RSS

शुरु भयो यारतुङ पर्व : पहिलो दिनमै दुइ हजार पर्यटक

06 अगस्ट

अगन्धर तिवारी, म्याग्दी

जनैपुर्णिमाको अवसर पारी प्रत्येक बर्ष जस्तै यसबर्ष पनि मुस्ताङ जिल्लामा जनैपुर्णिमाको दिनदेखी “यारतुङ” अथवा बर्खेनाच पर्व शुरु भएको छ ।

जनप्रीय युवा क्लब तुराङ मुक्तिनाथको आयोजनामा भएको कार्यक्रममा मुस्ताङका १६ ओटै गाबिसका बासिन्दाका साथै रोल्पा, डोल्पा, सोलुखुम्बु, मुगु, मनाङ लगायत १६ हिमाली जिल्लाको साथै अन्य जिल्लावाट समेत मेला अवलोकनका लागि दर्शकहरु उल्लेखनीय रुपमा आएको जनप्रीय युवा क्लब तुराङ मुक्तिनाथका अध्यक्ष आङ्ग्की गुरुङले बताए ।

हिमाली जिल्लामा रहेका गुरुङ, थकाली, ठकुरी, भोटे र विष्टहरुको मुख्य चाडको रुपमा लिने मेलामा आफुलाई मन पर्ने जोडीले चोरी विवाह गर्ने समेत चलन रहेको छ । सोहि चलन अनुसार तुराङका अमिर ताङ्गवे गुरुङ र काशि गुरुङले मुक्तिनाथमा चोरी विवाह समेत गरेका थिए ।

घोडा दौड लगायतका खेल प्रतियोगीता समेत हुने यस मेलामा करिव १८० वटा हिमाली घोडाले मुक्तिनाथ मन्दिरको परिक्रमा गरेपछि घोडा दौडमा मुक्तिनाथका समाजसेवी ताक्ला ठकु्री विजय भएका छन् । उनले आफ्नो घोडालाई माथीबाटै दुई फिट उठाउन सफल भएका थिय ।

प्रत्येक बर्ष जनैपुर्णिमाको दिनदेखि तिन दिनसम्म संञ्चालन हुने मेलाको पहिलो दिन विदेशी पर्यटक गरि २ हजार जनाले यारतुङ मेलाको अवलोकन गरेको मुक्तिनाथका समाजसेवी ताक्ला ठकुरीले बताए ।

मुस्ताङको कला संस्कृतीको प्रचारप्रसारका लागि यो मेला आयोजना गरिएको जनाइएको छ । यस पर्वमा प्रत्येक सांझ सांस्कृतीक कार्यक्रम पनि प्रस्तुत गरिने जनाइएको छ । मुस्ताङको महत्वपुर्ण पर्व भएकोले यसलाई सवैले सहयोग गर्न मुस्ताङबासीले आग्रह गरेका छन् ।

Advertisements
 
टिप्पणी छोड्नुहोस्

Posted by on अगस्ट 6, 2009 in HOME

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: