RSS

बुख्यांचा सरकारको किरिया खर्च दशहजार

02 Aug

-हरि नेपाली

दश बर्षसम्म चलेको नेपाली जनयुद्धले जर्जर बनाएको देशको आर्थिक, सामाजिक, सांस्कृतिक अबस्थाहरु नयां दिशातिर पाइलासार्दै गन्तव्यतिर लागिरहेकोमा कोही पनि अनभिज्ञ छैनन् । मुलुकभित्र तथा बाहिर छरिएर रहेका सम्पुर्ण नेपालीहरुमा शान्तिप्रतिको नवीन आशा पलाएको थियो विगत दुइ वर्षयता । तर बर्षौसम्म देशलाई यथास्थितीमा नै राखिरहन चाहने, रोग भोक, अशिक्षा तथा उत्पीडनमा जनतालाई आक्रान्त बनाइराख्न चाहने, संसदीय राजनितीलाई आफ्नो सर्वस्व ठान्ने लेण्डुपका नवीन पुस्ताहरुका कारण फेरी पनि देश गृहयुद्धमा फस्ने खतरा बढेर गएको छ । अशान्तिका कालाबादलहरु मडारिइरहेको आभाष गर्न थालेका छन् नेपालीहरुले ।

भारतीय सीमानाहरुबाट ट्रकका ट्रकका हतियार भित्रिइरहदा, क्याविनेटका मन्त्रीहरुले हतियार भित्र्याएको स्वीकार गरिरहंदा कठपुतली सरकारका प्रधानमन्त्रीले संविधानसभामा सम्बोधनको नाममा छ सय एकजना सभासदलाई मात्रै नभई सम्पुर्ण जनताका आंखामा धुलो छर्ने कोशिश गरिरहेका छन् । यसबाट के बुझ्न सकिन्छ भने जडौरी राजनैतिक खैजेडी भिरेर बसेका सत्ताका ठेकेदारहरु जनताको हितभन्दा पनि देशलाई अस्थिरताको खाल्डोमा जाकेर हतियारको कमिसनमा लिप्त देखिएका छन् । सैनिक सर्वोच्चताको छत्रछायांमा जननिर्वाचित सरकारलाई सडकमा पुर्‍याएर कथित अलंकारिक राष्ट्रपतिको असिमित अधिकार प्रत्यायोजनमा आंखा चिम्लिएर ल्याप्चे लगाउंदै विदेशी “प्रभु”हरुको आशिर्वादबाट बनेको बुख्यांचा सरकारको अहिलेसम्मका गतिविधीहरुले यिनै कुराहरु इंगित गरिरहेको छ । अझ जनताको शान्तिप्रतिको चाहनालाई स्विकार गर्न नसक्ने तथा जनताबाट तिरस्कृत भएर पनि सत्ताको दाउपेचमा कम्युनिष्टको खोल ओढेर साम्राज्यवाद र विस्तावादको चाकडी गर्न तल्लीन रक्षामन्त्रीको भारत भ्रमणमा भएको हतियार खरिद प्रकरणले मुलुकभित्र सलवलाईरहेका शकुनीहरु अनि शान्तिका बाधकहरु लाशको खेती गर्न एकपाईला अघि सरेका देखिएको छ ।

विश्व अहिले एक्काइसौं शताव्दीमा छ । तर विडम्बना नेपालका मध्यपश्चिमका दुइसय भन्दा बढी जनताहरु भोकमरी र अभावका कारण सिर्जित झाडापखालाको कारण ज्यान गुमाउन वाध्य पारिएका छन् भने कैयौं रोगका शिकार भएका छन् । हजारौ जनताहरु जीवन मरणको दोसांधमा छटपटाइरहेका छन् तर जनफैसला र जनहित विपरित निर्मित सरकारको कानमा महामारी पीडितहरुको क्रन्दनको कुनै बतास लाग्न सकेको छैन । हरुवा र टिकेहरुको बथान लिएर विदेशतिर तिर्थाटन गर्नमा करोडौं रकम विनियोजन गर्न सक्ने सरकारले महामारी फैलिएको यतिलामो समयसम्म पनि भरपर्दो रुपमा रोगको उपचार गर्न नसकेर आफ्नो कठपुतली हैसियत स्पष्ट पार्ने काम गरेको छ । आफ्ना आसेपासे आफन्त तथा कार्यकर्ताहरुबाट संचालित एनजिओ आइएनजिओहरुलाई अनियमितता पुर्वक करोडौ रकम बांड्न सक्ने सरकारले महामारी पीडितहरुहरुलाई आबश्यक उपचारको लागि बाह्र सत्ताइस विधि र प्रक्रियाहरु पुर्‍याउन खोज्नु यो भन्दा ठुलो लाचारी अरु के हुन सक्छ ? अझ लोकाचारको वुझाउने धुनमा रहेका प्रधानमन्त्री पिडीतहरुका माझमा पञ्चकन्यावाट स्वागत ग्रहण गरेर दुवोको माला ढल्काउंदै हिंडेको दृश्य अनि क्षणभरको लागि उपस्थित भएर गोहीको आंशु झार्ने कुचेष्टा गरेको दृश्य कति लाजमर्दो थियो ?  यो कुनै क्रुर नाटक या ति पिडीतहरुप्रतिको व्यंग्य भन्दा अरु केहि हुन सक्छ र ? अझै पीडितहरुलाई दशहजार उपलब्ध गराउने भनाइले बल्झीरहेको घाउमा नुन चुक दल्ने काम मात्र भएको स्थानियहरुको ठहर छ, तर उनिहरु वाध्य छन् सहनलाई, राज्यको उपेक्षा सहने वानि परिसकेको छ उनिहरुलाई तर कहिलेसम्म … ?

ठुलाठुला शहरहरुमा यातायात दुर्घटना, अपहरण या विभिन्न कारणले मारिएका आफ्ना कार्यकर्ताहरूको हकमा क्षतिपूर्ति, राहत तथा अनगिन्ती कोषहरु खडा गरेर दस लाख दिने सरकारले आफ्नै अक्षमताका कारण जाजरकोट, रुकुम, डोल्पालगायतका जिल्लाहरूमा फैलेको हैजावाट ज्यान गुमाउने जनहरूलाई दस हजार दिने भनाई सामन्तवाद तथा प्रतिक्रियावादको पुनरावृत्ति शिवाय अरु केही हुनसक्दैन । जाजरकोटका जनतालाई दशहजार होइन तत्काल औषधीमुलो जरुरी हो, पोषणयुक्त खाद्यान्नको आबश्यकता हो । तर हिजो जनयुद्धको समयमा तिनै वस्तीहरुका जनतालाई कत्लेआम बनाउने बगरेहरुको हुल अहिले पीडितहरुलाई औषधी र दुइछाक खानाको व्यवस्थाको लागि बजेट छुट्याउनु भन्दा हतियारको लागि पैसाको खोलो बगाइरहेका छन् । तिनीहरुलाई जाजरकोटे जनताको कुनै मतलब छैन, किनकि जाजरकोटले ती सत्ताको लोभीहरुलाई केही दिएको छैन । न रुकुमले भोट दियो न डोल्पाले कमिसन दियो । जे दिएको छ विदेशीहरुले दिएको रक्त पिपासु हतियारले दिएको छ अनि द्रव्य पिचासहरुलाई कमिसन त्यतैवाट मिलेको छ । मध्यपश्चिमले न गिरिजालाई केही दियो न माकुनेलाई नत केपी ओली-विद्या भण्डारीलाई नै त्यसैले नै उनिहरु कसैले त्यतातिर ध्यान दिनु आवशयक संझेनन् । महामारी भुसको आगो झैं भित्रभित्रै फैलिदै गइरहेको छ तर सरकार सैनिक नेतृत्व र राष्ट्रपतिको लगौटी समातेर जनतामा रोग नियन्त्रणमा आईसकेको भ्रम छरिरहेको छ ।

अनैतिकताको भर्‍याङ चढाएर सत्तामा पुर्‍याईएका नैतिकहराम र बेशरम सत्ताधारीहरुले अव के बुझ्नुपर्छ भने रोगले पीडित मध्यपश्चिमका वस्तीहरुलाई यतिखेर न त कुनै बख्तरबन्द र हतियारहरु चाहिएको छ, न त गुलियोमा लपेटिएको भ्रम नै यतिखेर उनीहरुलाई चाहिएको जीवन वचाउनको लागि औषधोपचार र दुइ छाक हातमुख जोर्ने बहाना हो । आफू अघाएर फालेको दशहजारले रुकुम जाजरकोटका जनतालाई पुग्दैन । तसर्थ कमसेकम जनतामा तत्काल औषधोपचारको व्यवस्था पुर्‍याउ, र औचित्यपुर्ण राहतको वन्दोवस्त गर । अन्यथा यदि सरकारले यस्तै गैरजिम्मेवारी र जनविरोधी कामहरुलाई नै निरन्तरता दिदै जाने हो भने भोली जाजरकोट, रुकुम र डोल्पाका जनताहरुलाई किरिया खर्च स्वरुप दिएको दश हजार सामन्ती र यथास्थितीवादी सरकारको किरिया खर्चमा अपुग हुन सक्छ । बेलैमा चेतना भया ।

bibash_alone@yahoo.com

 
3 टिप्पणीहरु

Posted by on अगस्ट 2, 2009 in BLOG, GUEST

 

3 responses to “बुख्यांचा सरकारको किरिया खर्च दशहजार

  1. Bishal

    अगस्ट 2, 2009 at 11:07 बिहान

    सरकारको निन्द्रा व्युंझाउने गरि नारा जुलुस हडताल नगरेसम्म यस देशमा केहि हुनेवाला छैन ।

     
  2. एक्लो मन

    अगस्ट 2, 2009 at 11:17 बिहान

    यदि सरकारले यस्तै गैरजिम्मेवारी र जनविरोधी कामहरुलाई नै निरन्तरता दिदै जाने हो भने भोली जाजरकोट, रुकुम र डोल्पाका जनताहरुलाई किरिया खर्च स्वरुप दिएको दश हजार सामन्ती र यथास्थितीवादी सरकारको किरिया खर्चमा अपुग हुन सक्छ । बेलैमा चेतना भया ।

     
  3. rustika

    अगस्ट 2, 2009 at 7:51 बेलुका

    हतियार किनेर भुट्नुपर्ने नेपाली नागरिकहरु हैजाको महामारीले खुरुखुरु माथि ’ गएपछि अर्बौको हतियार र गोलीहरु खर्च त नहुने नै भए कुचोले बढार्नुपर्ने कसिंगर हावाले उडाइदिएपछि’ गायत्रीजीको ढुकुटीमा पनि त…….भैहाल्यो नि । हैन र ?

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: