RSS

अझै नियन्त्रण हुन सकेन झाडापखाला

27 Jul

मेगराज खड्का/रुकुम

छिमेकी जिल्ला जाजरकोटमा केही महिना अघिदेखि फैलिएको भाडापखाला नियन्त्रण हुन नपाउंदै महामारीले रुकुममा मात्रै तीन दर्जनभन्दा बढीको ज्यान लिइसकेको छ भने सयों जना विरामी परेका छन् । झाडापखालाबाट ज्यान गुमाउनेहरुमा रुकुमको गोतामकोट, स्यालाखदी, आठविसडांडा गाउं, गरायला, पूर्तिमकांडा, मग्मा लगायत गाविसहरु रहेका छन् ।

झाडापखाला नियन्त्रणका लागि प्रभावित क्षेत्रमा जिल्ला स्वास्थ्य कार्यालय रुकुमले औषधी तथा स्वास्थ्यकर्मीहरुको टोली परिचालन गरिरहको बताएको छ । नेपाली सेनाको हेलिकप्टर मार्फत मुख्य प्रभावित क्षेत्र गोतामकोटमा ११ क्विन्टल औषधी र आठविसकोटमा ८ क्विन्टल औषधी पठाइएको छ । र, अन्य प्रभावित गाविसमा भरियामार्फत दुईदेखि पांच भारीसम्म औषधी पठाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यसैबीच तुलसीपुर उद्योग वाणिज्य संघ दाङले पनि झाडापखाला प्रभावित जिल्लाहरुमा नेपाली सेनाको हेलिकप्टरबाट औषधी पठाउादै आएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय रुकुमले डाक्टर र औषधी पठाइरहेको बताएपनि रोग प्रभावित ठाउंहरुमा औषधी र डाक्टरहरु नहुने गरेको स्थानियबासीले गुनासो गरिरहेका छन् । रोग नियन्त्रणका लागि सरकारले समेत कुनै उचित र प्रभावकारी कदम चाल्न नसकेको स्वयम् जनतानै बताउंछन् । जिल्लाका विभिन्न संघसंस्था, राजनितिक दलहरुले भने रोग प्रभावित ठाउंहरुमा पुगेर जनतालाई सहयोग पुर्‍याइरहेका छन् । रुकुमका विद्यार्थीहरु अहिले गाउं-गाउंमा जनचेतना जगाउंदै हिडिरहेका छन् । महामारी नियन्त्रणका लागि जिल्लाका विभिन्न ठाउामा १५ वटा केन्द्र खडा गरी औषधी तथा प्राविधिक जनशक्तिको व्यवस्था गरिएको छ । त्यस्तै स्थानीय प्रशासन, सुरक्षा निकाय, गैरसरकारी संघसंस्था, राजनितिक दलहरु महामारी नियन्त्रण अभियानमा लामवद्ध भएका छन् । एकिकृत नेकपा माओवादी रुकुमले पनि जिल्ला ईन्चार्ज शरुण वाठामगरको नेतृत्वमा रोग प्रभावित क्षेत्रमा टोली परिचालन गर्दै आएको छ । 

यसैबीच रोल्पाको उवामा फैलिएको झाडापखाला नियन्त्रणमा आउन थालेको जिल्ला जनस्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ । तर, रोल्पाकै कुरेली, मसिना, धवाङ र जुागार गाविसमा भने झाडापखालाले महामारीको रुप लिंदै जान थालेको छ । झाडापखालाबाट धवाङमा एक, कुरेलीमा थप एक र जुगारमा एकको ज्यान गइसकेको छ । यसरी रोल्पाको उवा गाविसबाट शुरु भएको झाडापखालाले महामारीको रुप लिएपछि यस जिल्लामा मात्र मर्नेहरुको संख्या आधादर्जन नाघिसकेको छ भने रोगबाट अझै सयौं प्रभावित भएका छन् ।

मौसम परिवर्तनसंगै देखिएको झाडापखाला कसरी शुरु भयो र फैलियो ? जानकारहरु यसको बस्तुगत कारण पत्ता लगाई आगामी दिनमा थप महामारी फैलिन नदिन सचेततापूर्वक पहल गर्नुपर्ने आवश्यकता औल्याउंछन् ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on जुलाई 27, 2009 in HOME, NEWS

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: