RSS

यो मृत्यु किन यति सस्तो ?

27 Jul

देशविदेशको तिर्थाटन गरिसकेर मात्र झाडापखालाको महामारीले सोत्तर भएका पश्चिम पहाडी जिल्लातिर सवारी गरेका प्रधानमन्त्री माधव कुमार नेपालले ज्ञानेन्द्र शैलीमै पञ्चकन्याबाट पुष्पगुच्छा थापे अनि दुबोको माला ढल्काउँदै घोषणा गरे – महामारीले मर्ने हरेकका परिवारलाइ दश दश हजार रुपैयाँ दिइनेछ । कति सस्तो मृत्यु तिनिहरूको ! के ति मर्नेहरू धेरैजसो दलित, विकट वस्तीका जनता र असाध्यै गरीबहरु भएकाले या कुनै राजनैतिक दल या तिनका भातृ संगठनसंग प्रत्यक्ष नजोडिएकाले यति सस्तो मृत्यु मर्न विवश भएका हुन् ? यस घटनालाइ मध्यनजर गरेर विश्लेषण गर्ने हो भने यस्तै निष्कर्ष निकाल्नुपर्ने देखिन्छ । अन्यथा, शहर वजारमा मान्छे सामान्य दुर्घटनामा परेर मर्यो भने या कुनै तस्कर नै मारिए पनि सडक अवरूद्ध गरिन्छ, त्यसपछि उसलाइ सहिद घोषणा गरिन्छ र दस लाख पाउँछ, तर राज्यको उपेक्षाका कारण रोग, भोक र गरिवीले ग्रसित ति जनताहरूको जिवन किन यति सस्तो ? के ति वेग्लै मुलुकका मानव हुन् र ?

मुलुकलाइ गणतन्त्र घोषणा गरियो, नेपाललाइ स्विट्जरल्याण्ड र सिंगापुर वनाउने जस्ता ठूला ठूला गफ चुटियो, तर यि विकट गाउँ र ति गाउंवासीलाइ कसैले वास्तासम्म गरेको देखिएन । सरकारले न त खाद्यान्न पुर्‍याउन सकेको छ, न त औषधी नै । जनता भोकमरीमा बाँच्न बाध्य छन्, कुपोषणको शिकार भएका छन्, झाडापखालाका कारण मरिरहेका छन् । महामारीग्रस्त क्षेत्रका जनता गरीबीको चरम अवस्थावाट गुज्रिरहेका छन्, पोषण अभाव र भोकमरीले निरन्तर मृत्युको मुखमा पुगिरहेका छन् । गाउँ नै रित्तिन लागिसक्यो तर सरकारसंग न त औषधी छ, न उपचार, न डाक्टर छन्, न त स्वास्थ्यकर्मी नै । नेताहरू भाषणमा र कागजमा त ठूला-ठूला कुरा गर्छन्, तर जनताभने एक वोतल स्लाइन र जीवनजल नपाएर अकालमै मर्नुपरेको अवस्था छ । महामारि पिडीत जनतालाइ दिन भनि लगिएको औषधि घटनास्थलमा नपुग्दै म्याद गुज्रीसकेको हुन्छ  । स्वास्थ्य चौकीको वेहाल अवस्था छ, वर्षामासमा खुला चौर र चिसो भुईमा सुताएर विरामीको उपचार गरिंदैछ । ति स्वास्थ्य चौकीहरूको स्तरोन्नतिको लागी सरकारसंग वजेट हुंदैन तर गोष्ठी या सेमिनारका नाममा करोडों खर्च गर्ने वजेट भने कहिल्यै खाली हुंदैन । मुलुक र जनताको यो भन्दा कारूणीक अवस्था अरू के खोज्नु ? सरकार र प्रशाषनको यो भन्दा नालायकीपन खोज्न कहां जानु ? अझ दश रुपैयाँपनि नपर्ने जीवनजल वेलामा पर्‍याउन नसक्नेले दस हजार दिन्छु भन्दै हिँड्नु कतिसम्म लज्जास्पद कुरो हो ?  सार्वभौम नेपाली जनताको यो भन्दा वढी अपमान र वेइज्जत के हुन सक्छ ?

अघिल्लो वर्ष बाढीपीडितलाई हेर्न तराई गएका राष्ट्रपतिले झाडापखालाको महामारिवाट पिडित जाजरकोट जानु आवश्यक ठानेनन् । किनकी त्यो उनको आफ्नो निर्वाचन क्षेत्र थिएन । हुनत यिनी आफुपनि डाक्टर हुन्, तर पनि डाक्टरी पेशालाई सम्मान गर्न सकेनन् । मुलुकलाइ सैन्यवादमा धकेलेर आनन्दसंग नयां राजाको ढर्रामा उंघिरहेका छन् यिनी यतिवेला । यसले पनि मुलुकको वर्तमान शाषन व्यवस्था र शाषक वर्ग कति जर्जर, कति असंवेदनशील र जनविरोधी छ भन्ने कुराको पुष्टी गर्दछ । जनताको यस्तो अवस्थामा उपचार र राहतको प्रभावकारि कदम चाल्नु सट्टा सरकार भने यतिखेर हतियार भित्र्याउन उद्यत छ । अझैपनि हतियारकै वलमा शाषन गर्ने सपना देख्दै छ । तर यसरि अझैपनि सोझा निमुखा जनताको अधिकार, आस्था, विश्वास र सम्मानलाई धोका दिएर मुलुकलाइ पुरानै स्थितीमा फर्काउने र फेरि उस्तै शासनसत्ता चलाउने हो भने नेपाली जनता के संधै चुप लागेरै वसिरहलान् र ? यिनको हतियारका डरले अझैपनि रोग, भोक, अशिक्षा र अभावको पिडामा पिल्सिएर सस्तो मृत्युवरण गर्दै वस्लान् त ?

 
11 टिप्पणीहरु

Posted by on जुलाई 27, 2009 in BLOG, NEWS

 

11 responses to “यो मृत्यु किन यति सस्तो ?

  1. Gyanu

    जुलाई 27, 2009 at 10:58 बिहान

    banda hadtal garna nasakne janaata lai kasle dherai paisa badchha ta ?

     
  2. sagar pundit

    जुलाई 27, 2009 at 11:00 बिहान

    कठपुतलीको राज धएपछि यो देशमा जे गरेपनि हुने रैछ भन्ने कुरा थाहा भयो ।

     
  3. laxmiacharya

    जुलाई 27, 2009 at 1:13 बेलुका

    खाद्यान्न र औषधी महंगो, मृत्यु सस्तो कस्तो अचम्म !

     
  4. Vikey

    जुलाई 27, 2009 at 1:16 बेलुका

    शहर वजारमा मान्छे सामान्य दुर्घटनामा परेर मर्यो भने या कुनै तस्कर नै मारिए पनि सडक अवरूद्ध गरिन्छ, त्यसपछि उसलाइ सहिद घोषणा गरिन्छ र दस लाख पाउँछ, तर राज्यको उपेक्षाका कारण रोग, भोक र गरिवीले ग्रसित ति जनताहरूको जिवन किन यति सस्तो ? के ति वेग्लै मुलुकका मानव हुन् र ?
    It’s a point.

     
  5. मुन्द्रे

    जुलाई 27, 2009 at 1:23 बेलुका

    janata jati mare pani neta haru namarun, ragat jati bage pani ashu haru najharun.

     
  6. Anjita

    जुलाई 27, 2009 at 1:27 बेलुका

    “Mrityu aakhir mrityu nai ho sasto ra mahango bhanne kura ta marne haru ko arthik haisiyet le nai nirdharan gaarne kura ho.” MAKUNE.

     
  7. एक्लो मन

    जुलाई 28, 2009 at 11:09 बिहान

    गरीव जनताको मृत्यु कहिले पो महंगो हुने गरेको छ र ? अहिले सस्तो नहोस् ?

     
  8. anita zee

    जुलाई 28, 2009 at 12:28 बेलुका

    Jaya Makune Jaya SOOD Jajarkot ka janata Murdavad. Ti janata le Jhada pakhala lagyo bhanera Makune Sarkar lai Badnam garauna khogeka hun. Yesma pani Maoist ko shaadyantra chha. DANG ko SIMA micheko belama jastai.

     
  9. SIMON

    अगस्ट 1, 2009 at 11:44 बिहान

    JAJAR KOTE KO MULYA 10,000 RS ? SASTAI HO.

     
  10. HEROO

    अगस्ट 1, 2009 at 11:51 बिहान

    जनताको यस्तो अवस्थामा उपचार र राहतको प्रभावकारि कदम चाल्नु सट्टा सरकार भने यतिखेर हतियार भित्र्याउन उद्यत छ । अझैपनि हतियारकै वलमा शाषन गर्ने सपना देख्दै छ । तर यसरि अझैपनि सोझा निमुखा जनताको अधिकार, आस्था, विश्वास र सम्मानलाई धोका दिएर मुलुकलाइ पुरानै स्थितीमा फर्काउने र फेरि उस्तै शासनसत्ता चलाउने हो भने नेपाली जनता के संधै चुप लागेरै वसिरहलान् र ? यिनको हतियारका डरले अझैपनि रोग, भोक, अशिक्षा र अभावको पिडामा पिल्सिएर सस्तो मृत्युवरण गर्दै वस्लान् त ?
    IT’S A MAIN GOOD POINT.

     
  11. Gyan Udas

    अगस्ट 1, 2009 at 8:30 बेलुका

    Yo Kathaputhali Sarkar ko mrityu sanskar garne kiriya kharcha matra ho.

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: