RSS

क्रान्तिकारी कलाकारहरुको कलामा झुमे स्वीसवासी

04 Aug

NESOF पदाधिकारिहरू

NESOF पदाधिकारिहरू

शोक चौलागाईं ज्युरिक, स्वीट्जरल्याण्ड

नेपाली ऐक्यवद्धता मन्च (नेसोफ) स्वीट्जरल्याण्डको आयोजना तथा स्वीस नागरिकहरुको प्रगतिशील संगठनको सहयोगमा स्वीट्जरल्याण्डको विशाल शहर ज्युरिकमा आईतवार भव्य क्रान्तिकारी सांस्कृतिक कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाली जनप्रगतिशील मञ्च वेल्जियमको निमन्त्रणा स्विकार गर्दै मगरात राष्ट्रिय मुक्ति मोर्चा वेल्जियमको प्रथम अधिवेशनमा भाग लिन नेपालवाट वेल्जियम पुगी हाल युरोप दौडाहाको क्रममा रहेका मगर सांस्कृतिक परिवारका कलाकारहरुले आफ्नो विशिष्ट कला प्रदर्शन गरे ।

सैयौं नेपाली तथा स्वीस नागरिकहरुको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाली ऐक्यवद्धता मन्च (नेसोफ) स्वीट्जरल्याण्डका अध्यक्ष अशोक चौलागाई र कार्यक्रम आयोजक समितिका संयोजक श्याम घलेले कार्यक्रममा उपस्थित एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य तथा मगर राष्ट्रिय मुक्ति मोर्चाका दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक तथा सभासद सन्तोष वुढा मगर, एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य तथा मगर राष्ट्रिय मुक्ति मोर्चाका दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समितिका सचिवालय सदस्य तथा सभासद् अन्सरी घर्तिमगर र एकिकृत नेकपा माओवादीका केन्द्रिय सल्लाहकार तथा सामना सांस्कृतिक परिवारका संस्थापक अध्यक्ष समेत रहेका वरिष्ठ जनकलाकार तथा सभासद खुशीराम पाख्रिन, स्वीट्जरल्याण्डका लागि नेपाली राजदुत डा.दिनेश भट्टराई तथा मगरात सांस्कृतिक परिवारका कलाकारहरुलाई  खादा ओढाएर सम्मान तथा स्वागत गर्नुभयो ।

DSC_4666प्रमुख अतिथिको रुपमा कार्यक्रमको उद्घाटन गर्दै नेता तथा सभासद वुढामगरले नयां नेपाल निर्माणको अभियानमा नेपालभित्र या वाहिर रहेका सवै नेपालीहरुको उत्तिकै सहभागिता जरुरी रहेको वताउंदै प्रवासमा रहेका नेपालीहरुलाई यस अभियानमा सक्रियतापुर्वक जुट्न आग्रह गर्नुभयो । 

नेसोफ स्वीट्जरल्याण्डका अध्यक्ष अशोक चौलागाईंको सभापतित्वमा महासचिव कमल केसीले सञ्चालन गर्नुभएको सो कार्यक्रमको उद्धघाटन सत्र लगत्तै मगर सांस्कृतिक परिवारले नयां नेपाल स्वर्ग वनाउं … भन्ने वोलको पहिलो सांगितिक कोशेलीवाट आफ्नो प्रस्तुति शुरु गरेको थियो । मगर सांस्कृतिक परिवारका इञ्चार्ज टेकम वाठामगरले सञ्चालन गर्नुभएको सांस्कृतिक कार्यक्रममा जव मुक्त हुन्छ देश … भन्ने वोल रहेको जनमुक्ति सेनाको नाचले हलका दर्शकहरु सवैलाइ जुरुक्कै उचालेको थियो । भने मगर सांस्कृतिक परिवारका त्रिपना पुन मगर, सरला पुनDSC_4693 मगर र धन वहादुर रोका मगरद्वारा प्रस्तुत परदेश छोडेर नेपाल फर्केका आफ्ना आफन्तसंग भलाकुसारीको भाव वोकेको आकाशैको कालो वादल पानी परयो  मादलुको तालैमा आउ नाचौं छम्म छम्म … वोल रहेको मारुनी गित संगैको मार्मीक ग्यामी मारुनी नृत्य तथा मगर सांस्कृतिक परिवारका प्रशिक्षक धन वहादुर मगरको प्रस्तुती हाम्रो मुक्तिको संग्राम रोकिएको छैन, शहिदले टेकेको पाइलो मेटिएको छैन … आन्दोलन जारी छ … भन्ने भावको गितले सवै दर्शकलाई उत्तेजित वनाएको थियो । भने हलमा उपस्थित जनसमुदायले तालीको गडगडाहटले स्वागत गरेका थिए । सांस्कृतिक परिवारका आकर्षक प्रस्तुतिहरु पंक्षीमा डांफे राम्रो फुलमा लाली गुरांस, हामीलाई लाग्छ राम्रो नेपाली धर्ति आकाश … भन्ने राष्ट्रिय गितमा धन व. ग्यामी मगर, सरला पुन मगर, त्रिपना पुन मगर र तिर्थ राज रोका मगरले नृत्य प्रस्तुत गर्नुभएको थियो । निषा मगरको मलाइ युद्ध लड्न देउ … भन्ने गितमा प्रस्तुत नृत्य पछि कति राम्रो तराई पहाड कति राम्रो हिमाल, हे कान्छी फलाउं फलाउ फुलाउ हाम्रै नेपाल … भन्ने लोक नृत्यसंग संगै सवै दर्शकहरु छम छम नाचेका थिए ।

DSC_4818महामहिम राजदुत डा.दिनेश भट्टराइले विशेष अतिथिको रुपमा छोटो शुभकामना मन्तव्य दिनु भएको उक्त कार्यक्रममा वरिष्ठ जनकलाकार खुशिराम पाख्रिनले विशेष अतिथिको तर्फवाट सांगितिक कोशेली आमाको छाति वैरिले लुछ्दा के हेर्छौ वसेर …  भन्ने गित प्रस्तुत गर्नु भएको  थियो । सो कार्यक्रममा स्वीस नागरिकहरुको प्रगतिशील संस्थाकी नेतृ ग्रासीयाले नेपाली क्रान्तिप्रति ऐक्यवद्धता जाहेर गर्दै मन्तव्य व्यक्त गरेकी थिइन भने अर्का युवा नेता रुदोले सांस्कृतिक कार्यक्रम मार्फत इटली सरकारले मजदुरहरु माथि गरेको दमनको भर्त्सना गर्दै मजदुरहरुको आन्दोलनप्रति ऐक्यवद्धता जाहेर गरेका थिए ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on अगस्ट 4, 2009 in HOME

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: