RSS

रेडियो गोरखा तेश्रो वर्षमा

21 Jul

विनोद ढकाल / रेडियो गोरखाshubhakamana

सोमवारदेखि रेडियो गोरखा ९२.८ मेघाहर्ज आफ्नो स्थापनाको दोश्रो वर्ष पुरा गरी तेश्रो वर्षमा प्रवेश गरेको छ । गोरखा विकास तथा सञ्चार केन्द्रद्धारा सञ्चालित सामुदायिक रेडियोले २०६४ सालको आजकै दिन साउन ५ गतेदेखि परीक्षण प्रशारण सुरु गरेको थियो । गोरखा र यस आसपासका २० भन्दा वढी जिल्लाका श्रोताहरुको सूचनाको हक संरक्षण गर्न यो रेडियोले आफ्नो १७ घण्टा १५ मिनेट प्रशारण अबधिमा शिक्षामुलक, सूचनामुलक, मनोरञ्जनात्मक र अभिप्रेरणा जगाउने खालका सामाग्रीहरु प्रशारण गरिराखेको छ ।

दुर्घटनाको तत्काल जानकारी र त्यस्ता घटनाको छिटो समाचार संप्रेषण गर्न रेडियोले विशेष समाचार वुलेटिन पनि प्रशारण गर्दै आइरहेको छ । जनचासोका विषयहरुमा बढी जानकारी गराउन रेडियोले समाचारमा प्रत्यक्ष कुराकानीलाई पनि महत्व दिएको छ । धार्मिक चाडपर्व तथा जनचासोका उत्सवहरु हुंदा रेडियोले प्रत्यक्ष प्रशारण पनि गर्दै आइरहेको छ । हरेक दिन स्थानिय तथा राष्ट्रिय विषयमा जनवोली मार्फत नागरिकले आफ्ना अभिमत राख्न पाउने ब्यवस्था समेत रेडियोमा छ । जसले नीति निर्मातालाई घचघच्याउनेदेखि कुनै महत्वपुर्ण निर्णयमा नागरिकको स्पष्ट निर्णय सार्वजनिक गरिराखेको छ । रेडियोले बिभिन्न चाडवाड, दिबश आदि राष्ट्रिय महत्वका विषयमा विशेष कार्यक्रम समेत गरेको छ ।

सूचनामुलक कार्यक्रमबाट ज्ञानगुनका कुरा पाउनुका साथै रेडियोलाई समुदाय र समुदायलाई रेडियोसंग नजिक बनाएको छ । रेडियोबाट प्रशारित मनोरञ्जनात्मक र सूचनामुलक कार्यक्रमले समुदायलाई रेडियोसंग नजिक बनाएको अनुभव भएको छ । रेडियोमार्फत प्रशारित कार्यक्रमबाट पुराना श्रष्टाको सम्मान र नयां श्रष्टालाई प्रोत्साहन दिन पनि रेडियो सफल भएको छ । मनोरञ्जनात्मक कार्यक्रमहरुबाट स्वस्थ मनोरञ्जन पाउनुका साथै श्रोताहरुलाई मनोरञ्जन क्षेत्रमा भइराखेका ताजा जानकारी पनि संप्रेषण गर्न सफल भएको छ ।

रेडियोले साहित्यिक कार्यक्रमलाई पनि महत्वका साथ प्रशारण गर्दै आएको छ । श्रष्टा र सिर्जनाको सम्मान गर्दै साहित्यिक कार्यक्रम मार्फत गीत, गजल, कविता, कथा लगायतका विधामार्फत नव आगन्तुक सर्जकलाई प्रेरणा र पुराना श्रष्टाको सम्मान पनि गर्न सफल भएको छ । सेवा प्रदायक स्थानिय निकाय र सेवाग्राही विचको पुलको रुपमा रेडियो गोरखाले कार्यक्रमहरु प्रशारण गर्दै आएको छ । रेडियोले स्थानिय निकायसंगको साझेदारीमा पनि बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

शासन ब्याक्तिको होइन विधिको हुनुपर्छ भन्नेमा रेडियो गोरखा दृढ छ । सुरक्षा क्षेत्र सुधार र यसै क्षेत्रसंग संबन्धित रहेर गरिएको छलफलले जिल्लामा विधिको शासन कायम राख्न केही मात्रामा भएपनि टेवा पुर्‍याएको छ । समसामयिक विषयमा स्थानिय तथा राष्ट्रिय ब्यक्तित्वसंगको कुराकानीले पनि श्रोताहरुलाई सामयिक विषयमा जानकारी गराइराखेको छ । विज्ञसंगको सुझाव र साधारण नागरिकको अनुभुति रेडियोको मुख्य सामाग्री बन्ने गरेको छ । हाल रेडियो गोरखाले विहान ५ वजेदेखि राती सवा १० वजेसम्म प्रशारण गर्दै आएको छ ।        

तेस्रो वर्ष प्रवेशकै अवसरमा रेडियोका स्टेशन मेनेजर किशोरजङ्ग थापाले २ वर्षे प्रशारण यात्रामा सहयोग पुर्‍याउने सम्पूर्ण श्रोता, सरकारी तथा गैह्र सरकारी संस्थाहरु, राजनीतिक दल, छिमेकी जिल्लाका सहयोगी पत्रकार, शुभचिन्तक तथा विज्ञापनदाताहरुमा धन्यवाद सहित आगामी दिनमा समुदायका अनुसार कार्यक्रमहरुलाई अझै परिस्कृत र परिमार्जित गर्दै लगिने बताउनुभएको छ ।

 
१ टिप्पणी

Posted by on जुलाई 21, 2009 in HOME

 

One response to “रेडियो गोरखा तेश्रो वर्षमा

  1. indra

    अक्टोबर 5, 2009 at 3:58 बेलुका

    hello can recve the benodh dhakal email id please

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: