RSS

जनताले नै चौडा बनाए घोराही-मुर्कुटी मोटरबाटो

27 Jul

प्रकाश चौधरी/दाङ

सधै जोखिमपूर्ण यात्राबाट सास्ती खेपिरहेका जनता अहिले आफै श्रमदान गरी घोराही-मुर्कुटी सडकखण्डको मोटरबाटो मर्मत कार्यमा लागिपरेका छन् । घोराहीदेखि मुर्कुटीसम्मको करिब ५० किमिको मोटरबाटो रहेपनि अहिले हर्नकदेखि मुर्कुटीसम्म पुग्ने २२ किमि बाटोलाई जनता श्रमदानमा जुटी चौडा बनाइरहेका छन् ।

जिविसले दिएको ३२ लाख, काभ्रे र लोहारपानी गाविसले ५०/५० हजार नगद र साढे ८ लाख बराबरको श्रमदानबाट उक्त मोटरबाटोलाई फराकिलो पारी मर्मत गरिन थालेको स्थानीयबासीहरु बताउंछन् । विगतमा बाटो विग्रेर गाडी नचल्ने हुंदा धेरै अप्ठ्यारो महशुस गर्दै आएका त्यहांका जनताले आफै बाटो निर्माण गरेपछि अहिले उत्साहित बनेर विकास निमार्ण कार्यमा सक्रियताका साथ लागिपरेका छन् । कठिन बाटोका कारण यात्रामा भोगिने पीडाबाट मुक्ति पाउन बाटो बनाउन तम्सिएका त्यस भेगका जनता बाटो सबै बनिनसकेको कारण पूर्ण सन्तुष्ट हुन नसकेपनि  विगतभन्दा केही राहतको अनुभूति भने गर्न पाएका छन् ।

गत बैशाखदेखि डोजर प्रयोग गरेर करिब डेढ महिनासम्म बाटो चौडा बनाउने काम सम्पन्न भइसकेको छ भने बाटोको वरिपरी नालाहरु कटिङ गर्ने काम पनि सम्पन्न भइसकेको छ । अहिले बाटो मर्मत गरी फराकिलो पारेपछि सडक छेउमा बसोबास गर्ने र जग्गा किनबेचको प्रकृया पनि हृवात्तै बढ्न पुगेको छ । घरबारी हटाएर राम्रो बाटो बनाउने अभियानमा लागेका छन् पहाडी भेगका बासिन्दाहरु । धेरै पहिलेदेखि आशा गरेका थियौं बल्लतल्ल बाटो राम्रो बन्दैछ र गाउंमा पनि विकासको अनुभूति हुन थालेको छ स्थानीयबासी ललित बुढा बताउंछन् । बाटो निर्माण भएपछि जनतालाई केही राहत मिल्ने र उत्पादन भएका सामानहरु विक्री गर्न सजिलो हुने बुढा बताउाछन् । उनीहरुले त्यस बाटोलाई छिट्टै ग्रावेल गर्ने र केही ठाउंहरुमा गरिसकिएको निर्माण समिति कमानसिङ वलीले बताए ।

बजेट अपुगका कारण पूर्ण रुपले बाटो निर्माण भइनसकेको कडा चट्टानहरु फोडेर बाटो निकाल्न सडक डिभिजन कार्यालय र जिविससंग मागिएको बाटो निर्माण समितिका अध्यक्ष भक्त ओलीले बताउनुभयो । उहांले अर्को वर्षसम्म घोराहीदेखि मुर्कुटीसम्मको बाटोलाई कालोपत्रे गर्ने र प्यूठानको देविस्थानसम्म पुग्ने मोटर बाटो निर्माण गरिसक्ने लक्ष्य आफूहरुको रहेको बताउनुभयो ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on जुलाई 27, 2009 in HOME, NEWS

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: