ।

यसो त बालबालिका क्षेत्रमा काम गर्ने भनेर दर्ता गरिएका संस्थाहरूले पनि सोअनुरूप काम गर्ने गरेका छैनन् । समाज कल्याण परिषद्ले बालबालिकाका क्षेत्रमा काम गर्न भनी परिषद्मा दर्ता भएका ७७५ संस्थाहरूमध्ये करिब ११६ वटाले मात्रै निरन्तररूपमा काम गरिरहेको जानकारी गरायो ।

मुलुकभर सञ्चालनमा आएका बालबालिकाका क्षेत्रमा काम गर्ने ११६ संस्थाले करिब तीन हजार ६३७ जना बालबालिकालाई आश्रय दिइरहेका छन् । समाज कल्याण परिषद्ले दिएको जानकारीअनुसार ती संस्थाहरूले सञ्चालन गरेका बालगृहहरूमा एक हजार ६०४ बालिकासहित तीन हजार ६३७ जना बालबालिका आश्रीत छन् ।

यी बालबालिकाका क्षेत्रमा कार्यरत संस्थाहरूमध्ये आधाभन्दा बढी उपत्यकामै काम गर्छन् र उपत्यकामै आएका बालबालिकाहरूलाई आश्रय दिइरहेका छन्। यी संस्थाहरूमध्ये सबैभन्दा बढी बालबालिकाहरूलाई माइती नेपालले संरक्षण गरेको छ । यसरी बालगृह सञ्चालन गर्ने संस्थाहरू सबैभन्दा बढी उपत्यकाका भए पनि बांके, दाङ, सुनसरी, कैलाली, हुम्ला, रौतहट, चितवन, कास्की र रूपन्देही जिल्लामा पनि केही सङ्ख्यामा बालगृह सञ्चालनमा आएको बताइएको छ ।

 
१ टिप्पणी

Posted by on जुलाई 20, 2009 in HOME

 

One response to “वालगृह शहरमा, बालबालिका सडकमा

  1. क्रेजी

    जुलाई 21, 2009 at 5:54 बिहान

    Yestai Rahechha…… Yehan ko chalan ………..

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: