RSS

चारु मजुमदार : दक्षिण एशियाका सच्चा क्रान्तिकारी योद्धा

01 Aug

महान् अक्टोवर क्रान्तिको गर्जनले सिंगो धर्ती गुन्जायमान भएकै वर्ष सन् १९१७ मा भारतीय क्रान्तिको महान् नायक चारु मजुमदारको जन्म भएको थियो । सामान्य विद्यालयका शिक्षक चारुका पिता वीरेश्वर मजुमदार भारतीय स्वतन्त्रता संग्राममा हेलिएका एक योद्धा थिए ।

उनकै कारण स्वतन्त्रता के हो भन्ने कुराको छाप चारुको बाल हृदयमा गहिरोसाग परेको थियो । कांग्रेस पार्टीका सदस्य रहेका चारुका पिता अंग्रेजी गुलामीबाट भारत स्वतन्त्र भएमा भारतीय जनताले अभावको जिन्दगी बांच्नु नपर्ने कुरा पटक-पटक बताउनु हुन्थ्यो । पश्चिमबंगालको सिलगुढीस्थित स्थानीय एक विद्यालयमा चारुको प्रारम्भिक पढाइ सुरु भएको थियो । पातलो शरीर भएका चारु पढ्न त्यति कमजोर थिएनन् । तर उनले अरुलाई उछिन्नका लागि कहिल्यै प्रतिस्पर्धा गरेनन् । बरु उनले आफूभन्दा माथिल्लो कक्षाका साथीहरूलाई पढ्नका लागि र तल्लो कक्षाका असहाय विद्यार्थीहरूलाई आफ्नो किताबहरू बांडेर मद्दत पुर्याउने गर्थे ।

युवा चारुले माध्यमिकस्तरको पढाइ सकेर कलेज भर्ना हुने समयमा भारतीयहरू स्वतन्त्रताका लागि अरु जुर्मुराएका थिए । चारैतिर विद्रोहका झिल्का देखापर्न सुरु भएको थियो । भारतीय आकाशमा स्वतन्त्रताका सुन्दर सपनाहरू उदाइरहेका थिए । चारुको विद्रोही युवा मन पढाइतिर भन्दा मुक्तिका यी तुफानी तरंगतिर आकर्षित हुनु स्वाभाविक थियो र भयो पनि । फलस्वरुप आइएस्सीको परीक्षा चलिरहेको समय आफ्ना सारा पुस्तकहरू साथीहरूलाई बांडेर उनी कलेजबाट अचानक गायव भए । युवा चारु मनभित्रको आाधीजस्तै उर्लेको विद्रोहको निकासको खोजीमा थिए । जनताले जहां संघर्ष तीव्र बनाएका थिए, चारुको विश्वविद्यालय त्यही बन्न पुग्यो । कलेज छाडेर घुमन्ते यात्रीझैं हिाडेका उनी हालको बंगलादेशमा पर्ने पचागढमा पुगे । पचागढस्थित पृथ्वी पाठशालाको शिक्षक माधवदत्तसंग भेटेपछि उनको मनभित्रको जिज्ञासा केही शान्त भयो । दत्तबाट उनले कम्युनिष्ट पार्टी तथा रुसमा सम्पन्न अक्टोवर क्रान्तिको बारेमा जान्ने अवसर पाए । उनलाई किताबी ज्ञानभन्दा व्यवहारिक ज्ञानको बढी भोक थियो । चारुले श्रमजीवी किसानद्वारा चलाएको आन्दोलनलाई विश्वविद्यालय बनाउन आन्दोलनको महासागरमा हाम फाले र सम्पूर्ण जीवन किसान-मजदुरको मुक्तिका लागि समर्पित गरे ।

आाधी-हुरीझैं बेगवान गतिमा क्रान्तिको गौरवशाली यात्रामा होमिएका चारुको व्यक्तित्व वर्गसंघर्षकै बीचबाट खारिएर स्थापित भयो । तर उनी विवादमुक्त रहन सकेनन् । तत्कालीन विश्व कम्युनिष्ट आन्दोलनमा चलेको महान् बहसले प्रत्येक मुलुकको क्रान्तिकारी आन्दोलन र त्यसको नेतृत्वकर्तालाई या वा त्यो ध्रुवमा उभिनु अनिवार्य गराएको थियो । चारु ख्रुश्चेवी संशोधनवादको विरुद्ध जबरजस्त उभिनुभयो । यही परिवेशमा चीन-भारत सीमा विवाद उत्कर्षमा पुग्दै थियो । जसको कारण भारतीय कम्युनिष्ट पार्टीभित्र तीव्र विवाद पैदा भयो । राष्ट्रवादको नाममा भारतीय कम्युनिष्ट आन्दोलनभित्र छिरेका संशोधनवादीहरूले चीनविरोधी अभियान नै चलाए । चारुले त्यसको डटेर सामना गर्नुभयो । बहसको क्रममा चारुले भावावेशमा आएर भन्नुभयो ‘तपाइंहरूसंग यसबारेमा मलाई केही भन्नु छैन । किनभने म आफूलाई चिनिया कम्युनिष्ट पार्टीको पश्चिमबंगाल कमिटीको सदस्य ठान्दछु ।’ अन्धराष्ट्रवादको आडमा चीनविरोधी नारा उरालेर किसान-मजदुरको आन्दोलनलाई कमजोर पार्ने उद्देश्यका साथ आन्दोलनमा छिरेका संशोधनवादीमाथि यो एउटा ठूलो प्रहार थियो । तर यो अभिव्यक्ति चारुलाई बदनाम गराउन चारुविरोधीहरूको लागि एउटा ठूलो हतियारसमेत बन्न पुग्यो ।

चर्चित नक्सलवादी आन्दोलनको प्रणेता तथा कृषि क्रान्तिको दृढ पक्षपोषक चारु मजुमदारले श्रमजीवी वर्गको विचारधारात्मक संघर्षमा समेत महत्वपूर्ण योगदान पुर्याएका थिए । आफ्नो प्रख्यात आठ दस्तावेजमार्फत उनले संशोधनवादमाथि प्रभावकारी हमला गरेका छन् । ग्रामीण इलाकामा समेत वर्गविश्लेषणमा जोड दिंदै चारुले जनताको आन्दोलनलाई आंशिक उपलब्धिको सीमामा कैद गर्ने संशोधनवादी चिन्तनबाट बाहिर निकालेर राजनीतिक सत्ता प्राप्तिको मुख्य मुद्दातिर केन्दि्रत गर्ने प्रयास गर्नुभयो । उहांले लेख्नुभयो ‘केही कमरेडहरू केही निश्चित मागका लागि आन्दोलन गर्नुलाई नै पार्टीको राजनीतिक काम पूरा भएको ठान्दछन् । यही आन्दोलनमार्फत प्राप्त भएको उपलब्धिलाई आफ्नो जित सम्झन्छन्, तर हामी माक्र्सवादीहरूलाई थाहा छ कि क्रान्तिकारी पार्टीको राजनीतिक काम पूरा हुनुको अर्थ सर्वहारावर्गको राजनीतिक सत्ता स्थापना गर्नु हो ।’ किसान-मजदुरलाई संगठित गर्ने क्रान्तिकारी पार्टी निर्माणका लागि उहांले लिनुभएको पहलकदमी संशोधनवादमाथिको ठूलो वैचारिक हस्तक्षेप साबित हुन पुगेको थियो । सन् साठीको दशकमा भारतमा संशोधनवादी गढलाई भत्काएर क्रान्तिकारी केन्द्र बनाउने प्रयासमा चारुले धेरै ठूलो लडाइा लड्नुपर्यो ।

विभिन्न प्रवृत्तिहरूलाई पराजित गरेर पार्टी निर्माण गरेपछि क्रान्तिको ज्वारभाटा सृष्टि गर्न उहां हुरी झैं दौडनुभयो । सन् सत्तरीको दशकलाई मुक्तिको दशक बनाउने दृढसंकल्प बोकेर किसानहरूलाई जागृत पार्दै हिंडनुभएको चारुले आफ्नो कमजोर स्वास्थ्यको ख्याल गर्नुभएन । सिंगो भारतवर्षलाई क्रान्तिको सुन्दर विगुलद्वारा गुन्जायमान बनाउादै अघि बढेको बेला त्यही विद्रोहको गर्जनद्वारा प्रेरित भएर नेपालमा ऐतिहासिक झापा विद्रोह सम्भव भएको थियो ।

तेभागा आन्दोलनदेखि तेलंगना हुँदै नक्सलबाढी आन्दोलनसम्म आइपुग्दा चारु एक लोकप्रिय व्यक्तिव्व मात्र बनेनन्, उनलाई उनको विरोधीहरूले एक विवादास्पद व्यक्तिको रूपमा उभ्याउन खोजे । आफ्नो वर्गदृष्ट्रिकोण अनुसार, उनका विरोधीहरूले उनलाई अराजकताको प्रतिकको रूपमा परिभाषित गरे । कम्युनिष्ट अन्तर्राष्ट्रवादको पक्षमा दृढतापूर्वक उभिएका चारुको देशभक्तिको बारेमा प्रश्न उठाइयो र उनको उचाइ घटाउने प्रयास भयो । अर्काको कुर्कुच्चा काटेर आफ्नो वास्तविक उचाइ बढ्दैन भन्ने कुरालाई संशोधनवादीहरूले बुझ्न सकेनन् । राष्ट्रप्रेमको भावनालाई उजागर गर्दै चारुले लेख्नुभयो- ‘विदेशी दलाल र हत्याराहरूका विरुद्ध तीव्र घृणा पैदा गर्नु प्रत्येक भारतीयहरूको पवित्र जिम्मेवारी हो । विदेशी दलालहरूलाई खत्तम नपारेसम्म भारतीय जनताको मुक्ति सम्भव छैन ।’ उहांविरुद्ध दुस्प्रचारको लागि सरकारी सञ्चारमाध्यमहरूको प्रयोग भयो । उनलाई सिआइएको एजेन्टको रूपमा, जमिन्दारको रूपमा, हिंसाको पुजारीको रूपमा प्रचारित गरियो ।

तर दक्षिण एसियाका क्रान्तिका यी लाल नक्षेत्रले आफ्नो जीवन व्यवहारद्वारा यी सबै आरोपहरूको खण्डन गरे । उनी जति बांचे क्रान्तिका लागि बांचे र मृत्यु पनि क्रान्तिकै लागि वरण गरे । १६ जुलाई १९७२ मा कलकत्ताको एक सेल्टरबाट पार्टीकै सुराकीद्वारा गिरफ्तारीमा परेका चारु फेरि किसानहरूको बीचमा जान पाएनन् । विरामी अवस्थामा पक्राउ परेका चारुलाई लालबजारको केन्द्रीय कारागारमा औषधी नदिइ अमानवीय ढंगले राखियो । क्रान्तिकारी आशावादिताका साथ चारु विना औषधी बाह्र दिनसम्म मृत्युसाग जुधेर २८ जुलाई १९७२ मा क्रान्तिलाई अधुरै छाडेर भौतिक रूपमा बिदा भए । औषधी नपाएर मृत्युको मुखमा पुगेका चारुले त्यसबेला दृढतापूर्वक भनेका थिए- ‘भारतमा क्रान्ति भएरै छाड्छ ।’ आज भारतमा एकपछि अर्को सफलता हासिल गर्दै अघि बढेको जनयुद्ध चारुको दृढताको प्रमाण हो । भारत मात्र होइन, सिंगो विश्व नै एक दिन सर्वहारा वर्गले जित्नेछ । त्यो दिन चारुलगायत जनमुक्ति अभियानमा जीवन उत्सर्ग गर्ने लाखौं योद्धाहरूको अधुरो सपना पूरा हुनेछ ।

पार्टी र कार्यकर्ताबारे चारु भन्नुहुन्छ

एउटा क्रान्तिकारी पार्टी विना क्रान्ति कहिल्यै पनि सफल हुन सक्दैन । त्यस्तो पार्टी, जुन पार्टी दृढ रूपले माओ विचारधारामाथि आधारित हुन्छ, आत्मबलिदानले प्रेरित लाखौं लाख मजदुर, किसान र मध्यमवर्गीय युवकहरूद्वारा गठित हुन्छ, जुन पार्टीभित्र आलोचना र आत्मालोचनाको पूर्ण जनवादी अधिकार हुन्छ र जुन पार्टीका सदस्यहरूले आफ्नो इच्छा र स्वतन्त्र रूपले हरेक निर्देशनलाई जांच्ने गर्दछ र क्रान्तिकारी अनुशासन मानिरहेको हुन्छ, जुन पार्टी केवल माथिको हुकुम मानेर मात्रै हिाड्ने गर्दैन, स्वतन्त्र रूपले स्वार्थमा गलत निर्देशनको खण्डन गर्नबाट कदापि हिच्किचाउंदैन, जुन पार्टीका हरेक सदस्यले आफ्नो इच्छाले काम छान्दछन् र सानोदेखि ठूलो सबैलाई समान महत्व दिन्छन्, जुन पार्टीका सदस्यहरू कुनै पनि हालतमा हतास हुंदैनन्, जस्तोसुकै कठिन परिस्थितिबाट पनि डराउंदैनन् र त्यस्ता समस्याहरू हल गर्नका लागि दृढतापूर्वक अगाडि बढ्छन्, हो त्यस्तै खालको एउटा पार्टी देशका विभिन्न वर्ग र मतहरूका जनतालाई एकताबद्ध मोर्चामा संगठित गर्न सक्छ । त्यस्तै खालको एउटा क्रान्तिकारी पार्टीले भारत वर्षको क्रान्तिलाई सफल पार्न सक्छ ।

अन्ध नक्कल गर्ने प्रयास हानिकारक छ । यदि आफ्नो विचार गर्ने शक्तिलाई नष्ट गर्ने हो भने कम्युनिष्ट कसरी बनिन्छ ? सिर्फ आफ्नो अनुभूतिबाट मात्रै विश्वासको जन्म हुन्छ र विश्वासबाटै आउंछ- दृढसंकल्प ।

(भारतीय क्रान्ति के महानायक कामरेड चारु मजुमदारबाट)

शब्द चित्रमा चारु मजुमदार

+     जन्म : १९१७ वनारस

+     १९३७ मा अखिल बंगाल विद्यार्थी संगठनमा आबद्ध

+     १९३८ मा कांग्रेस पार्टीमा सम्मिलित, बिडी कामदारलाई संगठित गर्ने अभियान

+     कांग्रेस परित्याग र भारतीय कम्युनिष्ट पार्टीमा आबद्ध

+    १९४२ जल्पाइगुढी जिल्ला कमिटी सदस्य

+     १९४६ मा उत्तरी बंगालको तेभागा सशस्त्र संघर्षमा सामेल

+     १९४८ भारतीय कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध चारु गिरफ्तार ३ वर्ष जेल चलान

+     १९५४ पार्टी सदस्य लिलासेन गुप्तासाग वैवाहिक सम्बन्धमा आबद्ध

+     १९५६ को पालघाट महाधिवेशनमा पार्टीको संस्थापन पक्षसाग वैचारिक मतभिन्नताको बहस प्रारम्भ

+     १९६२ मा भारत-चीन युद्धको बेला पुनः गिरफ्तार

+     १९६४ मा भारतीय कम्युनिष्ट पार्टीमा फुट र चारु विभाजित भाकपा (माक्सवादी)मा आवद्ध

+     १९६४-६५ गम्भीर बिरामी, चिकित्सकले दिएको आग्रह अस्वीकार गर्दै पार्टी काममा संलग्न

+     १९६७ मा भारतीय कम्युनिष्ट पार्टी -माक्सवादी)साग विवाद र नक्सलवादी जनविद्रोहको नेतृत्व

+     १९६७ नोभेम्वर १२-१३ मा अखिल भारतीय क्रान्तिकारी कम्युनिष्ट तदर्थ समिति गठन र अप्रिल २, १९६९ मा त्यसको नाम परिवर्तन गरी भाकपा (मार्क्सवादी लेनिवादी) गठन, चारु मजुमदार महासचिवमा निर्वाचित

+     सन् १९७१ मा धेरै क्रान्तिकारी कम्युनिष्ट नेताहरूको हत्या र चारु मजुमदार भूमिगत

+     १९७२ मा मजुमदार भारतीय सरकारद्वारा सर्वाधिक खोजी गरिएको व्यक्तिको सूचीमा 

+     १९७२ जुलाई १६ मा कलकत्ताको भूमिगत स्थानबाट गिरफ्तार

+     क्रुर यातनास्थल मानिने लालबजार प्रहरी चौकीमा थुना कानुनव्यवसायी परिवारका सदस्य, चिकित्सक कसैलाई पनि भेटघाट गर्न प्रतिबन्ध

+     यातनाकै कारण ४ अगष्ट १९७२ मा सोही हिरासतमा चारु मजुमदारको मृत्यु

+    लाशसमेत परिवारलाई नदिई सोझै मसानघाटमा लगेर सरकारद्वारा जलाउने काम

+     आजको भाकपा (माओवादी) आन्दोलनमा चारु मजुमदारकै वैचारिक योगदान ।

सन्दर्भ : ३७ औ स्मृति दिवस, महिमा डेस्क/काठमाडौं

 
2 टिप्पणीहरु

Posted by on अगस्ट 1, 2009 in HOME, SPECIAL

 

2 responses to “चारु मजुमदार : दक्षिण एशियाका सच्चा क्रान्तिकारी योद्धा

  1. Lunna

    अगस्ट 2, 2009 at 5:38 बिहान

    aali chhito bhayo

     
  2. sagar pundit

    अगस्ट 2, 2009 at 11:19 बिहान

    CHARU MAJUMDAR KO BAREMA JANNA PAYEKO MA DHERAI KHUSHI LAGYO , DHANYABAD. YESTAI JANAKAARI HARU PAI RAKHE MA AJHAI RAMRO HUNTHYO.

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: