RSS

चेपाङ वस्तीमा खानेपानीको समस्या

24 Jul

धादिङ

धादिङ जिल्लाको महादेवस्थान गाउं विकास समिति वडा नम्वर १ मासखर्क गाउंका चेपाङ समुदायमा २ वर्षदेखि खानेपानीको समस्या उत्पन्न भएको छ । २०६१ सालमा चितवन जिल्लाको लोथर गाउं विकास समिति वडा नम्वर ५ बाट लिफ्ट प्रविधिद्वारा महादेवस्थान गाविसको मासखर्क गाउंका चेपाङ समुदायमा खानेपानी वितरण गरिएको योजना सञ्चालन हुन नसक्दा स्थानीय ८० घर चेपाङले खानेपानी समस्या भोग्दै आएका छन् ।   

गाउंमा जमिन मुनी गाडेर राखिएको हिल ट्यांकी जमिन भासिंदा फुट्नुका साथै एउटा सोलार प्यानलमा समेत क्षति पुगेको छ । सोलार प्यानल र ट्यांकीमा क्षति पुगेपछि खानेपानीको समस्या वढेको हो । सो योजना पुन मर्मत गरी सञ्चालन गर्न ३ लाख ५० हजार रुपैया लाग्ने भएकाले तत्काल मर्मत गर्न नसकेको स्थानिय तिर्थ सिलवालले बताउनुभयो ।

गाउंमा खानेपानीको समस्या भएपछि मासखर्कका ८० घर चेपाङ समुदायले खानेपानीको चितवन जिल्लाको लोथर पुग्नुपर्ने बाध्यता रहेको स्थानीय कृष्णबहादुर चेपाङले बताउनुभयो । दैनिक ३ देखि ४ घण्टा हिडेर एक गाग्रो पानी ल्याउनु पर्ने अवस्था आएपछि मासखर्कका चेपाङ समुदायमा घरको कामधन्दामा समेत समस्या पर्ने गरेको पनि उहांले बताउनुभयो ।

खानेपानी योजना सञ्चालन गर्नको लागि चेपाङ समुदायसंग आर्थिक सहयोग गर्न कुनै माध्यम नभएपछि चेपाङहरु आफैं योजना सञ्चालन गर्न असक्षम रहेका नेपाल चेपाङ संघका पूर्व केन्द्रिय सचिव तिलक चेपाङले बताउनुभयो । खानेपानी योजना सञ्चालनको लागि विभिन्न संघ/संस्थाको मुख ताक्दै आएको भएपनि २ बर्षदेखि गाउंमा खानेपानीको समस्या यथावत रहेको तिलकले बताउनुभयो । 

 
टिप्पणी छोड्नुहोस्

Posted by on जुलाई 24, 2009 in HOME

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: