RSS

फेरि सरकार ढाल्ने कोइरालाको चालवाजी

22 Jul

– विवश

नेपालमा वेलावेलामा अचम्म अचम्मका राजनैतिक घटनाहरू घटिरहन्छन्, रमाइला परिदृश्यहरू दृष्टिगोचरमा आइरहन्छन् । अहिले फेरि यस्तै एउटा दृश्य देखिंदै छ नेपाली राजनैतिक बजारमा । आफ्नै प्रधानमन्त्रीत्व कालमा दरबार हत्याकाण्ड भएर सम्पुर्ण कुराको ज्ञान हुंदा-हुंदै पनि अहिलेसम्म वास्तविकतालाइ गुमराहमा राखी जनतामा भ्रम फैलाइरहेका तर आफुलाई नेपाली राजनीतिका ठेकेदार सम्झने गिरिजा प्रसाद कोइरालाले फेरी एकपटक जनतामा भ्रमको खेती थालेका छन् । नेपाली कांग्रेसलाई ”कोइराला कम्पनि एण्ड प्राइभेट लिमिटेड”को रुपमा विकास गर्न तल्लिन अधिनायकवादी शैलीका कोइराला वेला वेलामा संवेदनशील विषयवस्तुमा हास्यास्पद टिप्पणी गरेर चर्चामा रहिरहन रूचाउंछन् । यसै क्रममा उनको पछिल्लो वक्तव्य आएको छ, उनि आफैले हस्ताक्षर गरेको सेना समायोजन तथा पुनर्स्थापनाको विषयलाई रद्दीको टोकरीमा मिल्काउदै सेना समायोजनको बुँदा कहिंपनि उल्लेख नभएको बताउंदै हिंड्न थालेका छन् । जसले गर्दा बाहिरका मात्र नभइ स्वयं कोइरालाकै शुभचिन्तकहरु पनि अचम्ममा परेका छन्, कतै गिरिजालाई मानसिक समस्या त भएन भनेर ।

पार्टीको मुल प्रस्तावनामा नै राजतन्त्रलाई केन्द्रविन्दु मानेर स्थापना भएको पार्टीका सभापतिले छोटे राजा बन्न खोज्नु कुनै नयाँ कुरा होइन । अझ नेपाली जनताले राजतन्त्र विरुद्ध उद्घोष गरेको महान् जनयुद्धमा किलो सेरा टु, रोमियो, संकटकाल … लगायत नेपाली जनताहरु कत्लेआम गर्ने विभिन्न अप्रेशनहरु लागु गर्दै राजतन्त्र बचाउन भगिरथ प्रयत्न गरेका गिरिजाको सम्पुर्ण प्रयासहरु जनमुक्ति सेनाले नै असफल बनाइदिएका थिए । १२ बुँदे समझदारीलाई व्लन्डर ठान्ने कोइरालाले दोस्रो जनआन्दोलनमा माओवादीले गाउंगाउंबाट उरालेकका जनता र जनमुक्ति सेनाले राजतन्त्रको अवशेष नारायणहिटीबाट निकालेर फाल्न लागिसक्दा नाटकिय रूपमा मात्र सम्झौता गरेर केही समयको लागिभएपनि संक्रमणकाल लम्ब्याउन र तमाम आन्दोलनमा सम्बद्धहरुलाई धोका दिन सफल भएका थिए । तर अन्ततः नेपाली जनताको स्वतन्त्रता आन्दोलनको अघिल्तिर केही नलागेपछि जनतासामु गिरिजा लाचार भए र विना धारको खुकुरी भएर बस्न बाध्य भएका हुन् । सायद त्यही भएर होला आफ्ना मालिकको अन्त्य देखेका गिरिजा प्रसाद कोइरालाले राजतन्त्रका नाइके राजा पछि सामन्तबाद विरूझको बज्र आफै माथि बज्रने भयले पहिले देखि अहिलेसम्म कुनै न कुनै रुपमा जनमुक्ति सेना माथिको आक्रमण जारी राखेका छन् । यसै सिलसिलामा अहिले उनि २००७ सालमा कांग्रेसको सेनालाइ जस्तै अहिलेको जनमुक्ति सेनालाई पनि सकेसम्म विघटन गराउने र नसके अपाङ्ग बनाएर राख्नेजस्तो प्रतिक्रान्तिकारी हर्कत जारी राखेका छन् ।

नेकपा माओवादी नेतृत्वको सरकार ढाल्ने खेलमा प्रमुख खलनायकको भुमिका निभाएका महेन्द्रका धर्मपुत्र छोटे राजा कटवालले देशभरिका व्यारेकहरुलाई आफ्नै बपौती ठानी आफ्ना भनाइहरुलाई “महावाणी”का रुपमा प्रत्येक सैनिक व्यारेकमा लेखाउने उर्दी जारी गर्नासाथ कोइरालाको यो भनाइ आउनुले पनि गिरीजाको मानसिकता र भित्री चाहना चाहना स्पष्ट रूपमा झल्कन्छ । भविष्यमा कोइरालाले यिनै वाणीहरुलाई महावाणी बनाएर देशका प्रत्येक चोकचोकमा पोत्न लगाएमा कसैले आश्चर्य नमाने हुने भएको छ । यसैले त सामन्तवादका प्रमुख राजतन्त्रको अबशान भइसकेको अबस्थामा कोइराला तथा कटवालहरु त्यसको विडो थाम्दै छोटे राजा बन्ने लोसे धन्दामा व्यस्त देखिएका छन् । तर अव शाही मतियार कटुवालको तुना समातेर सैन्यवादको पगरी गुथी राजतन्त्रको वैतरणी तर्ने ग्राण्ड डिजाइन तयार पारिरहेका गिरिजा प्रसाद कोइरालाको कथित डिजाइनको पनि पर्दाफास भइसकेको हुंदा उनिहरू अहिले तिलमीलाएका छन् र उनको यो पछिल्लो अभिव्यक्ति यसैको एउटा उदाहरणमात्र हो । तर सम्पुर्ण सेनाको लगाम समातेर बसेका स्वघोषित “सुन्ने र बोल्ने” ज्ञानेन्द्र त जनताका शक्ति सामु झुक्दै कुम्लोकाम्लो च्यापेर दौडिन बाध्य भए भने इतिहासका जमिन ननापी आकाशमा उड्ने कोशिश गरिरहेका यी छोटेराजाहरुको नेपाली जनता विरूद्ध हुने कुनै पनि षडयन्त्र कदापी सफल हुन सक्दैन वरू यस कार्यवाट त उनीहरु स्वयं आफ्नो खुट्टामा घातक वञ्चरो प्रहार गरिरहेको तथ्य सिद्ध हुने निश्चित छ ।  

गिरिजाको जनमुक्ति सेनाप्रतिको पछिल्लो टिप्पणी र शान्तिप्रक्रिया विरोधी भनाइले स्वयं गिरिजाले प्रस्तावित गरेको भारत र कांग्रेसको अबैधानिक सन्तान माकुने सरकार समेत धरापमा पर्ने देखिन्छ किनकी सेना समायोजन र पुनर्स्थापना कुनै नोलो कुरा नभएर स्वयं कोइराला नै प्रधानमन्त्री हुंदाका वखत प्रतिवद्धता गरिसकेको विषय बस्तु हो जसलाई जुनसुकै कलेवरको सरकार आएपनि पुरा गर्नुपर्ने पहिलो दायित्व रहन्छ । यसरी आफैले गरेको सम्झौता माथि बेइमानी गर्नु भनेको बर्तमान सरकारलाई कार्यान्वयन नगर्न उक्साउनु हो र सरकारलाइ नैतिक रूपले संकटमा पार्न खोज्नु हो । कोइराला स्वयं पनि यस वक्तव्यवाट आफैले कांधमा वसालेको यस अनैतिक सरकारको आयु माथि नै प्रश्नचिन्ह खडा हुनेमा अनभिज्ञ रहेका छैनन् । यदि जो कसैले  पनि दश बर्षे जनयुद्ध र जनमुक्ति सेनालाई सम्मानजनक सम्बोधन नगरी शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउन लागि परेको नाटक गर्छ भने त्यो जनतामा भ्रम छरेर लुटको स्वर्ग बचाउने उपाय भन्दा अन्यथा हुनै सक्दैन । र यसले देशलाई पुनः गृहयुद्ध तिर धकेलेर हतियारको खेती गरि मुनाफा आर्जन गर्ने र देशमा अस्थिरता सिर्जना गराई विदेशीको क्रिडास्थल बनाइ राख्ने भन्दा अरू कुनै कार्य गर्न सक्दैन । तर यो वास्तविकता समेत राम्ररि वुझेका कोइराला किन यहि कार्य गर्दै छन् त ? यो यक्ष प्रश्न आम नागरिक समुदायमा उठिरहेको हुनसक्छ तर कोइरालाको विगत देखिको व्यक्तित्व, नियत र चरित्र वारे अध्ययन गरेकाहरूलाइ भने यो विषय खासै अनोठो होइन । हुनपनि विगतमा समेत अप्रकृतिक तवरवाट एमाले नेतृत्वको सरकार ढालेका ”ज्येष्ठ नागरिक” कोइरालाले अव यि “हरुवा एण्ड कम्पनी”को सरकारलाइ कांधमा वोकेर कति हिंडुन् र ? 

 
5 टिप्पणीहरु

Posted by on जुलाई 22, 2009 in BLOG, GUEST

 

5 responses to “फेरि सरकार ढाल्ने कोइरालाको चालवाजी

  1. GB

    जुलाई 22, 2009 at 11:12 बिहान

    छद्मभेसीहरुको बिद्युतीय चिच्चाहट र नेपाली राजनैतिक भु धरातलको यर्थाथता सायद एउटै होला । छद्मभेसमा गाली हैन असली रुपमा गुरु बनेर ताली दिन सिकाउने काम गर । जय नेपाल

     
  2. नीता पाठक, चितवन

    जुलाई 22, 2009 at 1:07 बेलुका

    विगतमा समेत अप्रकृतिक तवरवाट एमाले नेतृत्वको सरकार ढालेका ”ज्येष्ठ नागरिक” कोइरालाले अव यि “हरुवा एण्ड कम्पनी”को सरकारलाइ कांधमा वोकेर कति हिंडुन् र ?

     
  3. Sandeep

    जुलाई 24, 2009 at 10:37 बेलुका

    Sarkar Dhale Pani India bata Hatiyar lyayera matra Dhalauchha.

     
  4. UPASANA

    अगस्ट 1, 2009 at 11:52 बिहान

    GIRIZA KO KAMAI ARU K BHAYO RA ?

     
  5. Dhoon

    अगस्ट 1, 2009 at 8:40 बेलुका

    Koirala budha le k garna sakthe ra ? India le sahayog garyo bhane bhanna nasakiyela natra yi sabai gafai hun samdhi ………..

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: