RSS

“महाराज”को मन्त्रणा र महारथीको “महावाणी”

21 Jul

Army Circularयुगौंदेखी जरो गाडेर जनताको शोषण गरि मोटाईरहेको सामन्ती राजतन्त्रलाई घोक्रेठ्याक लगाएर मुलुकलाई संघिय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तर गर्न नेपाली जनताले निकै रगत वहाए । हजारौं जनताको संघर्षपुर्ण वलिदानीपछि राजतन्त्रले तत्कालका लागी सत्ता छाड्न वाध्य भएपनि मुलुकवाट शाही परम्पराको धङधङी भने अझै हट्न सकेको छैन । गणतन्त्र स्थापना पश्चात मुलुकभरिवाट जनतालाई निरन्तर दासताको जञ्जीरले वांध्न खोज्ने राजशाही अवशेष हटाउने निर्णयपनि गरियो । तर परापुर्वदेखि नै राजतन्त्रको सेवा गर्दै आएको र निरंकुशताको तलुवा चाट्नुलाई नै आफ्नो अहोभाग्य ठान्ने कथित संभ्रान्त वर्गहरुले यस परिवर्तनलाई कहिल्यै आत्मसाथ गर्न सकेनन् ।  त्यसैले व्यवस्था परिवर्तन गरिएको भनिएपनि त्यसको वास्तविक रुप जनताले अहिलेसम्म देख्न पाएका छैनन् ।

यस्तै समय अनुसार परिवर्तन गर्न नसकिएको यौटा संस्था तात्कालीन शाही नेपाली सेना हो।  राजतन्त्रको आवरण झल्काउने “शाही” शव्द हटाई “नेपाली सेना” नाम लिएपनि राजतन्त्रप्रति निरन्तर वफादार रहंदै आएका केहि उच्च पदस्थ जर्नेलहरुमा रहेको “शाहीभक्ति”का कारण यस संस्थामा राजतन्त्रको परम्परालाई अझसम्म जिवितै राखिएको छ । यसैको पछिल्लो कडिका रुपमा आएको छ महारथीको “महावाणी” प्रकरण । व्यारेक व्यारेकमा राजारानीको फोटो टांस्ने, “महावाणी” भन्दै जथाभावी भित्तामा रंग पोत्ने जस्ता कामहरु गणतन्त्र आएपछि वन्द गरिएकोमा ”नेपाली सेना सम्पूर्ण नेपाली जनताको साझा शक्ति र सम्पत्ति हो”  भन्ने भनाईलाइ अव महारथी कटवालका “महावाणी”का रुपमा पोतिने भएको छ । कटवालको भनाइ र गराइविच तालमेल नमिलेपनि जनतालाई देखाउनकै लागी भएपनि यो राखीने भएको हो ।

पहिले जहांनिया राणाकालमा जंगी सेनाका कम्याण्डर ईन चिफ श्री ३ हुन्थे, राजा एउटा खोपीमा रहन्थे भने मुलुकको संपुर्ण अह्रन खटन श्री ३ कै मातहतमा रहन्थ्यो  । अहिलेपनि त्यहि ईतिहास दोहोर्‍याउने प्रयास भईरहेको छ । तात्कालीन राजा महेन्द्रको निगाहा वक्स भएर ओखलढुंगावाट दरवार छिर्न पाएको धने कट्टुवाल संग अहिले रुक्माङ्गद कटवाल नामको जङ्गी पहिचान वनेको छ । शाहीकालमा राजाको समर्थनमा अंग्रेजीमा लेख लेखेर चर्चित भएका यिनी सेनाको महारथी भएदेखी नै मुलुकको परिवर्तित परिस्थीतीलाई आत्मसाथ गर्न नसक्दा निरन्तर कुनै न कुनै विवादमा आइरहेका छन् । दरवारको ठाडो तोक आदेशमा उमेर घटाएर सेनापति वनेको विषय होस या वृहद शान्ति संझौता र संयुक्त राष्ट्रसंघिय मिसन (अनमीन) को समेत अवज्ञा गर्दै सेनामा नयां भर्ना गरेको विषय होस, सेनाको व्यारेक व्यारेकमा राजनैतिक भाषण गर्दै हिंडेको विषयदेखी “डेट एक्स्पाएर” जर्नेलहरुको म्याद थपेको विषयसम्म जननिर्वाचीत सरकारलाई रौं वरावरपनि नगनी उनले शाह शैलीमै गरेका हरेक निर्णयहरुवाटै थाहा हुन्छ उनि अहिले आफुलाई अघोषित श्री ३ कै रुपमा प्रस्तुत गरिरहेका छन् । नेपाली जनताले प्रत्यक्ष देखिएका श्री ५ त हटाए तर यो श्री ३ भने अघोषित रुपमा रहेकाले अहिलेको संक्रमणकाल लम्व्याउन र जनअधिकारमाथी धावा वोल्न निरन्तर सक्रिय रहंदै आयो ।

मुलुकमा गणतन्त्र स्थापना पश्चात शान्तिप्रकृया शुरु भएपनि जनताको वलमा वनेको सरकारलाइ अश्विकार गरि जनतावाट मिल्कीएका “महाराज” कै मन्त्रणा अनुरुप चलेर यि “महारथी”ले नेपाली जनताप्रति जुन निरंकुशताको रथ दौडाईरहेका छन्, त्यो जनताको परिवर्तनप्रतिको चाहना विरुद्धको गद्दारि हो, यो किमार्थ क्षमायोग्य छैन । तर वर्तमान परिप्रेक्ष्यमा ‘न्याउरिको डरले सर्पको दुलोमा पसेको भ्यागुतो’ जस्ता दलहरुले  माओवादीको डरले कटवालकै सैन्यवादभित्र छिरेर श्री ३ को शाषन व्युंताउन गरिरहेको कसरत अझै वढी कसुरदार ठहर्छ । अहिले न्याउरी देखेर सर्पको रक्षाकवच वन्न पुगेका भ्यागुताहरुले सर्पको अघि नपरेसम्म चेत्ने छैनन् तर त्यतिवेला सम्म उनिहरुको अन्त्य निश्चित भइसकेको हुनेछ । अहिले महारथीलाइ “महाराज”को पनि यहि मन्त्रणा रहेको वुझिएको छ ।      

 
6 टिप्पणीहरु

Posted by on जुलाई 21, 2009 in BLOG, NEWS

 

6 responses to ““महाराज”को मन्त्रणा र महारथीको “महावाणी”

  1. चारू घले

    जुलाई 21, 2009 at 5:41 बिहान

    J hos Maharajaa ko Mantrana ko concept chahin Dami Lagyo.

     
  2. Sweety

    जुलाई 21, 2009 at 5:44 बिहान

    sachhai Kataawal Nepal ka Aghosit Shree 3 Nai hun. Yin kai Rahechha Din Bhaneko.

     
  3. Vikey

    जुलाई 21, 2009 at 5:45 बिहान

    न्याउरिको डरले सर्पको दुलोमा पसेको भ्यागुतो’ जस्ता दलहरुले माओवादीको डरले कटवालकै सैन्यवादभित्र छिरेर श्री ३ को शाषन व्युंताउन गरिरहेको कसरत अझै वढी कसुरदार ठहर्छ ।

     
  4. जस्मीना

    जुलाई 21, 2009 at 10:01 बिहान

    नेपाली जनताले प्रत्यक्ष देखिएका श्री ५ त हटाए तर यो श्री ३ भने अघोषित रुपमा रहेकाले अहिलेको संक्रमणकाल लम्व्याउन र जनअधिकारमाथी धावा वोल्न निरन्तर सक्रिय रहंदै आयो ।
    UML ra NC le Yeslai kandh ma bokera hidyo Tesaile YO aile Baliyo Bhanera Baseko chha.

     
  5. मुखिया कान्छो

    जुलाई 22, 2009 at 1:13 बेलुका

    Yo Katawal lai Uchalne nai Giriza ho. Yo Budo namare samma Desko Samasya Samadhan Garna Garai chha.

     
  6. Abiral

    मार्च 11, 2010 at 10:49 बिहान

    कटवालको बोलि अचेल झनै नाङ्गो रुपमा परिवर्तनको घोर बिरोधि बनेर आउन थालेको छ भने ‘न्याउरिको डरले सर्पको दुलोमा पसेको भ्यागुतो’ जस्ता दलहरु माओवादीको डरले कटवालकै सैन्यवादभित्र छिरेर झन् आफ्नो काल निम्त्याई रहेका छन् एस अर्थमा यस लेखको सार्थकता झनै समय सापेक्ष्य ठहरियको छ ।

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: