RSS

नारहत्यामा संलग्न ४० जनालाई मुद्धा दायर

24 जुलाई

मनाङ

मनाङको नार हत्याकाण्डमा संलग्न भएको अभियोग लागेका नार संरक्षण व्यवस्थापन समितिका अध्यक्ष, नार गाविसका पूर्व अध्यक्ष लगायत स्थानीय ४० जना विरुद्ध प्रहरीले जिल्ला अदालत मनाङमा मुद्धा दायर गरेको छ ।

हत्याको आरोपमा पक्राउ परेका ७२ जनामध्ये अन्य ३२ जनालाई एक सातादेखि १० दिनसम्म नियन्त्रणमा लिएर तारेखमा रिहा गरिएको छ । गत जेठ २७ गते गोरखा केरौंजाका सातजनालाई यार्सागुम्बा संकलनका क्रममा मनाङको नारस्थित लप्से लेकमा हत्या गरेको अभियोगमा पक्राउ गरि अनुसन्धानका क्रममा दोषी ठहरिएकाहरुविरुद्ध ज्यान मार्ने अपराध अभियोगमा मुद्धा चलाईएको मनाङ प्रहरीले वताएको छ । उनीहरुमाथि विहिवारदेखि बयान लिन शुरू गरिएको जिल्ला अदालत मनाङलाई उद्धृत गर्दै प्रमुख जिल्ला अधिकारी रामराज सुवेदीले जानकारी दिनुभएको छ ।

हत्यामा संलग्नहरुलाई जिल्ला अदालतले दोषी ठहर्‍याएपछि मनाङमा नै राखिने भएको छ । अभियुक्तहरुलाई राख्न माथिल्लो निकायमा अस्थायी कारागारको माग गरेको र सदरमुकाम चामेमा नै घर भाडामा लिएर उनीहरुलाई राखिने प्रजिअ सुवेदीको भनाई छ ।

बहुमुल्य जडिवुटी यार्सागुम्बा संकलनका लागि मनाङको नार गाविसस्थित नम्क्याखर्कमा पुगेका गोरखा केरौंजाका पांचजनालाई नारका वासिन्दाले गत जेठ २७ गते हत्या गरेका थिए भने दुईजनाको ज्यान जोगाउने क्रममा भीरवाट खसेर मृत्यू भएको थियो ।

सीडीएमए टावर सञ्चालन नहुदा स्थानियवासी आक्रोशित

गोरखा

गोरखाको  काशीगाउं गाउं विकास समितिमा नेपाल टेलिकमले राखेको सीडीएमए टावर सुचारु नहुंदा सो क्षेत्रका वासिन्दा मर्कामा परेका छन् । बैशाख महिनाको अन्तिमदेखि टावर सञ्चालन गरिएपनि विजुली नभएपछि दैनिक ३/४ घण्टा मात्र टावर सञ्चालन हुने गरेको स्थानियवासीले बताएका छन् ।

टावर पुरा समय नचल्दा मान्वु, काशीगाउं, लापु, उहिया, केरौजा, थुमी, लाप्राक, गुम्दा लगायतका गाविसका सीडीएमए फोन प्रयोगकर्ताहरु हैरान भएका छन् । विजुली समस्याका कारण कहिलेकाही त एक घण्टापनि टावर सञ्चालन नहुने केरौंजाका शिक्षक रामहरि ढकालले जानकारी दिनुभएको छ । काशीगाउंको मञ्जुश्री निम्न माध्यामिक विद्यालयमा राखिएको सो टावर विद्यालयकै शौर्य प्रणालीबाट सञ्चालन हुंदै आएको छ । त्यसैले विद्यालय खुल्दाको समयमा मात्रै टावर सञ्चालन हुने गरेकाले चाहेको समयमा मोवाइल प्रयोग गर्न नपाएको उहांले बताउनुभयो ।

घाम नलागेको दिन  ब्याट्रिचार्ज नभएको भन्दै टावर सञ्चालन नगर्ने हुदा त्यस्ता दिनमा फोनमा कुरा गर्न नपाइने प्रभात किरण निम्न माध्यामिक विद्यालयका शिक्षक सुधिर अर्यालले बताउनुभयो । सो क्षेत्रमा गोरखा र वाग्मति अञ्चलका गरी १ हजार ५ सय मोवाइलफोन प्रयोगकर्ता रहेका छन् । काशीगाउंमा टावर राख्नका लागि सेवा क्षेत्रका गाविसले प्रतिगाविस १० हजार ढुवानीखर्च बेहोरेका थिए । धेरै रकम खर्च गरेर राखेको टावर विजुलीका कारण सञ्चालन हुन नसक्दा स्थानियवासी आक्रोशित भएका छन् । 

उता नेपाल टेलिकम गोरखाले भने आफ्नो शौर्य प्रणाली नभएको कारण समस्या परेको बताएको छ ।  विद्यालयले शौर्य प्रणाली उपलब्ध नगराउंदा टावरमा सञ्चालनमा समस्या देखिएको टेलिकम प्रमुख बेचन गौतमले जानकारी दिनुभएको छ । टावर पुरा समय सञ्चालन गर्ने विषयमा पहल गर्ने उहांले बताउनुभयो ।

Advertisements
 
टिप्पणी छोड्नुहोस्

Posted by on जुलाई 24, 2009 in HOME

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: