RSS

‘संयुक्त राष्ट्रिय जनआन्दोलन’ राष्ट्रिय भेला आयोजक समितिको प्रेस-विज्ञप्ति

04 Aug

                                 संयुक्त राष्ट्रिय जनआन्दोलन

                             United National People’s Movement

 

                             प्रेस-विज्ञप्ति

 

१. नेपालका सम्पूर्ण देशभक्त, गणतान्त्रिक र वामपन्थी शक्तिहरु वीच वृहद् एकता कायम गरेर नेपालमा जनताको संघीय गणतन्त्र स्थापना र सुदृढ गर्ने उद्देश्यकासाथ एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को पहल र नेतृत्वमा ‘संयुक्त राष्ट्रिय जनआन्दोलन’ को निर्माण गर्ने निर्णय भएको छ । यसको राष्ट्रिय भेला आयोजक समितिको अध्यक्ष बाबुराम भट्टराई, उपाध्यक्ष अमिक शेरचन र महासचिव नेत्र विक्रम चन्द रहनुभएको छ । छिटै यसको राष्ट्रिय भेला गरेर विस्तृत नीति तथा कार्यक्रम, नियमावली र संगठनात्मक नेतृत्ववारे सार्वजनिक गरिनेछ ।

 

२. दश वर्षे महान् जनयुद्ध र उन्नाइस दिने संयुक्त जनआन्दोलनको वलमा देशमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध केही समय यता देशी तथा विदेशी प्रतिक्रियावादी र यथास्थितिवादी शक्तिहरुद्वारा गम्भीर षड्यन्त्र र आक्रमण भैरहेको छ । खासगरी गणतन्त्र नेपालको पहिलो जननिर्वाचित सरकारद्वारा गम्भीर अनुशासनहीनता र लोकतन्त्रविरोधी हर्कतको आरोपमा विधिवत वर्खास्त गरिएका प्रधानसेनापति रुक्मांगत कटवाललाई पदमा कायमै राख्ने राष्ट्रपतिको सरासर संविधानविरोधी कदम पछि देशमा नवस्थापित गणतन्त्र र लोकतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको छ । यसले देशमा नागरिक सर्वोच्चताको ठाडो उल्लंघन गर्दै वस्तुतः सैनिक सर्वोच्चता कायम गरेको मात्र छैन विद्यमान शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियामाथि नै गम्भीर आघात पुर्‍याएको छ । यसका विरुद्ध एकिकृत नेकपा (माओवादी) लगायतका राजनीतिक दलहरु र आम जनसमुदायले सदन र सडकबाट सशक्त आवाज उठाउँदै आए पनि हाल कायम गरिएको कठपुतली सरकारले कुनै सुनुवाइ गरेको छैन । वरु उल्टै देश महँगी, अभाव, भ्रष्टाचार, झाडापखालाको प्रकोप, अपहरण, हत्या, अराजकता, राष्ट्रिय आत्मसमर्पणको दलदलमा नराम्ररी फस्दै गैरहेको छ । यो स्थितिमा सम्पूर्ण देशभक्त, गणतन्त्रवादी र वामपन्थी शक्तिहरुले शान्ति, संविधान, नागरिक सर्वोच्चता, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय संयुक्त सरकारको निम्ति सदन र सडकको एकीकृत आन्दोलन संचालन गर्नु अपरिहार्य भएको छ । त्यसैलाई ध्यान दिंदै हामीले पहिलो चरणमा निम्न वमोजिम संघर्षको कार्यक्रम तय गरेका छौं, जसलाई हरतरहले साथ दिएर सफल पार्न हामी सवैसंग हार्दिक आग्रह गर्दछौं ।

 

संघर्षका कार्यक्रमहरू

-क). श्रावण २३ गते देखि व्यवस्थापिका-संसदमा विशेष संघर्ष

-ख). श्रावण २५ गते देशका सवै जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन

-ग). श्रावण २६ देखि भाद्र १० गतेसम्म कोण सभा, कार्टून प्रदर्शन, भित्तेलेखन, मसाल जुलुस, धर्ना, घेराउ आदि व्यापक प्रचारात्मक र दवावमूलक कार्यक्रम

-घ). -१). भाद्र ११ गते देखि राष्ट्रपतिको सार्वजनिक कार्यक्रम वहिष्कार र कालोझण्डा प्रदर्शन

    -२). भाद्र १५ गते देखि प्रधानमन्त्रीको सार्वजनिक कार्यक्रम वहिष्कार र कालोझण्डा प्रदर्शन

    -३). भाद्र २० गते देखि मन्त्रीहरुको सार्वजनिक कार्यक्रम वहिष्कार र कालोझण्डा प्रदर्शन

-ङ). भाद्र २० देखि २९ गतेसम्म निम्न वमोजिम विशाल जनसभा :

           भाद्र २१ गते-                विराटनगर र गाइघाट (उदयपुर)

           भाद्र २२ गते-                जनकपुर र सुर्खेत

           भाद्र २३ गते-                हेटौंडा र वाग्लुङ

           भाद्र २४ गते-                वुटवल र घोराही

           भाद्र २५ गते-                पोखरा र फिदिम (पाँचथर)

           भाद्र २६ गते-                काठमाण्डौं र जुम्ला

           भाद्र २७ गते-                नेपालगञ्ज र दिपायल

           भाद्र २८ गते-                धनगढी र विर्तामोड

           भाद्र २९ गते-                नारायणगढ र लिवाङ (रोल्पा)

-च). असोज महिनाभर :       देशव्यापी जनसांस्कृतिक तथा जनसम्पर्क अभियान

प्रमुख नाराहरू

– नागरिक सर्वोच्चता कायम गर

– राष्ट्रपतिको असंवैधानिक कदम खारेज गर

– स्वायत्त गणराज्यहरू तत्काल घोषणा गर

– समानुपातिक आधारमा स्थानीय निकाय गठन गर

– अक्कासिंदो महँगी नियन्त्रण गर

– पश्चिमी पहाडमा व्याप्त झाडापखालाको महामारी तुरुन्त नियन्त्रण गर

– राष्ट्रिय संयुक्त सरकार निर्माण गरौं

– जनताको संघीय गणतन्त्र स्थापना गरौं

– राष्ट्रिय स्वाधीनताको रक्षा गरौं

– सम्पूर्ण देशभक्त, गणतान्त्रिक र वामपन्थी शक्तिहरु एक हौं ।

 

धन्यवाद !

२०६६/४/१९                                               

                                                                                                                                                                                                                                      ………………….

                                                                       बावुराम भट्टराई

                                                             अध्यक्ष, राष्ट्रिय भेला आयोजक समिति

                                                                    संयुक्त राष्ट्रिय जनआन्दोलन

 
2 टिप्पणीहरु

Posted by on अगस्ट 4, 2009 in HOME

 

2 responses to “‘संयुक्त राष्ट्रिय जनआन्दोलन’ राष्ट्रिय भेला आयोजक समितिको प्रेस-विज्ञप्ति

  1. sagar pundit

    अगस्ट 4, 2009 at 1:12 बेलुका

    la aba feri aandolan ko mausam aayechha ramailo hune bhayo

     
  2. Vikey

    अगस्ट 4, 2009 at 1:14 बेलुका

    Yo aandolan bhane pachhi malai kina kina dashain aayeko bhanda pani ramailo lagera aauchha

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: