RSS

त्रिशुली – गोरखा : मार्गचित्रमा मध्य हिमाली पदयात्रा

24 Jul

( Trisuli – Gorkha : A Roadmap to Central Himalayan Trek)Good Evening Himalchuli

कोलाहलमय भिडभाड तथा आधुनिकताका नाममा कुरूप भइसकेका शहरी क्षेत्रवाट वाट पर शान्त र सुन्दर प्राकृतिक दृष्यावलोकन गर्दै पदयात्रामा निष्कन चाहने सौखिन पदयात्रीहरूका लागी नेपाल अनेकौं रोमाञ्चक पदमार्गहरूको खानि नै हो भन्दा अत्युक्ति नहोला । यिनै अनगिन्ती पदमार्गहरूमध्ये मध्य हिमाली पदयात्राको एक अलग्गै स्वाद लिन चाहने पदयात्रीहरूका लागी त्रिशुली – गोरखा पदयात्रा एक आकर्षक गन्तव्य हुन आउंछ । प्राकृतिक सुन्दरताका साथै सांस्कृतिक रूपले सम्पन्न ग्रामीण वस्तिहरू संगै सासै रोकिएला जस्तो वनाउने विकट पहाडी भुगोल र घना तथा वाक्ला जंगलहरू पार गर्दै मनमोहक हिमाली भेग सम्मको अनौठो अनुभव गर्न पाइने यस पदयात्राको अर्को आकर्षक पक्ष भनेको राजधानी काठमाण्डौंवाट ऐतिहासीक तथा वर्तमान नेपाल एकिकरणको प्रमुख अभियानकर्ता र सुत्रधार भुमी गोरखासम्मको यात्रा गर्नुपनि हो ।  Ganesh Himal

त्रिशुली, वेत्रावती, स्याफ्रुवेंसी चिलिमे खोलाजस्ता प्राकृतिक दृष्यका धनी मध्यपहाडी भुभाग हुंदै गणेश हिमाल (Ganesh Himal,7429m.), मनासलु (Manasalu 8163m.), हिमालचुली (Himalchuli 7540m.) आदिजस्ता विशीष्ट श्रेणीका हिमाली क्षेत्रमा हिउंसंग लाप्पा खेल्दै, लाङटाङ हिमश्रृंखलासम्मका प्राकृतिक छटाहरूको दृष्यावलोकनवाट जिन्दगीकै अविष्मरणीय अनुभवहरू एकै पटकमा समेट्ने अवसरका साथै एकता अनि विरताको परिचायक ऐतिहासीक स्थल गोरखासम्मको चुनौतिपुर्ण यात्रा गर्न पाइने यो पदमार्ग सधैं प्रकृतिप्रेमी पदयात्रीहरूको प्रमुख रोजाइमा पर्ने गर्दछ ।  यसका अलावा विभिन्न वहुमुल्य जडिवुटि र जैविक विविधताले सम्पन्न रहेको यो क्षेत्र अध्ययन अनुसन्धानप्रति चासो राख्नेहरूका लागी झनै उपयुक्त स्थल मानिन्छ । Himalchuli

राजधानी काठमाण्डौंवाट गोरखा वजारसम्मको लागी निर्धारित यस यात्राको लागी निम्नअनुसारको मार्गचित्र तय गरिएको छ :

पहिलो दिन : काठमाण्डौं वाट त्रिशुली हुंदै वेत्रावती (Kathmandu – Betrawati).

दोश्रो दिन :  वेत्रावती वाट धादिङको देउराली (Betrawati – Deurali).

तेश्रो दिन : देउराली वाट  झार्लाङ (Deurali – Jharlang).

चौथो दिन : झार्लाङ वाट वोराङ (Jharlang – Borang).

पांचौं दिन : वोराङ वाट खादिङ खर्क (Borang – Khading Kharka).

छैटौं दिन : खादिङ खर्क वाट लापु फेदि / वेंसी (Khading Kharka – Lapu Phedi / Besin).

सातौं दिन : लापु फेदि वाट आरूघाट वजार (Lapu Phedi – Aarughat Bazar).  

आठौं दिन : आरूघाट वाट खाञ्चोक वजार (Aarughat Bazar – Khanchock Bazar).

नवौं दिन  :  खाञ्चोक वजार वाट गोरखा वजार (Khanchock Bazar – Gorkha Bazar).

दशौं दिन : गोरखा वजारमा आराम (Rest Day, Gorkha Bazar).

North Manasluयस यात्रामा आठौं दिन आरूघाट वजारवाट कतिपय पदयात्रीहरू खाञ्चोक वजार हुंदै जानुको सट्टा वुढिगण्डकीको किनारै किनार गोरखाको अर्को ऐतिहासिक स्थल वोर्लाङ (Borlang) हुंदै गोरखा वजार पुग्नेपनि  गर्दछन् ।    

 
10 टिप्पणीहरु

Posted by on जुलाई 24, 2009 in BLOG, SPECIAL

 

10 responses to “त्रिशुली – गोरखा : मार्गचित्रमा मध्य हिमाली पदयात्रा

  1. Sandeep

    जुलाई 24, 2009 at 10:40 बेलुका

    Waw What’s A good . I’ll gonna this treak

     
  2. ZebraCrossing

    जुलाई 24, 2009 at 10:42 बेलुका

    हिमाली क्षेत्रमा हिउंसंग लाप्पा खेल्दै, लाङटाङ हिमश्रृंखलासम्मका प्राकृतिक छटाहरूको दृष्यावलोकनवाट जिन्दगीकै अविष्मरणीय अनुभवहरू एकै पटकमा समेट्ने अवसरका साथै एकता अनि विरताको परिचायक ऐतिहासीक स्थल गोरखासम्मको चुनौतिपुर्ण यात्रा गर्न पाइने यो पदमार्ग सधैं प्रकृतिप्रेमी पदयात्रीहरूको प्रमुख रोजाइमा पर्ने गर्दछ । YO MERO PANI ROZAI MA PARYO.

     
  3. DEEPESH

    जुलाई 24, 2009 at 10:45 बेलुका

    IT’S A GOOD NEWS. GO AHEAD …

     
  4. XEMANTA

    जुलाई 24, 2009 at 10:48 बेलुका

    विभिन्न वहुमुल्य जडिवुटि र जैविक विविधताले सम्पन्न रहेको यो क्षेत्र अध्ययन अनुसन्धानप्रति चासो राख्नेहरूका लागी झनै उपयुक्त स्थल मानिन्छ ।

     
  5. kripa

    जुलाई 24, 2009 at 10:52 बेलुका

    I really like this. If possible, write about athor Treaking root also.

     
  6. simon

    जुलाई 24, 2009 at 11:05 बेलुका

    It’s a great idea . Plz write about another trek also. Nepal hav too much trekin’ Zone.

     
  7. वि घले

    जुलाई 25, 2009 at 11:45 बिहान

    जिन्दगिमा ट्रेकिङको मज्जा लिने हो भने विभाष हेर्न सिफारिस गर्दछु ।

     
  8. एक्लो मन

    जुलाई 25, 2009 at 12:05 बेलुका

    जे होस यस्ता जानकारि दिनु भएकोमा धन्यावाद !

     
  9. GB

    जुलाई 25, 2009 at 3:02 बेलुका

    Borlang bata matrai chha ra Gorkha pharkane trek ? JPT post garne ——

     
  10. suman

    अगस्ट 30, 2009 at 11:31 बिहान

    j hos paryatan ko lagi yo lekh le kehi ramrai sahayog puryaula jasto chha.

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: