RSS

झोले पत्रिकाको बिगविगीले बास्तबिक पत्रकार मर्कामा

30 Jul

भक्तपुर

नेपाल प्रेस काउन्सिलले नयां पत्रिका बर्गीकरण गर्ने तयारी गरेको छ । काउन्सिलले बिना बजार अनुगमन प्रकाशकले दावा गरे अनुरुपको बिबरणलाई बिश्वास गरी बर्गीकरण गर्दै आएको छ । यसै सन्दर्भमा रविन राचलिका हरीत समूह, भक्तपुरले भक्तपुरका पत्रपत्रिकाको बितरण स्थिति अनुसन्धान गरेको छ । अनुसन्धानको नतिजा www.geocities.com/greenteam.org  मा हेर्न सकिन्छ ।

भक्तपुरबाट प्रकाशित हुने पत्रिकाहरुको नामावली प्रेस काउन्सिल र सुचना बिभागबाट प्राप्त गरी समूहले अनुसन्धान गरेको थियो । असार १५ गते देखि साउन १० गते सम्म गरिएको अनुसन्धानबाट भक्तपुरका अधिकांश पत्रिका झोले पत्रिकाको रुपमा प्रकाशित हुने गरेको पाइएको छ । जिल्लाबाट प्रकाशित हुने २८ वटा पत्रपत्रिकाको बजार अनुगमन गरिएको थियो ।

अनुगमन पछि यहां प्रकाशित हुने पत्रिकाहरुलाई तीन बर्गमा बांडिएको छ । नियमित, बिज्ञापन संकलक र झोले पत्रिका गरी तीन बर्गमा पत्रिकाहरुको बर्गीकरण गरिएको हो ।

नियमित भनेर बर्गीकरण गरिएका पत्रिकाहरु बजार अनुगमनको क्रममा पत्रिका पसलहरुमा सर्बसुलभ तरिकाले बितरण पाइएकाहरुलाई जनाइएको छ । यस अन्तर्गत ६ वटा पत्रिकाहरु परेका छन् । हरेक दिन अर्थात बर्षमा ३६५ दिन मै प्रकाशित हुने मजदुर दैनिक यस बर्गमा परेको छ । हरेक हप्ता नबिराइकन प्रकाशित हुने श्रमिक साप्ताहिक पनि यसै बर्गमा पर्न सफल भएको छ । यसै गरी पुनर्जागरण साप्ताहिक, देशप्रेम साप्ताहिक, सन्ध्यादृष्टि दैनिक र थिमी टाइम्स यस बर्गमा परेका पत्रिकाहरु हुन । बिज्ञापन संकलक तथा झोले पत्रिकाको कारण यी पत्रिकाहरुलाई समेत अबिश्वास गर्ने गरिएको हुदा यिनीहरु नैतिक रुपमा पिडीत भएका छन् ।

बिज्ञापन संकलन गरेर मुनाफा कमाउन पत्रकारितालाई कालो धन आर्जन गर्ने साधनका रुपमा प्रयोग गर्ने प्रकाशकहरुको पत्रिकाहरुलाई बिज्ञापन संकलक पत्रिका भनी बर्गीकरण गरिएको छ । यसमा पर्ने पत्रिकाहरुले सरकारी तथा गैर सरकारी सरकारी कार्यलयहरुमा गइ बिज्ञापनको बार्गेनिङ गर्ने गरेका छन् । यदि बिज्ञापन पाइएन भने सो कार्यलयसंग सम्बन्धित ब्यक्तिहरुको बारेमा कपोकल्पित समाचार बनाइ चरित्र हत्या गर्ने गरेको पाइन्छ । मालपोत कार्यालय, जनक शिक्षा सामाग्री केन्द्र, नापी बिभाग, जिल्ला बिकास समिति भक्तपुर, भक्तपुर नगरपालिका, जिल्ला शिक्षा कार्यलय, जिल्ला बन कार्यालयका कर्माचारी यस बर्गमा पर्ने पत्रिकाहरुबाट पिडित हुने गरेका छन् । यी पत्रिकाहरुमा संग्लग्न भएका प्रकाशकहरु निजी पेट्रोल पम्पहरुमा सित्तैमा पेट्रोल भर्न आउने यहां पेट्रोल पम्प ब्यबसायीहरुले गुनासो रहेको छ । यस बर्गमा परेका पत्रिकाहरु ५ वटा रहेका छन् । प्रक्षेपण दैनिक, समयसमाज साप्ताहिक, नेपालन्युज साप्ताहिक, दवाब साप्ताहिक र धरहरा टाइम्स साप्ताहिक यस बर्गमा परेका पत्रिकाहरु हुन । सोम बजगाई, अमर भुजु, बिकल प्रसाद श्रेष्ठ, भेषबहादुर कार्की, रमेश खड्का नामका मानिसहरु यी पत्रिकामा आबद्ध रहेका छन् ।

अर्को थरी पत्रिका झोले पत्रिका हो । यी पत्रिका झोलामा अट्ने प्रति मात्र छापिने गरेका छन् । यहां १७ वटा यस्ता झोले पत्रिकाहरु छापिने गरेको छ । प्रेस काउन्सिलमा बर्गीकरणको लागि समेत बुझाइएका यी पत्रिकाहरु बजारमा कतै उपलब्ध हुन सकेनन् । सर्मिला लवनु संवाददाता भनी किटान गरिएको नबदेश साप्ताहिक केही प्रति छापेर बिज्ञापनदाताहरुलाई मात्र बितरण गर्ने गरिएको छ । यस पत्रिकाका सम्पादक सोम बजगाई हुन । महिला प्रकाशक रेखा बजगाइ रहेको नबदेश साप्ताहिक पत्रिका बर्गीकरणमा महिलालाइ सहुलियत दिने भए पछि छापिदै आएको हो । यसरी झोले पत्रिका अन्तर्गत बर्गीकरण भएका अन्य पत्रिकाहरुमा आगो साप्ताहिक, मैया घिमिरेको नाममा दुइवटा झोले पत्रिकाहरु बाचा साप्ताहिक र बालसाथी साप्ताहिक छापिने गरिएको छ । फोटोकपी गरी यी पत्रिकाहरु नेपाल प्रेस काउन्सिलमा दर्ता भइरहेका छन् । तर्जुमा साप्ताहिक, समाचार मञ्च साप्ताहिक, साझा बिचार साप्ताहिक, राजधानी एक्सप्रेस साप्ताहिक, बयान साप्ताहिक, साप्ताहिक बिमर्श यो काठमाण्डौबाट प्रकाशित हुने बिमर्श साप्ताहिक होइन, क्रान्तिकारी आवाज, नवशक्ति साप्ताहिक, रफत सञ्चार मासिक, बिश्व तहल्का साप्ताहिक, मनोहर मासिक, थेमृङ मासिक र दिनपत्र साप्ताहिक झोले पत्रिका भनी बर्गीकरण गरिएको छ । पत्रिका बर्गीकरण गर्ने आधिकारीक निकाय नेपाल प्रेस काउन्सिलले गलत पत्रिकाहरु समेत बर्गीकरण गरेर बास्तबिक पत्रिकाहरुले पाउनु पर्ने लोककल्याणकारी बिज्ञापनको रुपमा न्युन सहुलियत प्राप्त गरिरहेको छ ।

पत्रकारिता भएका बिकृति अन्त्य गर्न बर्गीकरणको मान्यतालाई पुर्नबिचार गरिनु पर्दछ । होइन भने बास्तबिक पत्रिकाले पाउनु पर्ने सरकारी सुबिधा र सहुलियतको मज्जा चोर फटाहाहरुले गर्ने मौका पाइरहने छ । यसबाट पत्रकारितालाई चोर फटाहाहरुको पेशाको रुपमा नागरीक समाजले लिने सम्भावना छ । यसैले नेपाल भइरहेका पत्रकारिता क्षेत्रका बिकृतिहरु निर्मुल गर्न सम्पुर्ण आवाज बिहिनहरुको आवाज सम्प्रेषण गर्न भनी पत्रकार भएको नेपालीहरु एकजुट हुने बेला भएको छ ।

–   रविन राचलिका हरीत समूह, भक्तपुर

 
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: