RSS

खोप लगाउनबाट समेत वञ्चित छन् सीमावासी बालबालिकाहरु

27 Jul

दाङ / भारतसंग सीमा जोडिएका दाङ जिल्लाका करिव २२ नाकामा बसोबास गर्ने महिलाहरुले आफ्ना बालबालिकालाई खोप लगाउंदैनन् । जन्मेको ९ महिनाभित्रमा विभिन्न रोगहरु विरुद्धमा लगाउने ५ वटा खोप लगाउनु पर्ने भएपनि सीमाक्षेत्रका सयौं बालबालिकाहरु भने यी खोपहरु लगाउनबाट बञ्चित छन् । गाउंमा स्वास्थ्यचौकी नभएको र स्वास्थ्यचौकी जानका लागि ७/८ घण्टा जंगलको बाटो पैदल हिड्नु पर्ने भएकाले बालबालिकालाई खोप नलगाएको नाकाबासी महिलाहरुले बताए ।

राजपुर गाविस-७ खङ्ग्रानाका निवासी सुनिता बुढा-२९ पांच सन्तानकी आमा हुन् । उनले आफू गर्भवती भएको समयमा स्वास्थ्य जांच त गरिनन् नै अझैसम्म छोराछोरीलाई पनि कुनै खोप लगाएकी छैनन् । गर्भवती भएको समयमा जांच गर्नुपर्छ, बच्चाबच्चीलाई खोप लगाउनुपर्छ भन्ने सुनिताले रेडियोबाट सुनेकी थिइन् । तर, स्वास्थ्यचौकी जान ७ घण्टा जंगलको बाटो पैदल हिड्नु पर्ने बाध्यता भएपछि आफू स्वास्थ्यचौकी नगएको बताउंदै उनले भनिन्- ‘जंगलको बाटो एक्लै हिड्दा भारतीयहरुले हातपात गर्ने हुन् कि भन्ने डरले अस्पताल गएकी छैनन् ।’- उनले भनिन्- ‘अस्पताल जाउं भने यी साना नानीलाई कहां छाड्ने ?’ राजपुर-७ अडबरुवा गाउंकै दिलकुमारी घर्ती-२३ का २ जना छोराछारी छन् । उनले पनि आफ्ना छोराछोरीलाई कुनै खोप नलगाएको बताइन् ।

सुत्केरी अवस्थामा ७/८ घण्टाको बाटो हिड्न नसक्ने र बाटोमा एक्लै हिड्दा आफूमाथि भारतीयबाट हातपात हुने डरले बच्चाहरुलाई खोप लगाउन नसकिएको उनको भनाई छ । त्यसो त सीमानाकामा बसोबास गर्ने सुनिता र दिलकुमारीका छोराछोरी मात्र खोप लगाउनबाट वञ्चित भएका होइनन् । कतिपय आमाहरुलाई खोप लगाउनुपर्छ भन्नेसम्म थाहा छैन भने कतिपय आ-आफ्नै बाध्यताका कारण चाहेर पनि आफ्ना बालबालिकालाई खोप लगाउन नपाएको गुनासो गर्छन् ।

सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघको महासभाद्वारा पारित बालअधिकार सम्बन्धी महासन्धिको धारा २४ मा शिशु तथा बालमृत्युदर कम गर्न तथा कुपोषणबाट बचाउनका लागि राज्यले उच्चस्तरको स्वास्थ्य र औषधी उपचारको अधिकारको ग्यारेन्टी गर्नुपर्ने उल्लेख भएपनि यहांका बालबालिकाहरु आधारभूत स्वास्थ्य सेवा सुविधाको रुपमा रहेको खोप लगाउनबाट वञ्चित भएका छन् । नेपालले पनि सो सन्धिमा हस्ताक्षर गरेको छ । NauloJanaUbhar Weekly.

 
टिप्पणी छोड्नुहोस्

Posted by on जुलाई 27, 2009 in HOME, NEWS

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: