RSS

वजेट फ्रिज हुन नदिन नयां योजना सिफारिश

22 Jul

विनोद ढकाल / रेडियो गोरखा

जिल्ला विकास समिती गोरखा मार्फत गतबर्ष विभीन्न योजनामा विनीयोजन गरीएको ९ लाख ५० हजार रुपैया फ्रिज हुने अबस्थामा पुगेपछी नयां योजनाको लागि वजेट सिफारिश गरिएको छ ।

खानेपानी तथा सरसफाई,  कृषी सडक र सामुदायिक विकास कार्यक्रम अन्तरगतका योजनाहरुमा विनियोजन गरिएको सो रकम उपभोक्ता समिती नै योजना सम्झौता गर्न नआएपछि जिल्ला स्तरिय राजनैतीक  दलको संयन्त्रले नयां योजनाको लागि सिफारिश गरेको हो ।

ताकुमाझ लांकुरीबोट गाउं विकास समितिको गण्डकी प्राथमीक विद्यालयमा खानेपानी योजनाका लागी विनीयोजन गरिएको २ लाख रुपैयां आर्थिक वर्षको अन्त्यसम्ममा पनि सम्झौता हुन नसकेपछि मिरकोट गाविसको वडा नं ८ को चौपपानी मुल मर्मत, बासपानी सानोबेसी, खानी गाउं,  सुन्तालेगैह्रा र जोगीडांडा खानेपानी योजनाका लागी पाइप तथा अन्य निर्माण सामाग्री खरीदका लागी प्रयोग गरिने भएको हो ।

त्यस्तै श्रीनाथकोटको अर्कुल-गोहोरे-लाङदी-चिप्लेटी सडक योजना र धुवांकोटको रातमाटा, बिरुवाटार, तिलकराम भन्ज्याङको पुर्थोकबेसी हुदै पौवाटार सडक योजनाका लागी छुट्याइएको ३ लाख ५० हजार रुपैया पनि सम्झौता हुन नसकेपछि आरुघाट-फुलपाती भन्ज्याङ हुदै आप्रिकसम्मको सडकका लागी २ लाख र ढुङ्गागाडे-निम्जुङ्ग सडकका लागी १ लाख गरी ३ लाख रुपैयां प्रयोग गरिने भएको छ ।

यसैगरी मिरकोटको देउकोट लकाङ्गकाली खानेपानी योजनाका लागी गत आर्थीक बर्षमा विनीयोजन गरिएको ४ लाख रुपैयां गोरखा क्याम्पसमा खानेपानी ब्यबस्थापनका लागी प्रयोग गर्न पनि राजनैतीक संयन्त्रले सिफरिश गरेको जिल्ला विकास समितिले जनाएको छ ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on जुलाई 22, 2009 in HOME

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: