RSS

किन वढ्दै छन् नेपालमा सशष्त्र संगठनहरू ?

28 Jul

जुन देशमा राजनीतिक स्थायित्व हुदैन त्यो देशमा आतंकवादले जरा गाड्छ । यो हालसम्म विश्व इतिहासले देखाएको ध्रुवसत्य हो । यसै परिप्रेक्ष्यमा नेपालमा पनि हिंसा र आतंकले प्रश्रय पाउनु कुनै नौलो कुरा होइन । अझ विशेषगरि वाहिर आतंकवाद विरोधी अभियानमा देखिएका भारत र अमेरिकाले नै विभिन्न वहानामा हिंसा भड्काउने र आतंकवाद हुर्काउने गतिविधि गर्दै आएका छन्। यसैले गर्दा दक्षिण एशियाको अधिकांश क्षेत्र आतंकवादको चपेटामा परेको छ। सीमापारको आतंकवादले दक्षिण एशियाका हरेक देशमा आन्तरिक समस्या गंभिर र जटिल वन्ने गरेको छ। तर यसको स्थायी समाधान भन्दा वल प्रयोग गरेर समाधान खोज्दा द्वन्द र अशान्ति  थप मौलाएको छ।  अन्य देशमा हिंसा चर्काउंदै व्यापारको वजार विस्तार गरिरहेको भारतले आफुलाइ शक्तीराष्ट्रको रूपमा उभ्याउंन र दक्षिण एशियाली मुलुकहरूमा प्रभुत्व जमाउन आतंकवादकै वहानाले सजिलो भइराखेको विश्लेषकहरूको ठहर छ ।

अहिले नेपाली राजनैतिक आकाशमा अन्योल र आशंकाको वातावरण मौलाएसंगै हतियारधारी संगठनहरूको विगविगी पनि निरन्तर वढ्दो छ । यस्ता संगठनहरू अहिले एकसय सात (१०७) पुगिसकेको तथ्यांक सार्वजनिक भएको छ । हालै संयुक्त राष्ट्रसंघीय मिसन (अनमीन) की नेपाल प्रतिनिधी करिन ल्याण्डग्रेनले संयुक्त राष्ट्रसंघको महासभामा गरेको ‘व्रिफिङ’मा पनि सो कुरालाइ खतराको संकेतको रूपमा औंल्याइएको छ । विगतमा यस्ता संगठनहरूको चलखेल मुख्य रुपले तराईका पर्सादेखि मोरङसम्मका आठ जिल्लामा हुने गरेकोमा वर्तमान सरकार गठन भएपछि त्यसले राजधानीमा समेत प्रवेश पाएको छ। मध्य पश्चिम र सुदुर पश्चिमका जिल्लाहरू झनै संक्रमित हुदै गएका छन् ।  

कति छन् त नेपालमा संघर्षरत सशष्त्र भुमीगत संगठनहरू ?

क्रम

संगठनको नाम

नेतृत्वकर्ता

क्रम

संगठनको नाम

नेतृत्वकर्ता

०१

अखिल तराई मुक्ति मोर्चा

गोइत

०२

जनतान्त्रिक तराई मुक्ति मोर्चा

ज्वालासिंह

०३

अखिल तराई मुक्ति मोर्चा

प्रताप

०४

जनतान्त्रिक तराई मुक्ति मोर्चा

राजन

०५

जनतान्त्रिक तराई मुक्ति मोर्चा

पृथ्वी

०६

तराई गणतान्त्रिक मुक्ति मोर्चा

 

०७

सुदूरपश्चिम क्रान्ति दल

 

०८

जनतान्त्रिक तराई मुक्ति मोर्चा

विस्फोट

०९

नेपाल डिफेन्स आर्मी

 

१०

राष्ट्रिय आर्मी नेपाल

 

११

जनवादी गणतान्त्रिक तराई मुक्ति मोर्चा

 

१२

तराई कोब्रा

 

१३

तराई बागी

 

१४

नेपाल जनतान्त्रिक पार्टी

 

१५

थारु राष्ट्रिय मोर्चा नेपाल

 

१६

नेशनल रिपब्लिकन पार्टी नेपाल

 

१७

मधेस स्पेसल फोर्स

 

१८

मधेसी भाइरस किलर पार्टी

 

१९

उन्थान संघ

 

२०

नेशनल टेररिष्ट इन्काउण्टर कमिटी

 

२१

लिवरेसन टाइगर अफ तराई इलम  (एलटीटीइ)

 

२२

गोर्खा मुक्तिमोर्चा

 

२३

जनतान्त्रिक तराई मुक्तिमोर्चा  (पवन)

पवन

२४

नेपाल गणतान्त्रिक योङ टाइगर्स ग्रुप

 

२५

तराई जनक्रान्ति मोर्चा

 

२६

संयुक्त जनक्रान्ति मोर्चा

 

२७

नागराज

 

२८

जीएएफपी रणवीर सेना नेपाल

 

२९

संयुक्त विद्रोही मोर्चा

 

३०

संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा

 

३१

तराई मुक्ति मोर्चा

 

३२

मधेसी टाइगर्स

 

३३

मधेस मुक्ति टाइगर्स

 

३४

भाइरल किलर

 

३५

तराई डिफेन्स आर्मी

 

३६

जनवादी तराई मुक्ति मोर्चा

 

३७

अजिङ्गर एक्स

 

३८

उल्फा समूह 

 

३९

नेपाल गोरखा आर्मी

 

४०

तामाङ कोब्रा

 

४१

तराई आर्मी

 

४२

राष्ट्रिय मुक्ति सेना

 

४३

किरात जनवादी वर्कर्स पार्टी

 

४४

खुम्बुवान लडाकू दल

 

४५

मंगोल अर्गनाइजेसन

 

४६

नेपाल रेकल्स ग्रुप

 

४७

मधेस लिवरेसन टाइगर्स

 

४८

मधेसी जनमुक्ति मोर्चा

 

४९

तराई कन्ट्रोल आर्मी

 

५०

राष्ट्रिय जनतान्त्रिक पार्टी

 

५१

भीषण हिमाली बाघ

 

५२

जनतान्त्रिक तराई मुक्ति मोर्चा (रणवीर)

रणवीर

५३

डिफेन्स नेपाल अफ त्रिशूल सेना

 

५४

मंगोलियन रिकेल्स

 

५५

इन्टरनेशनल टाइगर्स

 

५६

तराई मिलिट्री मोर्चा

 

५७

संयुक्त जनतान्त्रिक (आनन्द)

आनन्द

५८

राष्ट्रिय समानान्तर ज्वालामुखी

 

५९

मधेस राष्ट्र जनतान्त्रिक पार्टी (क्रान्तिकारी)

 

६०

जनतान्त्रिक मुक्ति मोर्चा

 

६१

जनशक्ति क्रान्तिकारी पार्टी

 

६२

तराई संयुक्त जनतान्त्रिक पार्टी

 

६३

संयुक्त थारु मुक्ति मोर्चा

 

६४

पल्लो किरांत लिम्बुवान राष्ट्रिय मञ्च

 

६५

तराई इन्काउन्टर पार्टी

 

६६

तराई एकता परिषद्

 

६७

महान मधेस क्रान्तिकारी पार्टी

 

६८

शान्तिका लागि क्रान्ति तराई

 

६९

मधेस तराई मञ्च

 

७०

रोयल डिफेन्स आर्मी

 

७१

खम्बुवान राष्ट्रिय मोर्चा

 

७२

खम्बुवान डेमोक्रेसी मञ्च

 

७३

संघीय लिम्बूवान राज्यपरिषद् (कुमार लिङ्देन)

कुमार लिङ्देन

७४

संघीय लिम्बूवान राज्य परिषद् (सञ्जुहाङ पालुह्वा)

सञ्जुहाङ पालुह्वा

७५

संघीय लिम्बूवान राज्यपरिषद् (मिसेकहाङ)

मिसेकहाङ

७६

जनतान्त्रिक तराई मुक्तमोर्चा (तुफान)

तुफान

७७

अखिल तराई मुक्तिमोर्चा

 

७८

रेभ्यूलुशनरी लेफ्ट विङ्ग

 

७९

मधेसी साइलेन्ट किलर्स

 

८०

तराई राष्ट्रिय मुक्ति सेना

 

८१

तराई राष्ट्रिय जनक्रान्ति पार्टी (क्रान्तिकारी)

 

८२

मधेस राष्ट्र जनक्रान्ति पार्टी

 

८३

तराई कन्ट्रोल पार्टी

 

८४

मधेसी राष्ट्र जनतान्त्रिक पार्टी

 

८५

मधेस राष्ट्र जनतान्त्रिक तराई मुक्तिमोर्चा (क्रान्तिकारी)

 

८६

तराई लिवरेसन फोर्स

 

८७

पिपुल्स आर्मी

 

८८

तराई जनजागरण संघर्षशील मोर्चा

 

८९

तराई पुत्र

 

९०

मधेस क्रान्तिकारी दल

 

९१

डाइनोसर

 

९२

तराई जनमुक्ति क्रान्तिकारी पार्टी

 

९३

तराई कमाण्डो

 

९४

तराई टाइगर्स

 

९५

ययाम भूमि मधेस सरकार

 

९६

राष्ट्रिय लिवरेसन आर्मी

 

९७

संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा

 

९८

संयुक्त लिवरेसन फ्रन्ट अफ नेपाल

 

९९

तराई जनतान्त्रिक पार्टी

 

१००

मधेसी मिसन जनतान्त्रिक तराई मुक्ति मोर्चा

 

१०१

तराई मधेस पार्टी

 

१०२

तराई मधेस मुक्ति टाइगर्स

 

१०३

मधेस तराई मुक्ति मोर्चा

 

१०४

जनतान्त्रिक तराई मुक्तिमोर्चा (हिम्मत समूह)

हिम्मत

१०५

हिन्दु सेना

 

१०६

शाही मुक्ति मोर्चा

 

१०७

हिन्दु राष्ट्र निर्माण सेना

 

१०८

 

 

वर्तमान सरकार नेपालको शान्ति प्रक्रिया विथोलेर माओवादीलाई फेरी जंगल पठाउन र सत्ता कब्जा गर्न उद्यत छ। यस अभियानलाई राष्ट्रिय र अन्तराष्ट्रिय शक्ति केन्द्रहरूले हर तरहले भरपुर सघाईरहेका छन् । यो कुरा राम्ररी वुझेको माओवादीले तत्कालै यो योजना पुरा हुन नदिने देखिएकाले तात्कालिन रूपमा यि साना संगठनहरू मार्फत द्वन्द वढाउंदै जाने र मुलुकमा अव्यवस्था वढाउंदै लैजाने शक्तिकेन्द्रहरूको रणनिती रहेको वताइएको छ । तसर्थ सरकारले जतिसुकै फुर्ति लगाएपनि तत्कालै यि संगठनहरूमाथी नियन्त्रण गरि मुलुकमा शान्ति कायम गर्ने कुनै संभावना समेत देखिंदैन ।

 
8 टिप्पणीहरु

Posted by on जुलाई 28, 2009 in BLOG, NEWS

 

8 responses to “किन वढ्दै छन् नेपालमा सशष्त्र संगठनहरू ?

  1. GB

    जुलाई 28, 2009 at 6:58 बिहान

    Aba bhani chai kehi hunchha ki ? Sabai jana armed bannu parchha.

     
  2. Vir Gorkhali

    जुलाई 28, 2009 at 11:16 बिहान

    अव फेसनै भै हाल्यो, म चाहिं १०८ नंवरको खोल्न पर्ला जस्तो छ । ठांउ पनि खाली राख्दिनु भा रै छ ।

     
  3. नेपालभक्त महतो

    जुलाई 28, 2009 at 11:18 बिहान

    यो सवै इण्डियाकै करामत हो ।

     
  4. Bishal

    जुलाई 28, 2009 at 12:24 बेलुका

    …………. तात्कालिन रूपमा यि साना संगठनहरू मार्फत द्वन्द वढाउंदै जाने र मुलुकमा अव्यवस्था वढाउंदै लैजाने शक्तिकेन्द्रहरूको रणनिती रहेको वताइएको छ ।

     
  5. चारू घले

    जुलाई 28, 2009 at 12:25 बेलुका

    विगतमा यस्ता संगठनहरूको चलखेल मुख्य रुपले तराईका पर्सादेखि मोरङसम्मका आठ जिल्लामा हुने गरेकोमा वर्तमान सरकार गठन भएपछि त्यसले राजधानीमा समेत प्रवेश पाएको छ। मध्य पश्चिम र सुदुर पश्चिमका जिल्लाहरू झनै संक्रमित हुदै गएका छन् । Neta haru lai K bhannu ra khai …….

     
  6. एक्लो मन

    जुलाई 30, 2009 at 4:02 बेलुका

    la badhai chha atanka badi sangathan haru lai. India ko goti banera Nepal ma atanka machhauna subhakamana chha. Nepal ka namarda neta haru lai Marna parne ho. sakchhan ki sakdainan.

     
  7. एक्लो मन

    जुलाई 30, 2009 at 5:52 बेलुका

    रमाइलै हुने भयो हुल्लडवाज हरूको संगठनले

     
  8. JOSEF

    अगस्ट 1, 2009 at 11:46 बिहान

    AILE TA 109 PO PUGE RE BHANNE SUNEKO THYE TA
    DIN DINAI BADHE KO BADHEKAI CHHAN.

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: