RSS

नाकावन्द हुंदा जनजिवन कष्टकर

22 Jul

विनोद ढकाल / रेडियो गोरखा

स्वाईन फ्लुको आशंकामा सरकारले उपल्लो मुस्ताङ र तिब्बत जोड्ने नाका बन्द गरेपछि उपल्लो मुस्ताङको जनजीवन कष्टकर भएको छ । 

तिव्वत तर्फको कोरला नाका बन्द गरिएपछि उपल्लो मुस्ताङको छोसेर, छोन्हुप, चराङ, सुर्खाङ, लोमान्थाङ र घमी गाविसका गाउंलेहरुको जनजिवन कष्टकर बन्दैगएको हो ।

चीनमा देखापरेको स्वाइन फ्लु मुस्ताङ भित्रिने आसंकामा विगत एक महिनादेखि तिब्बतको धोब्वा र मुस्ताङ प्रशासनले नाका बन्द गरेपछि उपल्लो मुस्ताङका ६ गाविसका नागरिकहरु दैनिक उपभोग्य सामानहरु खरिद गर्नका लागि चारपांच दिनको पैदल यात्रा गरेर जोमसोम आउनुपर्ने बाध्यता छ ।

यता मुस्ताङका प्रमुख जिल्ला अधिकारी सुन्दरराज अर्यालले भने तिब्बतबाट स्वाईन फ्लु मुस्ताङ भित्रिन नदिनका लागि नाका बन्द गरिएको र पछिल्लो पटक चीनमा अमेरिकी र बेलायती विद्यार्थीहरूमा समेत स्वाईन फ्लुको लक्षण देखापरेपछि सिमा नाकामा उच्च सतर्कता अपनाईएको बताउनुभयो ।

पदयात्रा मार्ग अवरुद्ध

लमजुङ

लमजुङको उत्तरी क्षेत्रमा एकसातादेखि परेको अविरल वर्षाले अन्नपूर्ण पदयात्रा मार्ग अवरुद्ध भएको छ । वेसीशहर-भुलभुले सडक खण्ड अन्तरगत चण्डीस्थान गाउं विकास समितिको विभिन्न ठाउंमा पहिरो जांदा करीब ३० किलोमीटरको यातायात सेवा बन्द भएको छ । ढुवानीको एकमात्र साधन खच्चड पनि हिंड्न नसक्दा ढुवानी हुन सकेको छैन । त्यस्तै, ताघ्रिङ र खुदी गाविसमा पर्ने विभिन्न ठाउंमा पहिरोले सडक र गोरेटो बाटो वगाएपछि अन्नपूर्ण पदमार्गका लागि हिंडेका पर्यटकपनि विचबाटोमा नै अलपत्र परेका छन् ।

गोरखामा ट्राफिक नियम पालना अभियान

गोरखा

गोरखामा सवारी नियम कडा बनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालयले यातायात ब्यवसायी र मजदुरहरुको सहयोगमा सवारी नियम पालना अभियान सञ्चालन गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी, गोरखा यातायात ब्यवसायी समिति, अखिल नेपाल यातायात मजदुर संघको संयुक्त टोलीले मंगलवार सुरु गरेको अभियानमा ४ हजार २ सय रुपियां राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ । सदरमुकामका विभीन्न ठांउमा बसेर ट्राफिक नियम पालना नगर्ने सवारी साधनलाई कारबाही गर्दा मोटरसाइकल चालकहरुले कागजात नलिने, हेलमेट नलगाउने, र तीन जना राखेर हिड्ने जस्ता नियम उलंघनका घटना भेटिएको प्रहरी निरीक्षक गोविन्द कार्कीले जानकारी दिनुभएको छ । प्रहरीले मंगलवार कुनैपनि यात्रुवाहक वसले छतमा यात्रु नराखेको प्रहरीले जनाएको छ ।

ट्राफिक नियमलाई कडाई गर्न ट्राफिक प्रहरीलाई सहयोग पुर्‍याउन यातायात मजदुरहरुलाई पनि संयुक्त टोलीमा खटाउने मजदुर संघका इश्वर केसीले बताउनुभयो । अभियान अन्तर्गत छतमा यात्रा गराउने र गर्ने दुबैलाई कारबाही शुरु गर्ने, ठुलो हर्न बजाउने, हेलमेट नलगाउने लगाउतका नियम पालना नगर्नेलाई कारबाही हुने प्रहरीले जनाएको छ ।

संविधान निर्माणमा सचेतना अभियान

गोरखा

संविधान सभाका सभासद्हरु संविधानको प्रारम्भिक मस्यौदा लिएर नागरिकको घरदैलोमा आउने वेला हुनै लाग्दा नागरिकलाई सुसुचित गर्न गैह्र सरकारी संस्था महासंघ गोरखाले नयां संविधान निर्माणमा नागरिकको सुझाव समावेश भए नभएको पहिचान गर्न सञ्चालन गरेको जिल्ला स्तरिय तालिम आज सम्पन्न गरेको छ । नयां संविधानको मस्यौदा लिएर सभासद्हरु नागरिक समक्ष आउंदा नागरिकको सवाल समावेश छ की छैन भनी सहजीकरण गर्न लोकतन्त्र, संघीयता र समावेशीकरण संबन्धी जिल्ला स्तरिय तालिम सञ्चालन गरेको महासंघले जनाएको छ ।

महासंघले जिल्लाका बिभिन्न संघ सस्थाहरुको सञ्जालीकरण गर्ने र सञ्जालमार्फत संविधानको प्रारम्भिक मस्यौदामा नागरिकको सुझाव समावेश भएको छ की छैन भनी स्थानियस्तरमा नागरिकलाई सचेत बनाउन तालिम सञ्चालन गरेको उपाध्यक्ष काजीराम रोकाले जानकारी दिनुभएको छ । तालिमपछि गैसस महासंघले बिभिन्न संस्थाहरुको सहयोगमा सञ्जाल निर्माण गर्ने र सञ्जालमार्फत स्थानियस्तरमा जाने उहांले बताउनुभयो ।

तालिममा जिल्ला स्थित ३ राजनीतिक दलका प्रतिनिधिहरु, सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल पत्रकार महासंघ, मानव अधिकार सञ्जाल, आदिवासी जनजाति महासंघका प्रतिनिधिहरु सहभागी छन् । तालिममा लोकतन्त्र, समावेशिकरण, संघीयता र सञ्जालीकरण विषयमा भीमलाल श्रेष्ठ, काजीराम रोका, विमला खनाल, कल्पना नेपाली लगायतले सहजीकरण गर्नुभएको थियो । 

तालिमको आज आयोजित समापन समारोहमा प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद ओली, गैसस महासंघ पश्चिमाञ्चल क्षेत्रीय सचिव सम्झना देवकोटा, महासंघका पश्चिमाञ्चल श्रोत केन्द्रका इन्चार्ज लक्ष्मण गिरी, तालिमका सहभागीहरु कमलप्रसाद लामिछाने, शिरमाया बराम लगायतले मन्तब्य राख्नुभएको थियो ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on जुलाई 22, 2009 in HOME

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: