RSS

जडिबुटीको संरक्षण हुन नसक्दा लाखौं आम्दानी घाटामा

27 Jul

मेगराज खड्का/रुकुम

रुकुम जिल्लाको सन्र्दमा जडिबुटीको संभाबना हुंदाहुंदै पनि यसको उचित संरक्षण र सम्वर्धन हुन सकेको छैन । सिस्ने हिमालको काखमा अवस्थित जडिबुटीको धनी र सम्पन्न जिल्ला मानिन्छ रुकुम । यस जिल्लामा दुर्लभ र मुल्यवान अति उपयोगी एवं लोकप्रिय विभिन्न प्रकारका जडिबुटीहरु पाईन्छन । तर, विडम्बना नै मान्नुपर्छ हाम्रा यि अमुल्य जडिबुटीको सदुपयोग हुन सकेको छैन, महत्व बुझ्न अझै सकिएको छैन ।

रुकुम जिल्लाका मुल्यवान जडिबुटीहरु त्यसैखेर गइरहेका छन भने कतिपय जडिबुटीहरु एकदमै कम मुल्यमा बाहिरिएका छन् । तर, तिनै जडिबुटीबाट वनेका विदेशी औषधीहरु किन्न लाखों रुपैयां खर्च भइरहेको छ । यस जिल्लाको केही जडिबुटीहरु दलालको माध्ययमबाट निकै सस्तो मुल्यमा विक्री वितरण भइरहेको छ । रुकुम जिल्लामा पाइने जडिबुटीमा यार्चागुम्बा, पाचाऔले, कटुकी, चिराइतो, सर्पगन्ध, देवदार जटामसी, भलायो, असुरो, सुगन्ध कोकिला, रीठ्ठा, शिलाजीत, कस्तुरी, पाखन बेद जस्ता दुर्लभ जडिबुटीहरु पाइन्छन् । यहां पाइने जडिबुटीहरुको आर्थिक महत्वका बारेमा स्थानीय उपभोक्ताहरु अहिलेसम्म अनविज्ञ नै छन् । प्रशस्त मात्रामा स्थानीय वैद्यहरु रहेकाले जिल्लामा करीव २ तिहाई जनसंख्या स्वास्थ्य उपचार आयुर्वेदिक चिकित्सा पद्धतिमा नै निर्भर रहेका छन् । जिल्ला विकास समिति रुकुमको एक तथ्याङ्क अनुसार हाल रुकुम जिल्लाबाट बाहिरिने जडिबुटीहरुमा यार्चागुम्बा, कुरिलो जस, टिमुर, रिठ्ठा, सेतरवाजरा, जटामसी, भलायो, बुकी फुल, दालचिनी, अमला, तितेपानी, पाचाऔंले, सुगन्ध कोकीला, तिते, कालादाना, साधारण च्याउ आदि रहेका छन् । यस जिल्लामा पाइने जडिबुटीहरु अत्यन्तै दुर्लभ एवं अमृततुल्य मानिएका यार्चागुम्बा, पाचाऔंले, कस्तुरी शिलाजीत आदि दिन प्रतिदिन दुर्लभ भइरहेका छन् । जिल्लाका हुकाम, मैकोट, जाङ्ग र सिस्ने गाविस यार्चागुम्बा पाईने क्षेत्र हो । वास्तवमा भन्ने हो भने रुकुम जस्तो विकट जिल्लामा पाईने जडिबुटीहरु अवैध विक्री वितरण भइरहेका छन । जडिबुटीको चोरी निकासी भइरहेको छ । यसको नियन्त्रणमा सम्वन्धित निकायले ध्यान दिन जरुरी देखिन्छ । जडिबुटी खेतीलाई प्रोत्साहन गरी उसको खेतीलाई सामाजीक अभियानको रुपमा सञ्चालन गर्दै जडिबुटीको भण्डारणलाई सम्वर्धन र संरक्षण गर्नु हामी सबैको दायित्व हो । रुकुम जस्तो न्युन आय भएको समुदायको आर्थिक अवस्था सुधार्ने हो भने तत्कालैदेखि एक ष्पष्ट गुरु योजना बनाई कार्यान्वयन गर्नुपर्ने औल्याउंछन् स्थानीय वुद्धिजिवीहरू ।

रुकुममा जडिबुटी विकास सम्वन्धमा सरकारी तथा गैरसरकारी निकायबाट पहल गरिएता पनि संरक्षण र सम्वर्धनका लागि खासै कुनै पनि प्रयास भएको देखिदैन । रुकुमका वासिन्दाहरुलाई जडिबुटीको महत्वबारे जनचेतना नहुनु, संकलनकर्ताले आफ्नो पारिश्रमको उचित मुल्य नपाउनु, जडिबुटीको परिणाम एकिन नहुनु, जिल्लाको दुर्गम क्षेत्रमा अमुल्य जडिबुटी पाइनु, संकलन गर्ने उचित समय तथा संकलन विधी थाहा नहुनुजस्ता समस्याहरु रहेका छन् ।  एकातर्फ दुर्लभ र महत्वपूर्ण जडिबुटीहरुलाई संरक्षण र सम्बर्धन गर्नु आवश्यक छ भने अर्कोतर्फ प्रंसोधन केन्द्रको स्थापना गरी जडिबुटी तथा लधुवन पौदावारको माध्यमबाट रोजगारका अवसरहरु सृजना गर्नुपर्ने स्थानीय वासिन्दाको भनाई रहेको छ । सम्बन्धित निकायले यसको लागि जनचेतना वृद्धि गराउनुका साथसाथै व्यवस्थित रुपमा संकलन र खेती सम्बन्धी प्रविधि विकासको आवश्यक छ । कुन जडिबुटी महत्वपूर्ण छ , पारिश्रमिक र लगानी कति छ र  दिगो रुपमा कसरी निरन्तरता दिन सकिन्छ । यस विषयमा कुनै सर्वेक्षण हुन सकेको छैन । सिस्ने हिमालको काखमा अवस्थित यस जिल्लाको प्राकृतिक श्रोतको संरक्षण जडिबुटीको व्यवस्थापन र उसलाई निरन्तरता दिंदै व्यवस्थित रुपले सकंलन तथा खेती विस्तार गरी अत्याधिक मात्रामा आयआर्जनको वृद्धिगरी जडिबुटी विकासलाई बढाउंदै लैजानु रुकुम जिल्ला जस्तो न्युन आय भएको समुदायको आर्थिक अवस्था सुधार्नमा केही टेवा पुग्ने थियो कि ?

 
टिप्पणी छोड्नुहोस्

Posted by on जुलाई 27, 2009 in HOME, NEWS

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: