RSS

रेमिट्यान्सले राम्रो गरेन कि राजनितीले ?

23 Jul

हालै अर्थमन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार केशव आचार्यले विदेशमा काम गर्ने कामदारले पठाउने रेमिट्यान्सले देशको आर्थिक विस्तारमा नकरात्मक असर परेको बताएका छन् । रेमिट्यान्सले पैसाको प्रवाह बढाई उपभोग्य वस्तुको मूल्यवृद्धि गर्नुका साथै व्यापार घाटा र विनिमय दरमा समेत नकरात्मक प्रभाव पारेको उनको ठहर छ । अझ यिनले कतिसम्म भनेका रहेछन् भने रेमिटेन्सले गर्दा नै सरकारी नीति कार्यान्वयनमा जति सक्रियता हुनुपर्थ्यो त्यति भएन
रे अनि निजी क्षेत्रमा जुन सक्रियता हुनु पर्ने
हो, त्यो पनि भएन रे । अहिलेको वजेटका प्रमुख डिजाइनर मध्ये एक रहेका यिनले यस भनाइवाट के कुरालाइ इंगित गर्न खोजेको हुन् त्यो त तिनै जानुन् तर मुलुकको यस्तो दुरावस्थामा पनि सिङ्गो देशको अर्थतन्त्र धानिरहेको र वैदेशीक व्यापार घाटाको पुर्ति गरिराखेको भनिएको रेमिट्यान्समाथी यस्तो गम्भिर आक्षेप लगाउनुपर्ने गरि यसले  के सांच्चै यस्तो अनर्थ कार्य गरेकै होला त  ? हरेकका मनमा यो सवाल उव्जने गर्दछ ।

अहिले अन्तर्राष्ट्रिय बजारमा आर्थिक मन्दीका कारण वजार मूल्य घटे पनि नेपाली बजारमा भने यस वर्षको सुरुवातमै विगत सत्र वर्ष अवधिकै सबैभन्दा बढी मूल्यवृद्धि भएको छ । नेपाली जनता वस्तु तथा सेवाको असहज आपूर्ति, चरम मूल्यवृद्धि, गुणस्तरहीनता र वजार अनुगमनमा सरकारी उदासिनताका कारण वढेको व्यापारिहरूको मनोमानीबाट आहत भएका छन् । वर्षेनी कर्मचारीको तलब वृद्धिसँगै बजारभाउले आकाश छुंदा उपभोक्ता पहुँचविहीन अवस्थामा पुगिसकेका छन् । तर यतिवेला जनताले उत्पादन गरेका वस्तुहरूको भने वजारभाउ झनै घटिरहेको हुन्छ, मुलुकमा वढ्दो अव्यवस्था, वन्द, हडताल, उर्जा संकट जस्ता समस्याहरू जुनसुकै सरकार या वजेट आएपनि ज्युंका त्युं रहेका छन् । यस्तो अवस्थामा जनताको आशाको त्यान्द्रो भनेकै वैदेशीक रोजगार रहेको छ र रोजगारवाट आउने रेमिट्यान्सकै वलमा उनिहरू मुलुकका यि तमाम समस्याहरू संग जुधिरहेका छन् । सरकार भने जनतामा राहतको कुनै अवधारणा ल्यउनुको सट्टा उल्टै जनतालाइ नै चुस्ने र आफु मोटाउने धन्दामा लागेको छ । सरकारी अकर्मण्ड्यशीलता र जनताको निरीहता झल्काउने एउटा दुःखलाग्दो र उदाहरण हेरौं  :- “दुई वर्षअघि भारतमा मूल्यवृद्धि १३.१ प्रतिशत पुग्दा त्यहाँको सरकारले कर्मचारी मजदुरको सुविधा बढाएन, बजार हस्तक्षेप र आफ्ना उत्पादनलाई विदेशमा जान रोक लगायो । त्यहाँका सञ्चयकर्ता, थोक तथा खुद्रा बिक्रेताले बेच्ने भाउमाथि व्यापक भाउ अनुगमन र हस्तक्षेप गर्‍यो । फलस्वरूप त्यहाँको मूल्यवृद्धि गतवर्ष ०.२२ मा झर्न पुग्यो । तर नेपालमा भने त्यहाँ गरिएको सिकाइलाई वास्ता नगरी उल्टो गरियो । गतवर्ष पनि कामदार कर्मचारीको सुविधा वृद्धि गरियो । बजेटमा मूल्यवृद्धि ७.५ मा झारिने भनिए पनि मूल्यवृद्धि १३.५ भन्दा बढी रहँदा-रहँदै यस वर्ष कर्मचारी, मजदुरको तलब सुविधा अत्यधिक बढाइयो । यसले बजार चौपट हुने, महङ्गीको मारले जनता पहुँचविहिन हुनेछन् । कुल जनसंख्याको नौ प्रतिशतको सुविधालाई हेरेर बाँकीलाई महङ्गीको मारमा पर्न बाध्य बनाइयो । आश्चर्य के भयो भने यसबारे सरकार, राजनीतिक दलहरू जनताका लागि केहि बोलेनन्” (ज्योति वानियां) । तर यो नांगो वास्तविकता ढाकछोप गर्न अर्थका यी सल्लाहकार भने मुल्यवृद्धिको दोष रेमिट्यान्सलाइ लगाएर चोखिने उपाय गर्दैछन् ।  

रेमिट्यान्सवाट अत्यधिक पैसा आउँदा उपभोग, आयात र सरकारी राजस्व बढेपनि आर्थिक वृद्धिदर भने नवढेको आचार्यको भनाइ छ तर उनले यतिखेर के वास्तविकता लुकाउंदै छन् भने व्यापारिहरूले राजनीतिक दल र प्रशासकहरूलाई चन्दा सहयोग गरेकै आधारमा वजारमा मनपरि ढंगवाट कालोवजारी गर्ने छुट पाएकाले निम्न आय स्तरका जनताले रेमिट्यान्सको रकम सदुपयोग गर्ने अवसर नै पाउका छैनन् वरू सो रकम “लुटको धन फुपुको श्राद्ध” भनेझैं चन्दा या सहयोगका नाममा व्यापारिवाट असुल गरि तिनै नेता र प्रशाषकहरूले मोजमस्तिमा खर्च गरिरहेका छन् । “कसैलाइ नसक्दा कान्छी वज्यैलाइ” भनेझैं मुलुकमा आफैंले श्रृजना गरेको कहालीलाग्दो वित्तिय संकट र अव्यवस्थावाट छुटकारा पाउन रेमिट्यान्सलाइ दोष दिनु कति न्यायोचित होला ? वेरोजगारिको मारमा परि विदेशीएकाहरूले आन्दोलन गर्न सक्दैनन् जे भनेपनि हुन्छ भन्ने मानसीकतावाट अभिप्रेरित भइ यसरि सत्यलाइ गुमराहमा राख्ने कोशिष गरिएको त होइन ? अन्यथा मुलुकको आर्थिक वृद्धिदर कसरि वढाउने भन्नेतर्फ भन्दापनि कतावाट कमिशन वढि आउंछ भन्ने ध्याउन्नमा रहेका नेता प्रशाषकहरू किन सत्य वोल्न डराउंछन् त ? यि यक्ष प्रश्नहरूको चित्तवुझ्दो जवाफ तिनीहरूसंग अहिले छैन ।

आफुले परदेशी भुमीमा दुःख गरेर कमाएको रकम  यसै खेर जाओस भन्ने भावना कसैको पनि हुंदैन सकेसम्म उत्पादनमुखी कार्यमै खर्च गरौं भन्ने हरेकको चाहना रहेको हुन्छ तर लगानी प्रवर्द्धन र उत्पादनमुखी कार्यको सम्भावनालाइ सुरक्षित गर्नु भन्दा यसरि नै कमिशन खान र सत्तास्वादमै रमाइरहन पल्केका राजनैतीक दलका नेताहरू र जनता ढांट्ने धन्दामा रहेका तिनका सल्लाहकारले मुलुकको के आर्थिक विकास गर्लान् र खै !  

 
2 टिप्पणीहरु

Posted by on जुलाई 23, 2009 in BLOG, NEWS

 

2 responses to “रेमिट्यान्सले राम्रो गरेन कि राजनितीले ?

  1. Vishal

    जुलाई 24, 2009 at 10:28 बेलुका

    Aru kei haina Yo deska Netaharu le Ramro Garenan

     
  2. shakti

    जुलाई 24, 2009 at 10:31 बेलुका

    remitance ko paisa khayera remitance lai nai gali garne Yesta Namak Haram haru lai Des nikala Garnu parchha.

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: