RSS

उपराष्ट्रपतिका नयां काम र जिम्मेवारी

26 Jul

‘नेपाली भाषालाई संविधानले राष्ट्र भाषाको रुपमा तोकेको र सपथको ढाँचा समेत दिएको अवस्थामा हिन्दी भाषामा लिएको उपराष्ट्रपतिको सपथ गैरसंवैधानिक ठहर्छ’- मधेसी जनअधिकार फोरमको कोटावाट उपराष्ट्रपति वनेका परमानन्द झाले हिन्दी भाषामा लिएको शपथ विरूद्ध परेको रिटको एक वर्षपछि सुनुवाइ गर्दै शुक्रवार सर्वोच्च अदालतले ‘गैरसंवैधानिक’ भनि बदर गरिदिंदाको फैसला हो यो ।

न्यायाधीश पृष्ठभूमि भएका उनले केहि ‘हिन्दीप्रेमी’ सांसदहरूको ‘हिन्दीमोह’कै फाइदा उठाएर अन्तरिम संविधानको धारा ३६ को ‘झ’ २ को अनुसूची २ विपरित हुनेगरि शपथ ग्रहणमा वसालेका अराजक प्रकृयाले मुलुकभर निकै हंगामा मच्चाएको थियो भने तराईका मैथिलि भाषीवाट समेत विरोध जनाइएको थियो । ढिलै भएपनि सर्वोच्चले गरेको यस फैसलाको सवैतिरवाट प्रशंशा गरिएता पनि तिनै ‘हिन्दीप्रेमी’ सांसदहरूले संसदमा फेरि हंगामा नमच्चाउलान् भन्न सकिन्न । अदालतको यस फैसलाले पुनः शपथ लिन आदेश नदिएको भएपनि उनि नैतिक संकटमा भने परेका छन् ।  

कुनै काम र जिम्मेवारी नै छैन भन्दै गुनासो गरिरहेका यिनिमाथी फैसलापछि राजिनामा दिएर वचेखुचेको नैतिकता प्रदर्शन गर्छन्, या अव पुनः नेपालीमा शपथ लिइ उपराष्ट्रपति जस्तो गरिमामय पदमा वसिरहन चाहन्छन्, अथवा लाजशरम पचाएर अदालतको मानहानी गर्ने कार्य गरिरहन्छन् भन्ने कुरा सर्वोच्चले नयां काम र जिम्मेवारिको विकल्पका रूपमा अघि सारिदिएको छ । उनले कुन र कस्तो जिम्मेवारी पुरा गर्ने हुन् त्यो भने प्रतिक्षाको विषय वनेको छ ।

पदीय मर्यादा र नैतिकता विपरित कार्य गर्नेलाइ सजायं दिने कुनै व्यवस्था नभएकाले नै पटक पटक उम्केका यिनले पहिले न्यायाधीशका रूपमा कानुनका रक्षक भएदेखि नै कानुनको अपव्याख्या गरि संविधान र कानुनमाथी नै वलात्कार गर्दै आएका थिय । अहिले पनि घरि प्रधान न्यायाधिशले व्यक्तिगत रिसइवी सांधेको आरोप लगाउंदैछन् त घरि आफुलाइ नेपाली नै नआउने भन्दै हिंडिरहेका छन् । तर वास्तवमा सपथ लिँदा भाषा जान्नु भन्दापनि सपथ खुवाउनलेले जे बोल्यो त्यो पुनरोच्चारण (रिसाइट) गर्न सक्नेभए पुग्छ तर उनि त्यति गर्नपनि किन यत्रो वावाल गरिरहेका छन् भन्ने प्रश्नले उनको विगतपनि कोट्याउनुपर्ने देखिन्छ । यसअघि सर्वोच्चमा अस्थायी न्यायाधीश रहंदा मोटो रकमको लोभमा फसेर झण्डै सात क्विन्टल चरेससहित पक्राउ परेका तस्कर दिलबहादुर गुरुङलाई २०६३ असार १५ मा निर्दोष ठहर गरि रिहाइको आदेश दिएपछि उनलाइ सर्वोच्चले स्थायी न्यायाधीश बनाउन अनुपयुक्त ठहर गर्दै पुनरावेदन अदालत बिराटनगर सरुवा गरेको थियो । तर त्यहांपनि कानुन व्यवसायीहरूले बेन्च बहिष्कार गरेर नैतिक संकटमा पारेपछि न्यायसेवाबाट बाहिरिएका उनलाई फोरमले उपराष्ट्रपतिको रुपमा अघि सारेर राजनीतिमा प्रवेश गराएको थियो । अहिले फोरम फुटेर दुइ टुक्रा भएपछि उनि कसको पार्टिमा परे भन्ने कसैलाइ पनि थाहा नभएको वेलामा एकपटक फेरि अर्को नैतिक संकट आइलागेको छ ।

यसैविच उनले आफुलाइ उपराष्ट्रपतिमा निर्वाचित गराउने भुमिका निर्वाह गरेका मधेशवादी दलहरूसंग अव आफुले के गर्दा ठिक होला भनि सुझाव मागेको पनि जानकारिमा  आएको छ । सो सम्वन्धमा उनले लेखेको पत्रको व्यहोरा यसप्रकार रहेको छः

 श्री……………………………………….

……………………………………….

२०६५/४/४ मे

सम्पन्न हुवा उपराष्ट्रपति पदका संविधानसभा सदस्योंद्वारा निर्वाचनमे आप और आपका राजनीतिक दलसे आबद्ध प्रत्यक्ष और समानुपातिक माननीय सदस्योंका अमूल्य मत पाकर ही मै उपराष्ट्रपति पद मे बहुमत से विजय प्राप्त किया था । उस पदके हेतु ०६५/४/८ मे आयोजन किया गया शपथग्रहण कार्यक्रममे मै मधेसवासीओंका पुरातन पहिरन (धोती कुर्ता) मे और मधेस तथा तराईमे  मातृभाषा एवं सम्पर्क भाषाके रूपमे स्थापित हिन्दी भाषामे अपना शपथग्रहण किया था । और उस विषयको लेकर हुवा विरोध कार्यक्रम एवं सर्वोच्च अदालतमे भी दिया गया रिट निवेदनके सम्बन्धमे आप सभीको जानकारी रहाही है । यसा मेरा विश्वास है ।

हिन्दीमे उच्चारण किया गया शपथग्रहण वाचनकियाउपर अदालतमे दिया गया उत्प्रेषणयुक्त सर्वोच्च परमादेशका रिट निवेदनमे मेरेद्वारा लिया गया २०६५/४/८ मे हिन्दी भाषाके शपथको असंवैधानिक ठहर कर पुनः नेपालके अन्तरिम संविधान २०६३ के अनुसूची १-क) मे दिया गया नेपाली भाषाका नमूना शपथपत्रअनुसार शपथ लेनेका निर्णय सर्वोच्च अदालतसे २०६६/४/९ मे हुवा है । आपके जानकारीके लिए फैसलाका पूर्ण पाठका प्रतिलिपि भी इसीका साथ प्रेषित कररहा हुँ ।

अब सर्वोच्च अदालतद्वारा किया गया २०६६/४/९ का फैसलाअनुसार मेरे पास उस फैसला तहत नेपाली भाषामे दिया गया नमूना शपथपत्रअनुसार पुनः शपथ ले, वा शपथ नलेकर निर्वाचित उपराष्ट्रपति पदसे राजीनामा दे, यही विकल्प रही गया है ।

आप सभीका अमूल्य मत पाकर विजय हुनेका सौभाग्य मुझे मिला । अतः पुनः शपथग्रहण लेनेका सर्वोच्च अदालतके फैसलाके सम्बन्धमे आपका और आपका पार्टीका आधिकारिक सुझाबका मै अपेक्षा राख्ता हुँ । विश्वास है, मधेस तराई और उहाँके बासिन्दाका भेष, भाषिक द्वन्द्वका मध्यनजर रख अपना बहुमूल्य सुझाब लिखित वा मौखिक अविलम्ब देकर मेरा मार्गनिर्देशन करेँगे । आपका सुझाब मेरे लिए पूर्ण स्वागतयोग्य रहेगा ।

परमानन्द झा

उपराष्ट्रपति

साथै उनि वकिलहरूसँग सल्लाह गरेर सर्वोच्च अदालतमा रिट दिने सम्भावनाका वारेमा छलफल गरिरहेका छन् भन्नेपनि सुन्नमा आएको छ । अव मधेशवादी दलहरूले उनलाइ कस्तो सुझाव देलान् र उनले कस्तो कलम चाल्ने हुन् त्यसले नै उनि सिंगो राष्ट्रप्रति समर्पित छन् अथवा कुनै गुट उपगुट या समुदायप्रतिमात्र भन्ने समेत निर्धारण गर्नेछ ।

 
१ टिप्पणी

Posted by on जुलाई 26, 2009 in BLOG, NEWS

 

One response to “उपराष्ट्रपतिका नयां काम र जिम्मेवारी

  1. SIMON

    अगस्ट 1, 2009 at 11:44 बिहान

    YINI TA NEPALI BOLNE THAU MA HINDI BOLE ASTI HINDI BOLNEKO KARYA KRAM MA GAYERA NEPALI MA BOLE RE KAM TA ULTO PO GARHHAN KI K HO ?

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: