RSS

मेरो जन्मदिन अर्थात् … … … … … मित्रता दिवस !

02 Aug

विगतका वर्षहरूमा झैं यसपालीपनि मेरो जन्मदिन आयो । तिथीमिती गतेवार घडिपला पालैपालो । जन्मदिनका सम्वन्धमा सवैका आआफ्नै धारणा होलान् कसैले आफ्नो आयु एक वर्ष घट्यो भन्लान्,  कोहि एक वर्ष वुढो भइयो भन्लान् कसैलाइ अली परिपक्व भएं भन्ने लाग्दो हो । आआफ्नै वुझाइ अनुसार जन्मदिन मनाउने तरिकापनि अलग अलग हुने रहेछ यि सवै व्यक्तिगत स्वतन्त्रताका कुरा भए । वुझाइ र धारणा जसको जे भएपनि समयको वहावसंगै आउने यो एउटा नियमित प्रकृया भन्दा केहि होइन भन्ने लाग्छ मलाइ । हाम्रा देशका नेताहरूले झैं यसले आफ्नो गति छाड्दैन, ‘सानालाइ ऐन ठुलालाइ चैन’ भनेर कसैसामु उफ्रने कसैसामु घस्रनेपनि गर्दैन, एकनाश चलिरहन्छ निरन्तर …

मेरो यस्तै धारणा वुझेर नै होला मित्र विवशले यसपाली मलाइ यस्तो शुभकामना लेखि पठाएछन् :-

जन्मदिनको शुभकामना

समय

बामे सर्दैन

दुधे बालकको गतिमा

न त घस्रिन्छ

कछुवाको चालमा नै

यो त वायुपंखी घोडाको

वेगमा दौडने गर्छ

विभिन्न खतराहरुसंग जुध्दै

भिषण मोर्चा जित्न हिडेका

वीर योद्धाहरु झैं अधीर गतिमा ।

यदि समयसंगको स्पर्शलाई नै

जीवनको ठुलो लक्ष्य ठानेर

परिवर्तनको दिशामा बदल्ने

साहस गर्न सकिएन भने

समयको बदलावसंगै

आफै बदलिने भ्रममा

चैनको निद्रा सुतियो भने

समय सगरमाथाको चुली पुग्दा

बंगालको खाडी तिर नै

कावा खाइरहनेछ हाम्रो सगर छुने यात्रा ।

 

आकांक्षाका भारीहरु धेरै छन्,

गन्तव्यमा पुर्‍याउनु पर्ने

मनभरिका सपनाहरु अनगिन्ती छन्,

यथार्थमा बदल्नु पर्ने

तर समयको पावन्दी संगै

सवै सवै पुरा गर्नुपर्ने छ जिम्मेवारीहरु,

यदि आजको भोली

र भोलीको पर्सीलाई सांचियो भने

ती जिम्मेवारीहरु थुप्रिंदै गएर

बज्र बनेर बज्रिनेछ

आफ्नै शिर माथि ।

जति बेला सपना र आकांक्षाहरु

कुरी रहेका हुनेछन् गन्तव्य पुग्ने आशामा

तर त्यतिखेर

समय धेरै टाढा पुगिसकेको हुनेछ

कहिल्यै

अनि कहिल्यै फेरि नभेट्ने गरि ।

 

जिन्दगीको यात्रारत रथसंगै

निरन्तरतामा घटिरहेको छ

अंकित समयका सीमारेखाहरु,

त्यसै रफ्तारमा बढिरहेको छ

अपेक्षाकृत चाहना पंक्तीहरु

यदि जीवित अबधी

लम्बिएको खुसीको उन्मादमा

कर्तव्य र जिम्मेवारीलाई

खोकिलामा थन्काएर

अट्टाहास मात्र गर्ने हो भने

भलै अरुको लागि त सकिएन

आफ्नै लागि पनि केही गर्न

नसक्ने हो भने

आखिर के नै फरक भयो र ?

जिउनुमा अनि मर्नुमा

के नै अर्थ रह्यो र ?

विना उपलब्धीको जन्मदिन

मनाउनु अनि नमनाउनुमा ।

 

त्यसैले,

जिन्दगीका जिजिविषाहरुलाई

अमर र सदावहार बनाउन

समयको बहावसंगै हेलिन सक्नुपर्छ

चुनौतीका पत्रे चट्टानहरु छिचोल्दै

गन्तव्य चुम्न सक्नुपर्छ ।

यात्रारत जिवन समरमा

आँधीवेहरी र हिमपातहरु नाघ्दै

सगरमाथाको शिखरमाथि

सफलताको रातो झण्डा फहराउन

निरन्तर अघि बढिरहनु

कामना जन्मदिनको

शुभकामना जन्मदिनको ।

धन्यवाद मित्र विवश !

विना उपलव्धिको जन्मदिन मनाउनुको कुनै औचित्य नदेखेर नै मैले अझैसम्म आफ्नो एउटै जन्मदिनपनि मनाएको छैन । हुनत उहिले एकसाल मनाउने प्रयास भने गरिएकै हो तर आफ्नो सिद्धान्तवाट नडग्नु रहेछ क्यारे, त्यो प्रयास असफल भयो । त्यतिखेर कामधाम केहि नगरि घरतिरै वरालिएर हिंडेको वेला थियो । घुमिफिरि जन्मदिनपनि आइपुग्यो ठ्याक्क तिथीमिती गतेवार सवै मिलेर एक्कैचोटि । कस्तो संजोग ! मलाइ पनि अचम्म लाग्यो यस्तोपनि हुने रैछ । केहि आफन्तले घरमा सुझाएछन् ‘यस्तो अवसर फेरि आउंदैन, यो मोरो विग्र्यो, पण्डित वोलाएर यसो ग्रहदशा काटिमाग्न पाए केहि गरिखांदो हो कि ?’ वुढि हजुरआमा हुनुहुन्थ्यो उतिवेला, गनगनाउन थालिहाल्नुभयो रातदिन ‘तेरो गरदशा काट्नैपर्छ’ भनेर । हाम्री हजुरआमाको लिंडेढिपीका अघि कसको के जोर ? मैले पनि ‘लौ लौ कटाइदेओ’ भन्न वाध्य हुनैपर्यो । साउन मास, सवैलाइ आआफ्नै कामको हतारो, फेरि ग्रहदशा जस्तो चिज दशैंमा खसी वोका काटेजस्तो च्वाट्ट काट्न पनि नमिल्ने, खवर भयो पण्डितलाइ, तर उनलाइ पनि रहेछ चौमासीक पुराणको चटारो । कहांको पुराण कहां म नाथेको जन्मदिन ! पण्डितले अहिले ग्रहदशा राम्रै छ अलिअलि विग्रेको हो पछि मिलाएर काटिदिउंला भनि पठाएछन्, टण्टै खलास ! यसरि त्यो साल झण्डै झण्डै जन्मदिन मनाइयो । मलाइ कहिलेकाहीं डर लाग्ने गर्छ कतै हाम्रो नयां नेपाल वनाउने सपनापनि यसरि नै तुहिने त हैन ? 

संयोगवश यसै दिन अन्तर्राष्ट्रिय मित्रता दिवस पर्दो रहेछ । मित्रताको मामलामा म अत्यन्त लचिलो मान्छे, शायद मित्रता दिवसमै जन्मेकाले होला ! यसदिन आफ्नो जन्मदिन भन्दापनि म मित्रता दिवस मनाउन रूचाउंछु साथिभाइसंग आत्मियता साटासाट गरेर, शुभकामना आदानप्रदान गरेर ।

आफु या व्यक्तिगत स्वार्थ भन्दापनि सामुहिक भावनामा वांच्न सिक्नु अहिले मुलुकको पनि आवश्यकता हो । विभिन्न गुट उपगुट खोलेर फुटको राजनितीमा रूमल्लिनु भन्दा सिंगो नेपालका सवै जाति भाषा र  समुदायहरू एउटै पारिवारिक मालाभित्र अटाउन पाए देश कति राम्रो र सुन्दर वन्थ्यो होला !  तर सवै कुरा सोचेजस्तो त कहां हुने रहेछ र ? हामी कुरामा जति जति आपसी सद्भाव र भाइचाराका कुरा गर्दै जान्छों, व्यवहारमा त्यति त्यति नै फुट र जातिय अहंकारवाट ग्रसित हुंदै गइरहेका छौं । यदि हामीले आफ्नो व्यवहार र प्रवृत्ति नसुधार्ने हो भने यसरि वन्ने नयां नेपाल कस्तो होला त ? यदि यस्तै हो भने हामीले लगाउने गरेको राष्ट्रवादको नारा केवल खोक्रोमात्र भएन र ?

अहिले हामी मुलुकमा नयां व्यवस्था जन्माउने अत्यन्त जटिल प्रस्रव वेदनामा छटपटाइरहेका छौं, यतिखेर के गर्ने के नगर्ने भन्ने अन्योल र हतास मनस्थितीमा चिल्लाइरहेका नेपाली जनतामाथी नक्कली सुडेनी वनेर आउने विदेशी दलालहरूले वलात्कार गर्ने प्रयास गरिरहेका छन्, गर्भ तुहाउने षडयन्त्र गरिरहेका छन् । तर संरक्षक वनिटोपलेका नेताहरू तिनै दलालहरूको गुलामी गर्नमै मस्त छन् । त्यसैले राष्ट्रिय अस्मिता जोगाउन अव हामी आफैं अग्रसर हुनु जरूरी भइसकेको छ । सदुपयोग गर्न जाने हामीसंग अझै समय छ, हामीले आपसी वेमेल त्यागेर एकजुट हुने हो भने राष्ट्रिय समृद्धि धेरै टाढा छैन । अन्यथा जन्मदिन मनाउने सपना अधुरै भयो भनि माथि उल्लेख भएझैं नयां संविधान र नयां नेपाल वनाउने सपना अधुरै नरहला भन्न सकिन्न । 

मित्रता दिवसले आम नेपालीलाइ भातृत्वको भावनामा दह्रोगरि वांध्न सकोस ! शुभकामना !

 
20 टिप्पणीहरु

Posted by on अगस्ट 2, 2009 in BLOG, SPECIAL

 

20 responses to “मेरो जन्मदिन अर्थात् … … … … … मित्रता दिवस !

  1. laxmiacharya

    अगस्ट 2, 2009 at 10:53 बिहान

    happy birthday to u . very good article. I like it.

     
  2. Anjita

    अगस्ट 2, 2009 at 10:54 बिहान

    HAPPY BIRTHDAY TO U

     
  3. नीता पाठक, चितवन

    अगस्ट 2, 2009 at 10:55 बिहान

    HAPPY BIRTHDAY TO U AND HAPPY FRIENDSHIP DAY.

     
  4. anita zee

    अगस्ट 2, 2009 at 10:56 बिहान

    तपाइंलाइ जन्मदिन तथा मित्रता दिवसको हार्दिक शुभकामना

     
  5. चारू घले

    अगस्ट 2, 2009 at 11:08 बिहान

    जन्मदिनको शुभकामना तपाइंलाइ भनुं भने मन पराउने हैन होला, मित्रता दिवसको शुभकामना भनुं क्यारे है ?

     
  6. चुम्वन

    अगस्ट 2, 2009 at 11:13 बिहान

    मित्रता दिवस तथा तपाइंको जन्मदिनको शुभकामना

     
  7. जस्मीना

    अगस्ट 2, 2009 at 11:14 बिहान

    happy friendship day with your birthday.

     
  8. तरिका पाण्डे

    अगस्ट 2, 2009 at 11:16 बिहान

    happy friendship day ! happy birthday !

     
  9. Vikey

    अगस्ट 2, 2009 at 11:20 बिहान

    आफु या व्यक्तिगत स्वार्थ भन्दापनि सामुहिक भावनामा वांच्न सिक्नु अहिले मुलुकको पनि आवश्यकता हो । विभिन्न गुट उपगुट खोलेर फुटको राजनितीमा रूमल्लिनु भन्दा सिंगो नेपालका सवै जाति भाषा र समुदायहरू एउटै पारिवारिक मालाभित्र अटाउन पाए देश कति राम्रो र सुन्दर वन्थ्यो होला ! Happy friendship Day.

     
  10. vempire love

    डिसेम्बर 4, 2009 at 3:18 बिहान

    Mero tarpha bata Dhilai bhaye pani Subhakamaan Chintan ji lai. Lau Ja ta………

     
  11. Dipesh DC

    डिसेम्बर 4, 2009 at 3:21 बिहान

    ……………फेरि ग्रहदशा जस्तो चिज दशैंमा खसी वोका काटेजस्तो च्वाट्ट काट्न पनि नमिल्ने, खवर भयो पण्डितलाइ, तर उनलाइ पनि रहेछ चौमासीक पुराणको चटारो । कहांको पुराण कहां म नाथेको जन्मदिन ! पण्डितले अहिले ग्रहदशा राम्रै छ अलिअलि विग्रेको हो पछि मिलाएर काटिदिउंला भनि पठाएछन्, टण्टै खलास ! यसरि त्यो साल झण्डै झण्डै जन्मदिन मनाइयो । Very Good Article.

     
  12. shav 22

    डिसेम्बर 27, 2009 at 12:20 बेलुका

    Very nice article ! I’m impressed.

     
  13. Rajeshwor Dhakal

    डिसेम्बर 27, 2009 at 3:43 बेलुका

    Really Nice !

     
  14. म्युजिकल म्युज

    डिसेम्बर 31, 2009 at 4:32 बिहान

    के हो चिन्तन जी जताततै यहि लेखकै विज्ञापन ? साथिहरूको जन्मदिनमा यहि लेख जांदो रहेछ त ! हा हा हा ……

     
  15. suraj

    फ्रेवुअरी 4, 2010 at 2:45 बेलुका

    Dai tapaileai subha-kamana ta gareentee dinchu tara birthday chai kaila raicha? thaa bhayana ni ta Tara malai dhari khushi leago ni BIVAS padaara feri hamro aaila chat pani huna chodo ta malai “SGORKHA@HOTMAIL.COM” MA SING IN GARNU na heai? Dai “Many Many happy Returns of day” Namaskar! BYYYYY.

     
  16. Mahesh sagar

    फ्रेवुअरी 4, 2010 at 11:49 बेलुका

    I DON’T LIKE THE IDEA OE CELEBRATE B’DAY. IT IS JUST A DAY LIKE OTHER DAYS. maheshsagar.blogspot.com

     
  17. NaniMaiya

    फ्रेवुअरी 9, 2010 at 3:37 बिहान

    Xlent Idea. I like It.

     
  18. Chandra Gharti Magar

    फ्रेवुअरी 9, 2010 at 10:51 बिहान

    चिन्तन जी, संयोग भनू या एउटै आदर्श !? तपाईंको बिचारसँग म ठ्याक्कै सहमत छु । मेरो पनि यही भावना छ । त्यसैले, साथीहरुले जती कर गर्दा पनि आजसम्म मैले जन्म दिन मनाएन । पहिलो बर्ष म ब्रुनाइ जादै थिए । मेरा प्यारी दुई भतिजीको पनि जन्मदिन जनवरी र फेब्रुररीमा पर्‍यो । उनिहरुले मसँग नै मनाउने भनेर फेब्रुररी सम्म कुरेकाले परिवारले मात्र सामान्य केक काटियो । अहिलेसम्म धुमधाम गरी मनाएको त्यही हो र शायद अब त्यती नै होला । लौ मित्रता दिवस अर्थात तपाईंको जन्मदिनको अग्रिम शुभकामना है । तपाईंको जीवनमा सधैं प्रगती र सफलताको कामना सहित
    -चन्द्र

     
  19. shreeram

    मार्च 29, 2011 at 1:27 बिहान

    Like !

     
  20. रोशन पुरी

    मार्च 29, 2011 at 8:15 बिहान

    असाध्यै मन पर्यो मलाइ यो ब्लग !!!
    ढिलै भएपनि यहांलाइ शुभकामना छ ।

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: